• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

आगामी वजेटले कृषि पेसालाई सम्मानित गराउन केही गर्छ कि ?

आरसी टाइम्स by आरसी टाइम्स
३० जेष्ठ २०८०, मंगलवार १६:१३
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
आगामी वजेटले कृषि पेसालाई सम्मानित गराउन केही गर्छ कि ?
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
कुलराज चालिसे , 
हरेकवर्ष जेठ र असारमा वजेटको चर्चा हुन्छ । यसैक्रममा संघीय सरकारले अस्तिभर्खर वजेट प्रस्तुत गरेको छ । संघ सरकारले प्रदेशलाई दिने वजेटमा आधारित भई प्रदेशको वजेट यसै हप्ता सार्वजनिक गर्नेछ । त्यो दुवैलाई समायोजन गरेर स्थानीय सरकारले वजेट प्रस्तुत गर्छ । तीन चरणमा वजेट प्रस्तुत हुँदा पनि संघीय नीति तथा कार्यक्रमले समेटेको मूल सिद्धान्तलाई पच्छ्याउने हो, तहगत समायोजन त स्थानीय परिवेश अनुसार प्राथमिकरण मात्र हुने हो । हरेकवर्ष झै यस वर्षको वजेटले पनि कृषिजन्य उत्पादनमा आत्मनिर्भरताको लक्ष राखेको छ । कृषिलाई प्राथमिकता भनेकै छ । तैपनि कृषिजन्य आयातमा वृद्धि हुन छाडेको छैन । कृषिमा दिने अनुदान, कृषि औजार, मल, वीउ, रसायन तथा माउ पशुको हिसाव गर्ने हो भने त कृषिलाई घाटाको व्यापार जस्तो लाग्छ ।
 त्यसमाथि कृषि विकासका निमित्त परिचालित सरकारी कर्मचारीको  खर्च जोडने हो भने राज्यको निमित्त यो न्युन प्रतिफलको लगानी जस्तै हुन्छ । के यो साच्चै हो त ? हैन भने रोजगारीको खोजिमा युवापुस्ता विदेश पलायन हुने थिएनन् ।
बुडापुस्ताले बसाई सरेर गाउँ रित्तो बनाउने थिएनन् । सरकारी दस्तावेजमा जे जस्ता प्रगति देखाइए पनि कृषि अव मनोरञ्जनको पेसा जस्तै भएको छ । यसबाट दिर्घकालिन व्यावशायिक लाभ देखिएको छैन ।  सरकारी अनुदान पचाउन बनेका प्लाष्टिकका टनेल र गाई भैसीको गोठ गनेर हुँदैन । आर्थिकक्षेत्रका लगानी उत्पादक रहेको सिद्ध हुनुपर्छ ।
वैदेशिक रोजगारीलाई प्राथमिकता र वसाई सराईको लाक्षणिक अर्थ कृषिमा मुनाफा छैन भन्ने अर्थ लाग्छ ।  संघीय वजेटले त्यसको उत्तर दिन सकेको छैन । प्रदेशको वजेट तर्जुमा गर्ने जनशक्ति पनि संघीय सरकारकै प्रतिरुप हुन् । उनिहरुबाट पनि धेरै आसा गर्न सकिदैन । स्थानीय सरकारको सिधा सरोकार कृषक संग हुन्छ ।  उनिहरुको बजेट कस्तो आउछ ? पर्खेर हेरेका छौ । अलिकति आसा तिनै संग गरेका छौ ।
हामीले स्थानीय सरकारको अभ्यास गरेको पनि छ वर्ष भयो । अव सातौं वजेट प्रस्तुत गर्दैछौ । अनुदानले मात्र कृषिमा उन्नती नहुने रहेछ, बरु विकृति भित्रने रहेछ भन्ने अनुभव पनि भएको छ । जग्गाको वर्गीकरण, चक्लावन्दीकरण, यान्त्रीकरण, प्लाष्टिककरण आदि आदि अभ्यास गरेर हेरेका छौ । अव सरकारले बाँझोजग्गा खिचेर भाडामा उत्पादन गर्न दिनुपर्छ भनेका छौ । त्यसको कार्यान्वयन पक्ष विश्लेषण गरेका छैनौ । कुनै जिमिन्दारले वनमारा उत्पादन गरेर व्रिकेट उद्योग खोल्छु भनेमा त्यस्तो जग्गालाई बाँझो मान्ने की नमान्ने ? सून्य खनजोतको परिक्षण गर्छु भनेमा मान्ने की नमान्ने ?
