• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

अवैध पशु स्वास्थ्य प्राविधिकलाई बैधानिक परिषदमा ल्याउन पहल

आरसी टाइम्स by आरसी टाइम्स
११ बैशाख २०८१, मंगलवार १६:२७
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
अवैध पशु स्वास्थ्य प्राविधिकलाई बैधानिक परिषदमा ल्याउन पहल
0
SHARES
135
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स
पोखरा, बैशाख ११

नेपालभर अवैध रुपमा पशुस्वास्थ्यका क्षेत्रमा क्रियाशील प्राविधिक जनशक्तिलाई नियमन र परिचालन गर्न सरकारले पशुस्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद मातहत ल्याएर गुण नियन्त्रण तथा वैधानिक व्यवसपनको पहल थालेको छ । नेपालको पशु स्वास्थ्य तथा पशु सेवाको क्षेत्रमा कार्यरत आधारभूत तहका प्राविधिक जनशक्ति देखि विषय विज्ञ सम्मका जनशक्तिलाइ दर्ता र नियमन गर्ने प्रमुख उद्देश्यका साथ संघिय संसदवाट पारित ऐन २०७९ अनुसार पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन अन्तर्गत रहेर यो परिषद्को गठन भएको हो ।

नेपाल पशु चिकित्सा परिषद्मा दर्ता हुन योग्य जनशक्ति वाहेकका पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा कार्यरत सम्पुर्ण जनशक्ति जस्तै पशुपन्छी, मत्स्य र दुग्ध विज्ञान सम्बन्धिका जनशक्ति यो परिषद्मा दर्ता हुने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।

यस ऐनको परिधि भित्र रहेर प्रदेश कानुन वनाउने र सो कानुनले तोकेको निकायले समेत प्रदेश स्तरमा जनशक्ति दर्ता हुने प्रावधान ऐनमा राखिएको छ । प्रदेश कानुन नवने सम्म त्यसले गर्ने सम्पूर्ण काम पनि यसै परिषद्ले गर्नु पर्ने व्यवस्था ऐनमा उउल्लेख गरिएको परियादका रजिष्ट्रार पूर्णबहादुर बुढाले जनाएका छन् ।

परिषद्मा दर्ता नभई पशु स्वास्थ्य तथा पशु सेवाका कुनै पनि व्यवसाय गर्न नपाइने र दर्ता नभई उक्त व्यवसाय गरेमा दण्डनीय हुने व्यवस्था ऐनमा स्पष्ट उल्लेख गरिएको बताउँदै यो भन्दा अगाडी पशुसेवा प्राविधिकहरुले गर्ने गरेका कामहरु अवैध रहेको र अव परिषदमा दर्ता भएपछि मात्र बैधानिक सेवा प्रदायक हनु योग्यता पुग्ने परिषदका सदस्य सुरेशकुमार श्रेष्ठले बताए ।

यो परिषद्मा अध्यक्ष, उपाध्यक्ष, रजिष्ट्रार र अन्य सदस्य गरि १९ जनाको कार्य समिति रहने व्यवस्था गरिएको छ । परिषदले हालै नेपालका सातै प्रदेशहरुमा परिषद गठनको जानकारी प्रवाह र सरोकारवाला प्राविधिकहरुलाई अभिमुखिकरण अभियान थालेको छ । हालै गण्डकी प्रदेशका प्राविधिकहरुलाई पोखरामा अभिमूखिकरण दिइएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाका ८५ पालिकाहरुमा १० हजार भन्दा बढी प्राविधिकहरु क्रियाशील रहेको परिषद सदस्य श्रेष्ठले जनाएका छन् । पोखरा भेलामा प्रदेशका ४५ पालिकाका १५० जना पशुस्वस्थ्यकर्मी सहभागी रहेका छन् ।

Previous Post

कृषि उपज थोकबजारको स्थापना दिवस

Next Post

घुम्तीगोठमा परजीवी नियन्त्रण गर्दै प्राविधिकहरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
घुम्तीगोठमा परजीवी नियन्त्रण गर्दै प्राविधिकहरु

घुम्तीगोठमा परजीवी नियन्त्रण गर्दै प्राविधिकहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In