• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

असल कृषि अभ्यासका लागि बाली उपचार शिविर

आरसी टाइम्स by आरसी टाइम्स
१२ फाल्गुन २०८१, सोमबार १९:२३
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
असल कृषि अभ्यासका लागि बाली उपचार शिविर
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
तनहुँ, फाल्गुण १२
स्वस्थकर कृषि उत्पादनका लागि एकिकृत र असल कृषि अभ्यासका पहलहरु स्थानीय किसानसम्म पुर्याउन कृषि सहकारी र स्थानीय कृषि सरकारका एकाइहरु सक्रिय देखिएका छन्  । हालै तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर १ को उर्वरा कृषि सहकारीका सदस्य कृषकहरूको खेतमा बाली उपचार शिविर सञ्चालन भएको छ  । घिरिङ गाउँपालिका तनहुँको आयोजनामा भएको बाली उपचार शिविरमा कृषकहरूले लगाएको खेतबारीमा पुगी बाली परिक्षण र परामर्श सेवा प्रदान गरिएको जनाइएको छ  । प्राविधिकहरुले खेतबारीमा बालीको समस्याहरूको पहिचान गरी उपचार पद्धति र रोग किरा अनुसारको विषादी तथा सुक्ष्म तत्व फेरोबिन ट्रयाप लगायतका कृषि उपचार वस्तुहरू कृषकहरूलाई उपलब्ध गराएका छन्  । कृषकहरूले तरकारी, खाद्यबाली, फलफुलमा देखिएका रोग किरा, फल खस्ने, फल कुहिन,े चिरिन,े फुल नफुल्ने जस्ता समस्याहरूको बारेमा सोधपुछ गरेका छन्  । विज्ञहरुले किसानलाई सैद्धान्तिक ज्ञान दिएका छन्  । शिविरमा कृषि विकास शाखा घिरिङका प्रमुख रवि रामदाम, कृषि प्राविधिकहरू समीक्षा ढकाल, सामना नेपाली, वर्षा थापाले सहजीकरण गरे  ।
उर्वरा कृषि सहकारी संस्थाका अध्यक्ष केशवराज पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले सम्बोधन गर्दै कृषकहरूलाई अन्नदाताको रुपमा सम्मान गर्नु पर्ने बताउँदै राष्ट्रलाई जस्तोसुकै संकटमा पनि भोकमरीबाट बचाउने कृषक नै भएकाले किसानको बाली सुरक्षित राख्न सके मात्र उत्पादकत्व बढाउन सकिने बताए  । उत्पादनलाई सुरक्षित भण्डारण गर्न पनि उत्तिकै महत्वको विषय रहेको ढकालले बताए  । कार्यक्रममा संस्थाका सचिव रामप्रसाद श्रेष्ठ र सदस्य लक्ष्मी बस्ताकोटीले किसानहरुका समस्याहरू राख्दै र पालिकाका कृषि मुलक क्रियाकलापहरुको समीक्षा मन्तव्य राखेका थिए ।

Previous Post

मौरी पालनमा घार—गोला अनुदानबाट किसान ठगीएको गुनासो

Next Post

सून्तला बगैचा सुधारका लागि पहल

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सून्तला बगैचा सुधारका लागि पहल

सून्तला बगैचा सुधारका लागि पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In