• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

करोडौ खर्चीएको ठुलीपोखरी मध्य बर्खा मै सुक्यो

आरसी टाइम्स by आरसी टाइम्स
८ आश्विन २०८०, सोमबार १८:२४
in कृषि बजार, के भैइरहेछ, फिचर
0
करोडौ खर्चीएको ठुलीपोखरी मध्य बर्खा मै सुक्यो
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी, पर्वत, असोज ८
गण्डकी प्रदेश उद्योग वन तथा पर्यटन मन्त्रालयको एक करोड बजेटमा पुन निर्माण गरीएको पर्वतको ठुलीपोखरीमा पानी जम्मा हुन नसकेर मध्ये वर्खामै सुकेको स्थानीयहरुले गुनासो गरेका छन्  । पुर्ननिर्माण अघि सम्म पानीले भरीभराउ हुने पोखरी पुर्ननिर्माण पछि झन सुख्खा भएको बारेमा स्थानीयहरुले गुनासो गरेका छन्  ।
पर्वतको कुश्मा नगर पालिका १२ मा रहेको करीव ४ रोपनीमा फैलिएको पोखरीको पुनःनिर्माण पछि सुख्खा भएको जनाइएको छ  । भु तथा जलाधार कार्यालय पर्वतको प्राविधिक सहयोग गरीएको भएपनि पोखरीमा पानी नअडीएको स्थानीय युगनाथ पौडेलले बताए  । मध्य वर्खामा सुख्खा बनेकोे पोखरीको ईतिहाँस सरकारी निकाय बाटै नामेट गर्ने काम भईरहेको पौडेलले बताए ।

१९ सय सालमा निर्माण भएको ईतीहाँस बोकेको पोखरी तत्कालीन समयमा पानीको मुल स्रोतको रुपमा समेत रहको स्थानीयले बताएका छन । पुन निर्माणमा निर्माण सामाग्री प्रयोग वातावरण मैत्री नहुँदा र डोजर प्रयोगले पोखरीको मुल नै हराएपछि अहीले पोखरी सुख्खा बनेको स्थानीयहरुको भनाइ छ  ।
हाल पोखरीमा स्कुले विद्याथी खेल खेल्ने र दशैमा पिङ बनाएर खेल्ने गरेका छन  । पोखरीमा पानी नअडीएपछि तत्कालीन गाविसको नाम र वडाको नाम रहेको ठुलीपोखरीको पहीचान नै गुम्ने खतरामा रहेको वडा कार्यलयले जनाएको छ । वडा अध्यक्ष झलक प्रसाद रिमालले एैतिहाँसिक पोखरीलाई जोगाउन सबै पक्षको ध्यान जान पर्ने बताउँदै पुन बजेट छुटाएर पोखरीका पानी अडाउने गरी निर्माण गर्नु पर्ने खाँचो रहेको बताए  ।

जिल्ला कै ठुलो क्षेत्रफलमा फैलिएको पोखरीमा पुर्न निर्माण पछि पानी नअडीएको भन्दै स्थानीयले समेत पटक पटक गुनासो गर्दै आएका छन  । एैतिहासिक र ठुलो क्षत्रफलमा फैलिएको पोखरी रहेको हुँदा यस क्षेत्रको ठुली पोखरी नामाकरण गरीएका थियो  ।

Previous Post

जनप्रतिनिधि लक्षित वित्तीय साक्षरता खोइ ? 

Next Post

बागवानी दिवसमा स्याउ किसान र कर्मी सम्मान

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
बागवानी दिवसमा स्याउ किसान र कर्मी सम्मान

बागवानी दिवसमा स्याउ किसान र कर्मी सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In