• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

आँधीखोलाको प्राङ्गारिक कृषि अभियान विस्तारित हुँदै

आरसी टाइम्स by आरसी टाइम्स
६ असार २०७९, सोमबार २१:५४
in कृषि बजार
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स
पोखरा, आषाढ ६

आँधीखोला क्षेत्रका किसानहरुको सक्रियतामा स्याङ्गजामा सूरु भएको प्राङ्गारिक कृषि अभियान जिल्लाका अन्य पालिकाहरुमा पनि विस्तारित हुदै गएको छ । आपसी सहयोग केन्द्रको सक्रियतामा हालै स्याङ्गजाका विभिन्न पालिकाहरुको सहकार्य र कृषि ज्ञान केन्द्रको सहजीकरणमा यो अभियान विस्तारित हुन लागेको जनाइएको छ । यो प्राङ्गकारिक कृषि अभियानलाई डेनमार्कको ट्रेङ्गल डेनमार्क र शिसु नामक संस्थाले अर्थिक सहयोग गरेको पनि जनाइएको छ ।

 

यसै अभियानको योजना तर्जुमा कार्यक्रमका पथमिकता छनोटका लागि हालै स्थानीय जनप्रतीनीधि र सरोकारवालाका बीच स्याङ्जाको सदरमुकाम पुतलीबजारमा अन्तरकृया सम्पन्न भएको छ । प्राङ्गारिक कृषिलाई व्यवसायिक विस्तारका लागि भएको सभामा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले हाम्रो बिगतको नियमित पेशा स्वस्थ कृषि उपज उत्पादनलाई अहिले जथाभावी रासायनिक मल र बिषादीले दिनानुदिन बिगारहेको अवस्थामा यो कार्यक्रमले स्थानीय सरकारलाई पुनः सोच्नको लागि घचघच्याएको र भविष्यमा प्राङ्गारिक कृषिलाई व्यवसायिक पेशाको रुपमा प्रवर्धन गरेर रासायनिक मल र बिषादिको अभाव हुने स्थिति र यसले हुने हानीलाई रोक्नको लागि टेवा पुग्नेमा आशाबादी रहेको बताए ।

कार्यक्रममा स्याङ्जा जिल्लामा प्राङ्गारिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरणको क्षेत्रमा भएको प्रगतीका बारेमा चर्चा गरिएको थियो । यसै क्रममा आपसी सहयोग केन्द्र स्याङ्जा नेपालका हरीप्रसाद ढकालले स्याङ्जामा प्राङ्गारिक कृषि उपलब्धि, चुनौती र सिकाई, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले प्राङ्गारिक कृषि बाली उत्पादन के किन र कसरी, द बजार पोखराका तुलसी गिरीले प्राङ्गारिक उत्पादनको संभावना र प्राङ्गारिक प्रमाणिकरणमा सहभागीतामुलक विधिका साथै कृषि बजारलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम बारे प्रकास पारेका थिए भने डेनमार्कका कृषि अर्थ बिज्ञ पाउल राय क्लेडलले प्राङ्गारिक बजार टिकाउने जुक्तिका कारेमा छलफल चलाएका थिए ।

कार्यक्रममा भिरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द प्रसाद कर्माचार्य, पुतलीबजार नगरपालिकाका उपप्रमुख देवी अर्याल, स्याङ्जा पिजिएसका संयोजक छाँयाराम खनाल समेतले जिज्ञासा एवं सुझावहरु राखेका थिए ।
आपसी सहयोग केन्द्रका अध्यक्ष रुकुमदत्त शर्माको अध्यक्षतामा भएको अन्तक्रियामा आस्क नेपाल काभ्रे शाखाका कार्यक्रम व्यवस्थापक प्रह्लाद प्रसाद तिमिल्सिना, ट्रेङ्गल डेनमार्कको नेपालमा सहयोगबारे त्रिकोण डेनमार्कका नेपाल संयोजक रबिन बोगटी र स्याङ्जामा प्राङ्गारिक कृषि क्रियाकलापका सञ्चालन अनुभव तथा सिकाइहरुका बारेमा कार्यक्रम प्रमुख हरीप्रसाद ढकालले प्रस्तुती राखेका थिए । स्याङ्गजाका चार विद्यालयमा विद्यार्थी कृषि पाठशाला संचालनमा ल्याइएको र भविष्यमा यसको प्रभावकारिता समेत मापन गरिने तयारी भइरहेको जनाइएको छ ।

Previous Post

कृषि प्रणालीमा विकृति बढनाले मह उत्पादन घटदै आएको किसानको गुनासो

Next Post

महानगरले किसानको डिजीटल प्रोफाइल बनाउँदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

महानगरले किसानको डिजीटल प्रोफाइल बनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In