• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

अन्न उत्पादनका साधनको  दान महिमा

आरसी टाइम्स by आरसी टाइम्स
१२ भाद्र २०८०, मंगलवार ०७:४२
in ऋषिकृषि, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
अन्न उत्पादनका साधनको  दान महिमा
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
कुलराज चालिसे , पोखरा 
 गतहप्ता पृथ्वी दोहन प्रसङ्गमा अग्निहोत्रादि यज्ञको महिमालाई प्राङ्गारिक कृषि उत्पादन पद्धत्तिसंग जोडेर वहस गरेका थियौ  ।  उदरपोषणको निमित्त भेषधारी जोगीको व्यवहार हेरेर सत्मार्गमा अविचलित सन्तमुनिलाई समेत जोडेर यज्ञको मर्ममा प्रभाव पार्ने वेनराजाको व्यवहारले पृथ्वीको उत्पादन क्षमतामा पर्ने प्रतिकुल असर त्यो वहसको सारसन्देश थियो  ।  हालका दिनमा हामीले प्राङ्गारिक कृषि उत्पादनको निमित्त विविध प्रयास गरेका छौ  ।  तर तिनमा शास्त्रोचित पद्धत्तिको समायोजनको कुरा छाडौ, कतिपय हकमा प्राङ्गारिक कृषि पद्धत्तिमा प्रयोग भएका शब्दहरूलाई स्थानीय भाषामा सम्वोधन गर्न समेत सकेका छैनौ ।  हाम्रो प्राचिन कृषि पद्धत्ति हेरेर पश्चिमाजगतले विकास गरेको अग्र्यानिक कृषिलाई जस्ताकोतस्तै अनुकरण गर्दा अपेक्षित लाभ लिन सकिदैन भन्ने सन्देश त्यो दृष्टान्तले दिएको छ ।  त्यसैले कथावाचक व्यासाचार्यहरूले समुन्द्र मन्थन, पृथ्वी दोहन, मत्स्य अवतार आदि कथा वाचन गर्दा मनोवैज्ञानिक पक्षको साथमा वैज्ञानिक पक्षलाई पनि समायोजन गर्न विशेष अनुरोध गरेका थियौ  ।  आँफुले जेजस्तो गुणस्तरको अन्न ग्रहण गरेपनि देवता र पितृलाई अर्पण गर्ने प्रसाद, अक्षता, चरु, सिदा तथा पिण्डमा शास्त्रोचित पद्धत्तिबाट उत्पादन भएको अन्न मात्र चढाउन अनुरोध गरेका थियौ  ।  यो वहसमा हामीले यज्ञमा गरिने दानको महिमा उपर चर्चा गर्ने प्रयास गर्छाै  ।
शास्त्रहरूले यज्ञ तथा दानकर्मलाई मोटामोटी सकाम र निष्काम गरी दुईवर्गमा विभाजित गरेकाछन्  ।  अभिष्टलाभको कामना सहित गर्ने यज्ञ तथा दानलाई सकाम कर्म भनियो  ।  त्यस्तो दान निष्काम कर्म गर्ने अहिताग्नी सत्सन्त मार्फत गरिन्छ  ।  यसमानेमा सकाम होस् वा निष्कामयज्ञ तथा दानको प्रमुख लक्ष देवता र पितृ नै हुन्  ।  फरक त हामी र देवता तथा पितृको विचमा माध्यम बनाउने वा नवनाउने मात्र हो ।  सकाम र निष्काम दानमा भिन्नता पहिचान गर्ने अर्काे पनि आधार हुन्छ । प्रायजसो उपभोग्य उत्पादनको दान सकाम दान अन्तरगत पर्छ भने उत्पादनको निमित्त अपरिहार्य भूमि, जल, वीउ तथा हवीको दान निष्काम दान अन्तरगत पर्छन्  ।  दान द्रव्यको गरिन्छ  ।  सत्पात्र र द्रव्यलाई नबुझी गरेको दानले प्रतिफल दिदैन भन्ने मात्र होइन, कुपात्र र कुद्रव्यको दानले प्रतिकुल प्रतिफल दिन्छ भनिन्छ  ।  दान गरेको द्रव्यको दुरुपयोग भयो भने दान लिनेलाई मात्र नभएर दान दिने पात्रलाई पनि नराम्ररी पिर्छ भनिन्छ  ।  विधि नपुगेको यज्ञ र दानले पनि प्रतिफल दिदैन भनिन्छ  ।  यज्ञ नहुने हो भने अन्न उत्पादन हुँदैन  ।  उत्पादनको निमित्त शुद्ध द्रव्य सहित सविधि यज्ञकर्म गर्न अनिवार्य छ  ।  तर त्यो कर्म प्रेतलाई पात्लो फाले जस्तै गरी फालेर हुँदैन  ।  यज्ञ र दान सविधि सत्पात्रलाई नै गर्नु पर्छ  ।  उनि बल्ल गीता ३ः१४ को मर्म पूरा हुन्छ  ।