 त्यसैले सरकारले नीति बनाउँदैमा कार्यान्वयन हुन्छ भन्ने हुँदैन । नीजि स्वामित्वको जग्गा रहुञ्जेल भूउपयोगमा सरकारी हस्तक्षेप सम्भव देखिदैन । कित्ताकाटको रोक्का र फुकुवा प्रकरणले यस्को लक्षण देखाईसकेको छ । कृषिमा चल्ने नीति भनेको उत्प्रेरण हो । त्यसको निमित्त कृषि बजार व्यवस्थामा हस्तक्षेप नै हो । स्थानीय उत्पादनको मुनाफा सहित बजार सुनिश्चितता नभए सम्म त्यस्को सम्भावना कमजोर हुन्छ । मुनाफा सहितको कृषि व्यापारमा जमिनको मूल्यले पनि अर्थ राख्छ । प्रचलित बजार मूल्यमा प्रति रोपनी वा कठ्ठा पचास साठीलाख पर्ने जमिन वेचेर वैंकमा राख्दा पनि प्रतिवर्ष दुईतीनलाख व्याज आउछ भने कस्ले खेती गर्ने ? घरेलु श्रम तथा नाफा नोक्सानको हिसाव नगरी रहरको खेती व्यावशायीक कृषि हुँदैन । सिचाई व्यवस्था गरेमा कृषि प्रवर्धन हुन्छ भनौ भने पनि फेवा, सेती, विजयपुर, वेगनास सिचाई संरचनाको वर्तमान अवस्था सामुन्य छ । कृषि सडकले हुन्छ की भन्यौ भने आयातित अन्न गाउँ गाउँमा लैजाने काम भएको छ, गाउँबाट शहरमा उत्पादन आएको छैन ।
सिचाई, सडक र कृषि सम्बद्ध सरकारी कार्यालयको हिसाव गर्ने हो भने कृषिलाई चटक्कै छाडने हो की जस्तो हुन्छ । त्यस्तै नै हो भने, गर्ने के त ? दिगो कृषि विकासको उपयुक्त रणनीति के हुन सक्छ ? स्थानीय सरकारले कृषि वजेटको तर्जुमा गर्दा माथी उल्लेखित
प्रश्नहरु उपर इमान्दारीका साथ सम्बोधन गर्नु पर्ने छ । त्यस्तो सम्बोधन लहडमा हैन, सर्वेक्षणमा आधारित भएर हुनुपर्छ । वजेटले विगत छ वर्षमा भएको लगानी र लगानीको प्रतिफललाई निर्मम समिक्षा गरेर आगामी कृषिनीतिको तर्जुमा गर्नै पर्छ । सम्बिधानले प्रत्याभूत गरेको खाद्य सुरक्षालाई त्याग्न पनि मिल्दैन ।  स्थानीय सरकारले केही न केही ठोस कार्य गर्नैपर्छ । सरकारी नीति, कार्यक्रम तथा बजेटलाई नियाल्ने स्वतन्त्र आँखा पनि यसै समाजमा छन् । झुटमुटको प्रतिवेदन तिनले पत्याउदैनन् । उनिहरु मौन रहदैनन् ।
मुख खोल्ने सन्दर्भमा केही सुझाव दिने कर्तव्य स्वतन्त्र नागरिकको पनि हो । उनिहरुको सुझाव पस्कने थलो कृषि पत्रिका र सामाजिक सञ्जाल हो । हामी त्यसैको उपयोग गर्ने प्रयासमा छौ ।
