• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

अन्न शुद्धताको पाठः सीता माताको दोस्रो वनवास

सीतायण वहस—३

आरसी टाइम्स by आरसी टाइम्स
३ आश्विन २०७९, सोमबार २३:३०
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विचार
0
अन्न शुद्धताको पाठः सीता माताको दोस्रो वनवास
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

कुलराज चालिसे

मन्थराको मन्त्रणा र कैकेयीको दवावमा श्रीरामलाई वनवास भएको कथाले रामायणलाई केन्द्रिय उद्देश्य तर्फ मोडेको थियो  । अरण्यकाण्ड पछि रामायणले सुन्दरकाण्डको उचाई छोएको थियो  । त्यसवखत सीतामाताले श्रीरामलाई सहयोग गर्न स्वेच्छाले वनवासलाई रोज्नु भएको थियो  । अझै भनौभने त्रिलोकीनाथले रावणलाई युद्धको निमित्त निमन्त्रणा दिन सीतामातालाई लोभ्याउने माध्यम बनाउनु भएको थियो  । दशानन् रावणलाई धर्मयुद्धको निमित्त ललकारने काम यहीं भएको थियो  । पञ्चवटीमा अग्निदेवको सहयोगमा छायाँसीता र मायासीताको साटफेर प्रकरणलाई धेरैले चर्चा गरेका छन्  । त्यो दृष्यको भन्दा विश्वासको विषय हो  । त्यसलाई सीतामाताको प्रथम वनवासकाल भनियो  । यो लेखले प्रथम वनवास प्रकरणमा चर्चा गर्न चाहेको छैन  । याहाँ दोस्रो वनवासको अन्तर्य खोज्ने प्रयास हुनेछ  । लंका विजय पश्चात सीतामातालाई विना कुनै अपराध छ महिनाको गर्भावस्तामा एक्लै वाल्मिकीवनमा निर्वासन गराउनुको लिलाकथाले लंकायुद्धको भन्दा गहिरो सन्देश दिएको हुनुपर्छ भन्ने कुरामा हामी विश्वस्त छौ  । त्यसको कारण के थियो भनेर केलाउने काम कम भएकोले यो लेखमा सीतामाताको दोस्रो वनवास प्रकरणलाई चर्चा गर्ने प्रयास गरिएको छ ।

प्रथम वनवास प्रकरणमा सीता गर्भवती थिइनन्, तैपनि राम र लक्ष्मणको सुरक्षामा थिइन्  । दोस्रो वनवास अवधि ज्यादै सम्वेदनशिल थियो  । एक त उनि छ महिनाको गर्भवती थिइन्, त्यसमाथी सुरक्षाको निमित्त कुनै मर्द साथमा थिएनन्  । सीतालाई दोस्रोे वनवासको सजाय किन दिइएको थियो भनेर वनमा लगेर छाडने लक्ष्मण स्वयंलाई पनि थाहा थिएन  । त्यस सन्दर्भमा सीतालाई त कुनै संकेत गरिएको पनि थिएन  ।
रामायणका हरेक पात्रहरूले अवतार ग्रहण गर्न श्रापको वहाना लिएका छन्  । सीतामाताको दोस्रो वनवासको कारणमा सुगाले दिएको श्राप भन्ने कथा पद्मपुराणमा लेखिएको छ  । रामायण लेख्ने काम श्रीसीतारामको जन्म अगाडी देखिनै सुरु भएको तर्क वाल्मिकी, सवरी, मतङ्गको चरित्रकथाबाट स्पष्ट हुन्छ  । आदिरामायण काकभुसुण्डीले श्रीमहादेव र पार्वतीको सम्वादको दौरान नै सुनेर पंछिजगतलाई सुनाएका थिए  । त्यस्तो कथा सुन्ने पात्रमा सुगाका जोडी पनि थिए, जस्को मुखबाट सीतामाताले बाल्यकालमा नै रामायण कथा सुनेकी थिइन्  । रामायण कथा बारम्बार सुन्ने लोभमा सीताले गर्भिणी अवस्थाकी सुगालाई समातेर थुने पछि भाले सुगाले सीतालाई गर्भिणी अवस्थामा पति वियोगको श्राप दिएको थियो  । त्यै सुगाले अयोध्यामा धोवीको घरमा जन्म लिएर सीतामातालाई दोस्रो वनवासको वातावरण सृजना गरेको थियो  । रामायणले राम र सीतालाई अलग अलग मान्दैन  । यसमानेमा सीतामाताको दोस्रो वनवासकाल पनि जनताको गुनासो भन्दा सीताराम अवतारको लिला अन्तरगत भएको थियो, जहाँ धोवीले मन्थरा र कैकेयीले जस्तै निमित्त कारणको भूमिका निर्वाह गरेको थियो  । त्यस्तो लिलाको अन्तर्य बुभ्mन कुनै एक रामायणको भक्तिपूर्वक स्वाध्याय गरेर प्रयाप्त हुँदैन  । त्यस्को निमित्त आध्यात्म रामायण, आनन्द रामायण, अद्भुत रामायणको साथमा वेदान्तहरूको विश्लेषणात्मक एवं तुलनात्मक अध्ययनको आवस्यक पर्छ  । यि सव शास्त्रका र विश्वासका कुरा हुन्  । एउटा लेखले त्यस्तो गहिरो तर्कको निरुपण गर्न सक्दैन  । त्यसैले याहाँ अत्यन्त सतही पाराले सीतामाताको दोस्रो वनवासको कारण र प्रभावको चर्चा मात्र गरिन्छ  । अध्यात्मको गहिराईमा यो लेखले प्रवेश गर्दैन ।