अन्नाद्भवन्ति भूतानि प्रजन्यादन्नसम्भवः  । 
यज्ञाद्भवन्ति पर्जन्यो यज्ञः कर्मसमुद्भवः  । । 
(गीता ३ः१४)
दान, यज्ञको अभिन्न अङ्ग हो  ।  दानमा पनि अन्न र जलको दानलाई उच्चकोटीको दान मानिन्छ  ।  जस्ले जे दान गर्छ, वृद्धि सहित उसैले पाउने हो  ।  स्वर्ण तथा रुपंैया खान मिल्दैन  ।  तिनिहरू प्रतक्षरूपमा बाच्ने आधार होइनन्  ।  धमिरालाई लक्ष गरेर रुपैया दान गरेर के गर्ने ? नोटलाई टोकेर गुँड बनाई दिन्छ  ।  भोक तथा तिर्खा मेट्ने द्रव्य दान दिंदा उस्को आत्म तृप्त हुन्छ  ।  त्यसको दुरुपयोग हुने सम्भावना कम हुन्छ  ।  त्यस्तै हो सत्सन्तलाई गर्ने दान  ।  सत्सन्तले आश्रम बनाउछु, प्रवचन गर्ने भवन बनाउछु, मन्दिर बनाउँछु जस्ता अनेक कामना बोकेर हिंडदैनन्  ।  कुनै एक ठाउँमा तीनरात भन्दा धेरै विताउँदैनन्  ।  तीनघर भन्दा धेरै घरमा गएर भिक्षा बटुल्दैनन्  ।  बाहन, भवन, वस्त्र तथा आहाराको चिन्ता गर्दैनन्  ।  उनिहरूले केवल दाताको उद्धारको निमित्त विधिवत् दान स्वीकार गरिदिने मात्र हुन्, दानको द्रव्यले आप्mनो शरीरको रक्षा गर्ने प्रयास गर्दैनन्  ।  उनिहरूलाई अग्निहोत्र यज्ञ गर्न र एक मुठ्ठी प्राण धान्न कमण्डलुमा अटने अन्न र जल नै प्रयाप्त हुन्छ  ।  उनिहरूको कमण्डलु पनि सुनको हुँदैन  ।  त्यस्ता पात्रलाई खोजेर अन्नदान गर्ने अवसर कहिले काँही मात्र पाईन्छ  ।  उनिहरूलाई गरेको दानले अक्षय पुण्यलाभ हुन्छ  ।  श्रीमद्देवीभागवतमा उल्लेखित यो श्लोकको मर्म यही हो  ।
अन्नदानं महादानमन्येभ्योऽपि करोति यः  । 
अन्नदानात्परं दानं न भूतं न भविष्यति  । ।
(श्रीमद्देवीभागवत ९ः३०ः३)
सर्वाेत्कृष्ट मानिएको अन्न र जलको दान त उपभोक्ता पहिचान गरेर दिइन्छ  ।  अन्न उत्पादनको निमित्त अपरिहार्य जलचक्रको नियमितताको निमित्त गरिने स्मार्तदान अन्न र जल दान भन्दा पनि पुण्य दिने हुन्छ  ।  बाटोमा बनाईएको चौतारीमा को बस्छ भनेर थाहा हुँदैन, त्यो वृक्षको फलले कति जीवहरू तृप्त हुन्छन् भनेर गणना हुँदैन ।  कुवा तथा पोखरीको पानी को कस्ले पिउँछन् भनेर थाहा हुँदैन  ।  त्यस्ता यज्ञ तथा दानको महिमा जलचक्रसंग सम्बन्धित हुन्छन् ।  जलचक्रमा गरेको दानले जुनी जुनीसम्म प्रतिफल दिन्छन् ।  ब्रह्मदेवले गर्नुभएको हरेक सृजनाको कुनै न कुनै समय पश्चात अन्त हुन्छ र पूनरचक्रमा प्रवेश गर्छ  ।  याहाँसम्म कि ब्रह्माण्ड स्वयं पनि महाप्रलयमा प्रवेश गर्छ  ।  युग तथा मनमन्तर परिवर्तनको दृष्टान्त पूनरचक्र सिद्धान्तमा उल्लेखित छन् । त्यसैले उत्पादनको प्रमुख साधन पञ्चतत्वलाई पूनरचक्रमा स्थापित गर्नु स्मार्त यज्ञ हुन्  ।  त्यस्तो यज्ञमा गरिने निष्काम दानलाई उत्कृष्ट दान मानिन्छ  ।