क) विगतवर्षहरुमा कृषिपेसालाई सम्मानित बनाउने भनेर धेरै शब्द खर्च भएको थियो । बजेटको आकार जत्रो भएपनि नीति तथा कार्यक्रममा कृषि विकासका शब्दहरु प्राथमकितामा पर्छन् । सरकारी कर्मचारीको इर्दगिर्द नाच्ने एकादुई कृषकलाई पुरस्कार दिदैमा कृषिपेसा सम्मानित हुँदैन ।  कृषिपेसालाई सम्मानित बनाउन पालिका स्वयंले कृषक बन्न रुचाउनुपर्छ । व्यावशायीक उत्पादन नभएपनि कौशीखेतीमा संलग्नलाई समाजले सम्मान गर्न थालेको लक्षण देखिएको छ । त्यसमा उनिहरुले संचालन गरेको सामाजिक सञ्जालको भूमिका छ । खेतवारीमा संलग्न कृषकहरुलाई यस्तै सञ्जालमा सकृय पार्न सकेमा कृषिपेसा सम्मानित हुन सक्थ्यो होला । यस्को पहल स्थानीय सरकारले नै गर्नुपर्छ ।
ख) पैसा खर्च गरेर मन्दवीष खाने रहर कसैलाई हुँदैन । यस मानेमा व्यावशायीक कृषिको निर्धारण उत्पादक भन्दा उपभोक्ताले गर्छन ।
वीष रहित व्यावशायीक उत्पादन गर्न मनमा हरि चाहिन्छ । कृषकको मनमा हरि जागरण गराउन ऋषिकृषि पद्धत्तिको अनुशरण गर्नु पर्छ ।  बजारमा पूरा मूल्य तिरेर शुद्ध अन्न उपभोग गर्नेको अभाव छैन ।  तैपनि कृषि विकासमा सम्बद्ध कार्यालयहरुले ऋषि कृषक र गुणस्तरमा  जागरुक उपभोक्तालाई जोडन सकेको छैन । त्यसैले शुद्धअन्न उत्पादनको अनुगमन, प्रमाणीकरण र बजार संयोजनमा केही नयाँ गर्ने प्रयास गरौं ।
 शुद्ध अन्न उत्पादनको लागत तुलनात्मक धेरै नै हुन्छ । बजारमा चलेको भन्दा धेरै तिरेर खपत गर्ने उपभोक्ताको पनि अभाव हुँदैन । अरु कसैले उपभोग नगरे पनि दिर्घरोगी र पेटमा प्रथम गर्भ भएकाले त शुद्ध अन्न खोज्छन् । स्थानीय सरकारले सामाजिक सञ्जालको उपयोग गरेर त्यस्ता उत्पादक र उपभोक्ताको पहिचान गरी सम्बन्ध स्थापित गर्ने प्रयास गर्न आवस्यक छ ।
ग)खोजपाठशालाले विगत तीनचारवर्ष देखि ऋषिकृषि, कन्दमूल र सीतायन वहस मार्फत कृषिलाई सास्कृतिक सम्मान दिलाउने विचार पस्केको थियो । सर्सर्ती हेर्दा तिनीहरु व्यावशाय परक थिएनन् । तर तिनले कृषि पर्यापर्यटनलाई सहयोग गर्ने खालका थिए । भौतिक उत्पादनको आधारमा तिनीहरु लाभदायक नहुँदा पनि अमूर्त गुणको मूल्य समायोजन गर्दा तिनीहरु पनि उत्पादक प्रमाणित हुन सक्छन् । तिनले व्यावशायीक कृषिलाई विस्थापन गर्ने लक्ष राखेका थिएनन् । सिमान्तकृत जमिनमा पनि तिनको परिक्षण गर्न सकिन्थ्यो । खोज
 पाठशाला आँफै एक्लैले त्यसलाई पूर्ण परिक्षण गर्न सक्दैन । सरकारी अनुसन्धान कार्यक्रममा तिनलाई समायोजन गर्न आवस्यक छ । गण्डकी प्रदेशले पर्यटनलाई प्राथमिकता दिएर सिमान्तकृत जनतालाई पनि पर्यटनको लाभ दिने हो भने तिनलाई नीति तथा कार्यक्रममा समायोजन गर्न आवस्यक छ । तिनको उत्पादकत्व परिमाणात्मक उत्पादनका अतिरिक्त पर्यटन र पहिचानमा पार्ने सकारात्मक प्रभावलाई समेत समायोजन गरेर गर्नु पर्छ ।