काव्यं रामायणं कृत्स्नं सीतायाश्चरितं महत्  ।
पौलस्त्यवधमित्येव चकार चरितव्रतः ।। वा.रा.१ः४ः७ ।।

वाल्मिकी ऋषिले सीतायणको रचना गर्नुभएको थियो तर वाल्मिकी रामायणलाई अवधीभाषामा अनुवाद भएको तुलसीदाशको राम चरित मानस अध्ययन गरेर हामीले रामायणको रूपमा मात्र बुभ्mयौ  । वाल्मिकीकृत रामायणको बालकाण्डमा उल्लेखित माथीको श्लोकले सीतायणको आधारस्तम्भलाई संकेत गर्छ  । राम, लक्ष्मण, भरत, सत्रुध्न तथा हनुमान जस्ता रामायणका प्रमुख पुरुष पात्र दशरथपुत्री शान्ताको पति ऋषिशृङ्गले सम्पन्न गर्नुभएको यज्ञमा प्रकट अग्नि देवताले दिएको खिरबाट उत्पन्न भएका थिए भने सीता स्वयं यज्ञको अग्नि स्वरूपा थिइन्  । मैथिलीमहोपनिषद्मा उल्लेख भए अनुसार सीतामाताले नै हनुमानलाई अष्टसिद्धि वरदान दिएर दैत्यसंहारको वातावरण बनाउनु भएको थियो  । यो क्षमता उनमा अयोनिजा भएको कारणले सुरक्षित थियो  । सीतोपनिषद् र मैत्र्युपनिषद् अनुसार उनि अन्नपूर्णादेवी थिइन्  । त्यसैले कर्षणयोगी राजर्षि जनकको हलेष्टियज्ञमा अयोनिज रूपमा प्रकट भएकी थिइन्  ।

उपनिषद्को यो सन्देशले राजर्षि जनकको मिथिलाभूमिमा उत्पादन हुने अन्नमा शुद्धता थियो अथवा त्याहा ऋषि कृषि पद्धत्तिको पालना गरेर शुद्ध अन्न उत्पादन हुन्थ्यो भन्ने संकेत गर्छ  । सीतामाता अन्नको शुद्धतामा अत्यन्त सचेत हुनुहुन्थ्यो  । त्यसैले गर्भमा रहेका बच्चाको पोषण व्यवस्थापनमा शुद्धता कायम राख्न हर तरहको प्रयास गर्नुहुन्थ्यो  । अयोध्याको अन्नमा त्यो स्तरको शुद्धता थिएन  । त्यसमाथी कर्षणयोगी संस्कृति नभएको देशकी महारानीले अन्न उत्पादन तथा पाकशाला व्यवस्थापनमा सहभागी हुन मिल्दैन्थ्यो  । अयोध्यामा सीताजी राजधर्मको जञ्जिरले बाँधिनुहुन्थ्यो  । त्यसैले वाहाँले महाराज रामसंग (भगवान रामसंग होइन) गर्भावस्ताका केहि समय योगीजनको सामिप्यतामा बिताउने माग गर्नु भएको थियो  ।