शास्त्रहरूले रुद्राभिषेकलाई पनि अग्निहोत्रादि यज्ञलाई जस्तै महत्व दिन्छन्  ।  रुद्राभिषेकको लाक्षणिक सन्देश पनि जलचक्रसंग गाँसीएको छ  ।  पर्वताकार योनी माथी शिवलिङ्ग र त्यसमाथी छिद्र सहितको जलदानीले आकाश गङ्गाको लाक्षणिक सन्देश दिन्छ ।  श्रीमहादेवको शिरमा गङ्गा प्रकट भएको दृष्टान्तले त्यसै तर्कलाई पुष्टि गर्छ  ।  निराकार श्रीमहादेवलाई जलाभिषेक गर्न सिधै जलधारामा जलदान गर्नु भन्दा अहिताग्नि सत्सन्तको कमण्डलुमा जलदान गरेर जलचक्रमा योगदान दिदा अक्षय पुण्य लाभ हुन्छ  ।  अहिताग्नि सत्सन्त उपलब्ध नभएको खण्डमा चौतारी वृक्ष प्रवद्र्धन गरेर जमिन भित्रको पानी आकाशमा प्रवेश गराउनु र आकाशमा उडेको पानीलाई यज्ञद्रव्यको सहायतामा अमृत तत्व सहित पूनरचक्रमा प्रवेश गराउने विकल्प शास्त्रहरूले दिएका छन् ।  भगवती अन्नपूर्णासंग विश्वनाथ श्रीमहादेवले अन्न भिक्षा माग्नुभएको दृष्टान्तले अन्नदान भन्दा अन्न उत्पादनका साधन दानको महत्त्वलाई नै स्थापित गर्छ । त्यसैले रुद्राभिषेकको लाक्षणिक सन्देश जलचक्रमा गासेर विश्लेषण गर्न आवस्यक छ  ।
पद्मपुराण, सृष्टिखण्ड, अध्याय १९ ले अन्नलाई सूर्य (अग्नि), पर्वत, नदी, वन तथा भूमिको समुच्च प्रतिनिधित्व गर्ने संकेत गरेर अन्नदान गर्नेले जल, पर्वत, कुवा, पोखरी, भूमि, चरन सवै वस्तुलाई एकै पटक दान गरेको फल प्राप्त गर्छ भनेको छ  ।  त्यो श्लोकले समेत उत्पादन भन्दा उत्पादनका साधनलाई निष्काम दान गर्ने लाक्षणिक सन्देश दिन्छ  ।
सपर्वतनदी वापी पृथिवी सर्वकानना  । 
विधिना तेन सा दत्ता योऽन्नं ददाति सर्वदा  । ।
“दानमेकं कलौ युगे” को सुत्रमा कलियुगको निमित्त दानलाई प्रमुख स्थान दिईएको छ  ।  तर दान लिने पात्रको योग्यता पुगेका ब्राह्मण पाउन मुस्किल हुने कुरा पनि तिनै शास्त्रहरूले संकेत गरेका छन्  ।  दान लिने पात्र केन्द्रित जोखिमबाट बचेर दानधर्मको पालन गर्न जलचक्रमा योगदान दिने बलियो अवसर हामीसंग छ  ।  हिमालको उपस्थिति र भूधरातलले हामीलाई त्यो सुविधा दिएको छ  ।  वर्षाको पानी जमिन भित्र संचय गर्ने र जमिन भित्रको पानी वृक्षको सहयोगमा आकाशमा संचय गरी अग्निहोत्रादि यज्ञकर्मको सहारामा अमृत महत्त्वका साथ अन्नमा संचय गर्ने अवसर हामीलाई छ  ।  यस प्रकारको उत्कृष्ट दानको प्रचारप्रसार कृषि प्राविधिकले भन्दा व्यासाचार्य कथावाचकहरूले गर्न सक्नुहुन्छ  ।  कथावाचकहरूले अव गुणस्तरीय अन्न उत्पादन गर्न कृषक उत्प्रेरण गर्ने कार्य कृषि प्राविधिकको भन्ने होइन ।  युगले कृषिप्राविधिकलाई प्रविधि अनुसन्धानमा सिमित भई कृषि प्रसारको जिम्मेवारी कथावाचक व्यासाचार्यहरूबाट अपेक्षा गरेको छ  ।  शास्त्रीहरूको अनुगमन प्रणालीमा अन्न उत्पादन गर्दा नेपालमा उत्पादन हुने अन्नले प्रसादको मूल्यमा भारतीय बजारमा ब्राण्ड जमाउन सक्छ  ।  व्यापार सन्तुलनको यो रणनीति कार्यान्वयन गर्न शास्त्रीहरू नै सकृय हुन जरुरी छ  ।
Previous Post

वडा—वस्तीमा किसान र सरकार सवाल—जवाफ

Next Post

किसानका लागि वित्तीय साक्षरता खाँचो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
किसानका लागि वित्तीय साक्षरता खाँचो

किसानका लागि वित्तीय साक्षरता खाँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In