घ)गण्डकी प्रदेश सरकारले वातावरण मैत्री नमुना कृषिको कार्यक्रम प्रदेशका सम्पूर्ण पालिकामा विस्तार गरेको थियो । सैद्धान्तिक हिसावले त्यो एकदम सही कदम थियो । तर पाँचवर्षसम्म लगातार लगानी भएको त्यस्तो नमुना गाउँको चर्चा समाजमा चलेको छैन । प्रदेश सरकार स्वयंले त्यो कार्यक्रममा भएको लगानीको उत्पादकत्व समिक्षा गरेको छैन । कार्यक्रम घोषणा  गरेर मात्र हुँदैन । सरकारले काम गर्ने हो, के के गर्नुपर्छ भनेर शिक्षा दिने होइन । त्यसैले जनताको नाममा कार्यक्रम घोषणा गरेर कार्यकर्तालाई वजेट वितरण गर्दैमा सरकारको दायित्व पूर्ण हुँदैन ।
 लगानीको प्रतिफल मापन पनि हुनुपर्छ । प्रतिफल प्राप्त भएन भने अनुभव गरेको समस्या उपर समिक्षा हुनु पर्छ । स्थानीय सरकारले आप्mनै स्रोतमा संचालित कार्यक्रमको अलावा प्रदेश तथा केन्द्रबाट संचालन भएका त्यस्ता कार्यक्रमको समिक्षा गरेर नयाँ रणनीति तय गर्न आवस्यक छ । जनताले अव शिक्षा भन्दा नतिजाको अपेक्षा गरेकाछन् ।
ड)खोज पाठशालाको पहलमा गण्डकी प्रदेश सरकारले गतवर्षको कार्यक्रममा सिमलतरुल लगायत कन्दमूलमा अनुसन्धान गर्न वजेटको विनियोजन गरेको थियो । पाठशालाले त्यस सन्दर्भमा स्वलगानीमा केही काम गरेको पनि थियो । सरकारले विनियोजन गरेको वजेटबाट त्यस शिर्षकमा के कस्ता अनुसन्धान भए ?
 त्यसको प्रतिवेदन सार्वजनिक भएमा पाठशालाको जस्तै निजिक्षेत्रले गरेको पहलमा सहयोग पुग्ने थियो ।
प्रदेश मन्त्रालयले त्यस्ता शिर्षकको वजेट पूर्वकर्मचारीको भरणपोषणमा दुरुपयोग नगरिदिए हुन्थ्यो ।
च)कृषि समाजशास्त्रमा सहयोग पुग्ने गरी सुरु भएको सीतायन वहसलाई मूर्तरुप दिन धवलेश्वर कैलाशका देवशिला अयोध्या लग्ने काम भएको छ । गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको पहलमा भएको उक्त कार्यक्रमको लाभ कृषिक्षेत्रले पनि लिन सक्छ ।
खोज पाठशालासंग त्यस्को मार्गचित्र पनि तैयार छ ।  त्यस्तो मार्गचित्र सरकारी पक्षसंग साझा गर्ने प्रयास हुदा पनि कार्यान्वयन हुन सकेको छैन । कास्की र म्याग्दीका अन्नपूर्ण गाउँ पालिकाहरुले त्यो अवधारणाबाट ऋषिकृषि पद्धत्तिको कार्यान्वयन परिक्षण गर्न पहल गर्दा लाभ नै हुन्छ, हानी हुँदैन । अन्य केही गर्न नसके पनि सीतायन सिद्धान्तबाट अन्नको शुद्धता कायम  राख्ने विचार गोष्ठी भएपनि गर्ने प्रयास गर्दा के हुन्छ र ? आखिर यो पद्धत्तिले व्यवसायीक कृषि कार्यक्रमलाई विस्थापन गर्ने त होइन नी ।
Previous Post

‘रिमोट सेन्सीङ्ग’ प्रविधिले कृषि तथ्यांक संकलनमा कसरी सहयोग पुग्छ ?

Next Post

मकै जोगाउन बाँदर धपाउने डिउटी तालिका सार्वजनीक

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
मकै जोगाउन बाँदर धपाउने डिउटी तालिका सार्वजनीक

मकै जोगाउन बाँदर धपाउने डिउटी तालिका सार्वजनीक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In