• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

किसानको साथी लाटोकोशेरो महोत्सव

आरसी टाइम्स by आरसी टाइम्स
२२ माघ २०८०, सोमबार १९:०४
in ऋषिकृषि, कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
किसानको साथी लाटोकोशेरो महोत्सव
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, माघ २२
पर्वतको जलजला गाउँपालिका ५ लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा गत शुक्रबार देखि चलेको ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सम्पन्न भएको छ  । दुईदिन सम्म मनाइएको उक्त उत्सव प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाले आयोजना गरेको थियो  ।
लाटोकोसेरो तथा हुचिलको संरक्षणको अभियानका रूपमा आयोजना गर्दै आएको ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ यस वर्ष लोप्रेको मालिका आधारभूत बिद्यालयमा भएको थियो  ।
कृषिमा बढदो रासार्यनीक मलखादको प्रयोग र वालिमा विसादी प्रयोग बढदोका कारण सुरक्षित आहाराको अभावमा लाटोकोशेरो संख्या घटी रहेको बताउँर्दै प्रकृति र किसानको मित्र लाटोकोशेरोलाई लोप हुन बाट जोगाउन महोत्सवको आयोजना गरीएको संरक्षणविद् डा हुम गुरुङले बताईन  ।
विषेश गरी कृषि वालाीमा लाग्ने मुसा , सर्प दुम्सी फटेङग्रो , छेपारो ,लगायत वाली नाली नासक किराहरु लाटोकोसेरोको आहारा हुने हुँदा किसानको साथीको रुपमा पनि संरक्षण गरीनु अहीलेको खाँचो रहेको गुरुङले बताईन  ।
ठुला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ  । आधुनिक घर बनाउने क्रमसँगै पुराना घरमा बनाइने खोपी धन्सार टौवा, वैगलमा बस्ने र सन्तान उत्पादन गर्ने लाटोकोसेरोमैत्री संरचनाको अभाव भएको हो  ।
लाटोकोसेरो तथा हुचिलको संरक्षण तथा यसले मानव जीवनमा पार्ने सकरात्मक कुराहरुको वारेमा सन्देश प्रवाह गर्न उत्सव सफल भएको गाउँपालिकाले जनाएको छ  ।
जलजलाको लोप्रे पर्यटकीय स्थल पनि भएकाले उत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ  । उत्सवमा चरा तथा प्रकृतिको अवलोकनको साथै लाटोकोसेरो तथा हुचिलको अस्थायी म्यूजियम पनि निर्माण गरिएको थियो  ।
आयोजकले विद्यालयको खेलमैदानमा लाटोकोसेरो अंकित विभिन्न चित्र र जानकारीमुलक पोष्टर,ब्रोसर प्रदर्शन गर्दै लोपोन्मुख स्थानीय खेलहरू ठेलो, चिल चल्ला, भुरुङ, मौरी बजाउने, एक खुट्टे प्रदर्शनी सहित भजन, पञ्चेबाजा, यानीमाया, लाखेनाच, पुख्र्यौली नाच, सालैजो गाउने र बजाउने लगायतका कार्यक्रमहरू गरेका थिए  ।
वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययनरत विद्यार्थीहरुले लाटोकोसेरो सम्बन्धी सचेतनामुलक गीत र नृत्य प्रस्तुत गरेका थिए  । महोत्सवमा गहुँको छ्वालीबाट, चुराबाट, ढुङ्गाबाट, स्टिलको पाताबाट, लप्सीको दानाबाट तथा माटोबाट बनाइएका लाटोकासेरोसमेत प्रदर्शनीमा राखिएका थिए  ।
आठ प्रजातिको लाटोकोसेरोको आवाज सुन्ने र श्रव्यदृश्य हेर्ने व्यवस्था मिलाइएको थियो  । उत्सवमा सहभागी हुनेको अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचिलको चित्र कुँदेर सचतेना जगाइएको थियो  ।
उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिएको थियो भने त्रिभुवन विश्वविद्यालयअन्तर्गत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमुना पनि प्रदर्शनीमा राखिएको छ  । प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचिलहरूको संरक्षणका लागि उत्सव आयोजना गरेर विश्वभर सन्देश दिन खोजिएको जानकारी दिए  । अवैध व्यापार र चोरी सिकारका कारण सङ्कटापन्न अवस्थामा रहेको लाटोकोसेरो संरक्षणको सन्देश प्रवाह गराउने उद्देश्यले यसअघि नेपालका दश ठाउँमा उत्सव गरिसकेका आचर्यले बताए  । उत्सवमा विभिन्न जातजातिका मौलिक कला संस्कृति र भेषभूषा प्रदर्शन गरी स्थानीय संस्कृतिको संरक्षण पनि उद्देश्य रहेको आयोजकले जनाएको छ  ।
नेपालमा २३ प्रजातिका लाटोकोसेरो पाईने गरेको
भएपनि ,तीमध्ये नौ प्रजाति राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा संरक्षणको सचेतना जगाउन वर्षेनी लाटोकोशेरोको वासस्थानमा पुगेर महोत्सव आयोजना गरेर लाटोकोशेरो संरक्षणमा जागरण ल्याउने गरिएको आयोजक संस्थाले जनाएको छ  ।
उत्सवकै क्रममा चार जना अनुसन्धान र संरक्षणकर्मीलाई जनही रु २५ हजार नगदसहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरीएको छ  । लाटोकोसेरो संरक्षणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भूसंरक्षण विभागले दश वर्षे लाटोकोसेरो तथा हुचिल संरक्षण कार्ययोजना (सन् २०२०–२०२९) लागू गरेको छ  । यस योजनाले लाटोकोसेरो संरक्षण र चोरी सिकार नियन्त्रण हुने विश्वास गरिएको छ  ।

Previous Post

भेडिगोठ खोज्दै चरन खर्कमा प्राविधिकहरु

Next Post

विद्यालय विद्यार्थीहरूलाई बिषादी सचेतना

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
विद्यालय विद्यार्थीहरूलाई बिषादी सचेतना

विद्यालय विद्यार्थीहरूलाई बिषादी सचेतना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In