• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

काउली जातमा देखिएको ‘गाँठे रोग’ सागमा पनि

आरसी टाइम्स by आरसी टाइम्स
८ पुष २०७९, शुक्रबार १६:५२
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
काउली जातमा देखिएको ‘गाँठे रोग’ सागमा पनि
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा,
पोखराको हेम्जा क्षेत्रमा हिउँदे तरकारीका रुपमा खेति गरिने काउली जातका तरकारी बालीको जरामा गाँठो परेको देखिने गाँठे रोग साग बालमिा पनि देखिन थालेको छ  ।
माटो रहेको अम्लीय पना र रसायनिक तत्वको प्रतिकृया तथा अन्य रोग संक्रमणका कारण देखिएको गाँठे रोग निकै लामो समयदेखि विद्यमान रहेको र नियन्त्रण गर्न कठिन भइरहेको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडीयाले जनाएका छन्  ।
विगतमा काउली वालीमा मात्र देखिएको गाँठे रोग हालै सागमा पनि देखिएको कडरीयाले जनाएका छन्  । हालै स्थलगत अवलोकनाका क्रममा साग जातका ५ प्रकारका विभिन्न सागहरु मध्ये मार्फा चौडापातमा भने गाँठे रोग देखिएको छैन भने अन्य चार जातमा रोग लागेको पाइएको कडरीयाले जनाएका छन्  । तरकारीको जरामा गाँठा पर्ने यो रोग काउली जातको तरकारीको लागि निक्कै हानिकारक मानिन्छ  । यो रोग काउली, बन्दा, ब्रोकाउली, मला, ग्याँठकोबी, तोरी, चम्सुर र रायो बालिमा लाग्ने गरेको छ  । एक पटक यो रोग लागेपछि नियन्त्रण गर्न प्राय असम्भवजस्तै हुन्छ  । यो रोगको जीवाणु माटोमा २० औं बर्षसम्ममा जीवित रहने हुनाले नियन्त्रण गर्न कठिन हुने प्राविधिकहरु बताउँछन् ।
माटोमा अम्लीयपन बढ्यो भने गाँठे रोग फैलिन्छ त्यसैले बाली लगाउनु अघि नै एक पटक माटोको जाँच गराई रोग देखिए कृषि चुना छर्नू पर्ने पविधिकहरुले सुझाएका छन्  । बिरुवा बढ्दै गएपछि माटोमुनिको काण्ड र जरामा मुलाजस्तो गाँठो पलाउने र पछि कालो भएर मर्ने समस्यालाई विज्ञहरूले क्लबरुट भन्ने गरेका छन्  । यो रोग लागेपछि बोटबिरुवा होचो हुने, कमजोर हुने, पातहरु केही सुकेको, बीच बीचमा नुहेको, बोट र पातहरु पहेंलो जस्तो देखिने र उत्पादकत्वमा कमी आउने गर्दछ  ।

Previous Post

‘हरियो सुन’ फलाउँदै छन् बेगनास जलाधारमा लामिछाने

Next Post

नर्सरी व्यवस्थापन निर्देशिका तयारी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
नर्सरी व्यवस्थापन निर्देशिका तयारी

नर्सरी व्यवस्थापन निर्देशिका तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In