• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

ऋषि कृषि परम्परा अध्ययनको गन्तव्यः नील पर्वत डहरे देउराली

आरसी टाइम्स by आरसी टाइम्स
१० आश्विन २०७९, सोमबार २२:०३
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
ऋषि कृषि परम्परा अध्ययनको गन्तव्यः नील पर्वत डहरे देउराली
0
SHARES
59
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, असोज १०
शब्द , धुन, र ध्वनीमा मन्त्र साधना र लोक हितका लागी मन्त्रको उपासनागर्दै अन्न ब्रम्हको खोजीमा लाग्ने ऋषि परम्परा कृषि प्रणालीसँग अनन्य रुपमा जोडिएको छ  । यस्तो ऋषि र कृषि परम्पराको कडीको रुपमा रहेका उपासना क्षेत्रहरु ऋषिका अनुसन्धान क्षेत्रका रुपमा विकास भएका र हाल धार्मीक पर्यटनका रुपमा तीर्थाटन हुनेगरेका स्थानहरु गण्डकी प्रदेशमा विशेषरुपमा पाइन्छन्  ।

पर्वत र स्याङजाको सीमानामा रहेको डहरे देउराली लेकलाई यस्तै ऋषि र कृषि परम्पराको अनुसन्धान क्षेत्रका रुपमा रुपमा विकास गराउन आवश्यक रहेको स्थानीयहरुले माग गरेका छन  । कालिगण्डकीले परिक्रमा गरेको पञ्चासेको सामिप्यमा रहेको एैतिहाँसिक तपस्थलीको रुपमा रहेको यस क्षेत्र पर्या—पर्यटनको लागि पनि महत्वपुर्ण गन्तव्य रहेको छ  । पर्वतको फलेवास नगर पालिका, स्याङजाको अर्जुन चौपारी र आँधिखोला गाउँ पालिकाका सीमाना जोडीएको यस क्षेत्रको अग्लो लेक डहरेलाई पैदल मार्ग सँगै धार्मीक क्षेत्रको रुपमा प्रचार र विकास गर्न आवश्यक रहेको छ  ।

२२ सय ५९ मिटरको उचाईमा रहेको निलगिरी पहाडमा डहरा नाम भएका ऋषिले तपश्या गरी बसेको र पछि तीनै ऋषिको नामले प्रशिद्धी पाएको यस क्षेत्रको वर्णन स्कन्द पुराणमा गरीएको बताइन्छ  । श्रवण कुमारले आफ्ना अन्धाअन्धी बावुआमालाई तिर्थाटन गराउन ल्याएका किम्बदन्ती अनुसारको अन्धाअन्धी क्षेत्र पनि यसै क्षेत्रमा पर्दछ  । डहरा ऋषि र स्कन्द पुराणको महीमा रहेको क्षेत्र भएपनि आवश्यक प्रसार प्रसार नहुँदा ओभेलमा पर्दै आएको डहरे देउरालीका मूल पुजारी पशुपति आनन्द गिरीले बताएका छन्  ।


निलकण्ठ पर्वत शिदेश्वर महादेव र कालिशक्तीको विषेश पुजा आराधना हुने षेत्र हो  । यस क्षेत्रमा वडा दशैंका नवरात्र, र नव वर्ष मागेसंक्रान्ती , वाला चतुदर्शी जस्ता पर्वहरुमा मेला लाग्ने गर्दछ  । हिन्दु धर्मको चार धाम मध्ये मुक्ती क्षेत्र मुक्तीनाथ यात्राको प्रारम्भ गर्ने स्थानको रुपमा रहेको डहरे लेकलाई सुनाखरीको लेकको रुपमा पनि चिनिने गरीन्छ  । पर्वतको कार्कीनेटा, थापाथाना र स्याङजाको पञ्चमुल , आरुचौर लगायका वडाहरुमा फैलिएको डहरे क्षेत्रबाट पर्वत स्याङजा र कास्कीका रमणीय दृश्यावलोकन गर्न सकीन्छ  । विगत वि स १९९७ मा तत्कालीक पाँच ग्राम पञ्चायत बाट यज्ञ यज्ञादी हुँदै आएको अभिलेख रहेको भएपनि पछिल्ला सरकारहरुको चासो यस क्षेत्रमा पर्न नसकेको पुजारी गीरीको भनाई छ  ।

पर्वत र स्याङजा दुवै जिल्लाबाट डहरे पुग्न सकीने गरी सडक पैदल मार्ग बनेको भएपनि मन्दीर व्यवस्थापनमा स्थानीय सरकारको चासो बढाउन आवश्यक छ  । धार्मीक देखी पर्यावरणीय र जलधार क्षेत्रको विकास र प्रबर्धन गर्न सकेमा यहाँ ऋषि कृषि परम्परा अध्ययन क्षेत्रको रुपमा समेत विकास हुने सम्भावना रहेको छ  ।

Previous Post

हिमाली जिम्बु खेतिको पहाडमा बसाइ-सराइ

Next Post

कृषक समुहले लेखापरिक्षणलाई झमेला माने

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषक समुहले लेखापरिक्षणलाई झमेला माने

कृषक समुहले लेखापरिक्षणलाई झमेला माने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In