• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

आलु खेती जोगाउने रैथाने जुक्ति : तन्ना र सारीले बारेर बाली जोगाउँदै

आरसी टाइम्स by आरसी टाइम्स
१५ फाल्गुन २०७९, सोमबार १९:५१
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
आलु खेती जोगाउने रैथाने जुक्ति : तन्ना र सारीले बारेर बाली जोगाउँदै
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जिसी
पर्वत, फाल्गुन १५

हिउँदमा वर्षा नभएपछि हिउँदे खेती कम गरिएको छ । पर्वतमा २८ हजार हेक्टरमा सिचाई पुगेको भएपनि हिउँदमा वर्षा नभएका कारण गहुँ जौ र आलु, फापर, तोरी को खेती कम भएको हो । खेती पातीको क्षेत्रफल कमी हुँदा वन्य जन्तुले दुख दिने गरेको ग्रामीण क्षेत्रका किसानहरुले गुनासो गरेका छन । गाउँमा युवा पुस्ताको बसोबास कमी हुँदै जान थालेपछि खेती पातीको क्षेत्रफल पनि घटदै गएको छ । खोलाको सिँचाईको भरमा थोरै क्षेत्रफलमा लगाएको हिउँदे खेती जोगाउन किसानलाई अहीले चुनौती भएको हो ।

फलेवास ४ कि तुलशी भुजेलले नहरको पानीको भरमा लगाएको खेती दुम्सी, खरायो र बाँदर बाट जोगाउन समस्या भएको बताईन । उनले शारी र तन्नाले बल्ल तल्ल बेराबार पारेर जोगाएको बताईन । आलु खेती विस्तारमा भईरहेको पर्वतमा आलु खेती दुम्सीबाट जोगाउन किसानहरुले सारी, तन्ना झुल जस्ता कपडाले बार बन्देज गर्न लागेका छन । विशेष गरी दुम्सी र खरायोले फल्ने समयको आलु खाईदिने गरेका कारण रातको समयमा आलु जोगाउन यस्तो प्रविधि अपनाएको पर्वत भँगारका किसानले बताए ।

विहानै झिसमिसैमा फाँटको डिलमा पुगेर बाँदर लखेटदै साँझ सम्म कुर्दा पनि खेती जोगाउन नसकिएको किसानहरुले बताएका छन । त्यतीमात्र नभई बाँदर, मृग, दुम्सी, खरायो लगायतका बन्य जन्तुले लगाएको वाली खाईदिने गरेका हुन । बाँदर र बन्य जन्तु बाट लगाएको खेती जोगाउँन गाँउले पालो लगाएर खेतीमा कुरेर बस्ने गरेको फलेवास नौवीसे फाँटका केदार लम्सालले बताए ।
गएको असोज महीना देखी रोकिएको वर्षा फाल्गुनको पहीलो साता सम्म नहुँदा किसानहरुले बल्लतल्ल भएको खेतिलाई वन्य जन्तुबाट जोगाउन यो जुक्ति अपनाएका हुन् ।

पर्वतका अधिकाँश फाँटहरु हिउँदे खेति हुन नपाएर बाँझै रहेका छन । हिउँदै सिँचाई पुग्ने थोरै मात्रै क्षेत्रफलमा लगाइएको खेती पनि अहीले वन जन्तु बाट जोगाउन पर्वतका किसानलाई समस्या भएकोले किसानहरुले रात्रिकालीन वन्य जन्तुलाई तर्साउन र खेति जोगाउन रंगीन र हावाले हल्लाउदा चलायमान आकृति देखिने कपडाहरुले बारबेर गर्ने जुक्ति अपनाएका छन् ।

Previous Post

विहादीमा कृषक पाठशाला

Next Post

हेमजा आलुमेला चैत्रान्तमा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

हेमजा आलुमेला चैत्रान्तमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In