आनन्द रामायणको यात्राकाण्डमा यो रहष्यको उद्घाटन भएको छ  । महाराज रामले तीर्थयात्राको व्यवस्थापन समेत राजसी ठाटबाँटका साथ गर्दा सीतामातालाई चित्त बुझेन र धोवीको प्रकरण सामुन्य आयो  । त्यस आधारमा यो प्रकरण भगवान रामले सीतामाताको परित्याग गर्नुभएको नभएर कुश र लवको शुद्धता व्यवस्थापनमा भएको लिला थियो भन्न सकिन्छ  । अन्नको शुद्धताले जातकको शक्तिलाई कति प्रभाव पार्न सक्छ भन्ने उदाहरण लंका विजयी लडाकुहरूलाई अयोध्याको अन्नले क्षीण बनाएको हुँदा वाल्मिकी आश्रममा कुश र लवबाट हार खान परेको थियो  । त्याहाँ कुश र लवको शक्ति बढेको भन्दा लंका विजयी सेनाको शक्ति घटेको भनेर बुभ्mनु पर्छ  ।
अयोध्याको अन्नमा दोष थियो भनेर भरतले पनि लाक्षणिक संकेत गरेका थिए  । राजमुकुटमा अन्नदोषको प्रभाव छिटो पर्ने भय शास्त्रमा नै उल्लेख छ  । त्यसैले श्रीरामको वनवासकालमा भरतले गाईलाई जौको आहारा दिएर पचाउन नसकेको दानामा जीवन निर्वाह गरेका थिए  ।
उनले अयोध्या दरवारमा गएर राजकाज चलाएनन्  । विकल्पमा राजमुकुट नलगाईकन नन्दीग्राममा खराउलाई साक्षी राखेर राजकाज चलाएका थिए  । राजमुकुट लगाएर युद्धभूमिमा गएको भए श्रीरामले रावणको कुल नाश गर्न सक्नु हुन्थेन  । यस्को उदाहरण गर्भमा नै भगवानले रक्षा गर्नु भएको उत्तरापुत्र परिक्षितले और्वऋषि उपर सर्प अहंकार देखाएको दृष्टान्तलाई पनि लिन सकिन्छ  । राजमुकुट कै कारणले गर्दा ईन्द्रले गर्भवती कयादुलाई हरण गरेका थिए  । अन्नमा शुद्धता भएमा बच्चाले गर्भमा पनि शिक्षा लिन सक्छ र गर्भमा प्राप्त गरेको शिक्षा जीवन प्रयन्त अटल रहन्छ भन्ने उदाहरण दानव कुलशिरोमणी भक्तप्रह्लादले प्रमाणित गरेका थिए  । त्यसैकारण सीतामाताले पनि कुश र लवको गुणस्तरीय अन्न सुरक्षाको निमित्त दोस्रो वनवास रोज्नु भएको हुनुपर्छ  । अयोध्या दरवारमा कुश र लवले भजन गरेको सीता चरित्रमा उनिहरूले आप्mनो आवस्यकताको अन्नजोगाड आँफै गर्दथे र पाकशालाको व्यवस्थापन सीतामाता आँफैले गर्नुहुन्थ्यो भन्ने उल्लेख गरेका थिए  । त्याँहा अन्नदोषको गुञ्जाइस थिएन  । संक्षेपमा भन्ने हो भने सीतामाताको दोस्रो वनवास, श्रीरामले त्याग गर्नुभएकोले वा कुनै दैत्यको संहार गर्ने उद्देश्यमा भएको थिएन  । त्यो त कुश र लवको गर्भावस्ता देखि युवावस्तासम्म शुद्ध अन्नले पोषण गर्ने उद्देश्यले प्रेरित थियो  । एउटा असल राजाले कर असुली भन्दा धेरै कर्षणयोगी बन्ने प्रयास गनुपर्छ भन्ने शिक्षा वाल्मिकी ऋषिबाट छोराहरूलाई दिलाउनु थियो  ।

अद्भुत रामायणमा उल्लेखित अहिरावण अथवा शतानन रावणको वध प्रकरणलाई विस्तारमा प्रदर्शन गर्ने लिला दोस्रो वनवास थियो  । बाह्यजगतको दशानन् रावणलाई वलले समाप्त गर्न सकिन्छ तर आँफै भित्र बसेको शतानन रावणको नाश गर्न अन्नको शुद्धताको साथमा घनिभूत साधनाको आवस्यकता पर्छ भन्ने सन्देश सम्प्रेषण गर्नुथियो  । सोह्रश्राद्धको दोस्रो लेखमा सीतामाताको दोस्रो वनवास प्रकरणलाई अन्न शुद्धताको आवस्यकतामा चर्चा गरीयो  । गुणवान सन्तानको चाहना राख्नेले सीता चरित्रको यो मर्म बुझेर अन्नको शुद्धतालाई ध्यान दिने हो भने निर्वाहमुखी कृषि पून सम्मानित हुन सक्थ्यो  । निर्वाहमुखि कृषिले कृषि उपजको आयात घटाउन सकियो भने व्यावशायिक कृषिले भन्दा प्रभावकारी नतिजा दिन सक्थ्यो  । सीतामाताको यो लिलाकथाले मातृशक्तिलाई पनि कर्षण व्यवस्थापनमा मद्दत दिन सक्दथ्यो ।

Previous Post

महानगरीय कृषक सञ्जाल: किसानहरुको वैकल्पिक सरकार

Next Post

स्याउ, ओखर र खुर्पानीका बिरुवा प्राप्‍त गर्न प्रस्ताव पेश गर्ने सूचना

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
स्याउ, ओखर र खुर्पानीका बिरुवा प्राप्‍त गर्न प्रस्ताव पेश गर्ने सूचना

स्याउ, ओखर र खुर्पानीका बिरुवा प्राप्‍त गर्न प्रस्ताव पेश गर्ने सूचना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In