• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

किसान बजारका विकल्पहरु विस्तार हुँदै

आरसी टाइम्स by आरसी टाइम्स
२३ श्रावण २०७९, सोमबार २२:२९
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
किसान बजारका विकल्पहरु विस्तार हुँदै
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, श्रावण २३
तीन वर्ष पहिले पोखरा महनगरले स्थानीय कृषि व्यवसायलाई प्रवर्धन गर्न र शहरी उपभोक्ता सँग किसानको प्रत्यक्ष सम्पर्कमा कृषि वस्तु कारोवार गर्ने अनुकुलताका लागि शहरका ६ स्थानमा स्थापना गरेका किसान बजारहरु सक्रिय बनाउन पहल थालेको लगत्तै कोरोनाकहरका कारण बजार प्रणाली लथालिङ्ग हुन पुगे  । महानगरका किसान बजार सक्रिय बनाउन किसानहरुलाई विक्रिका लागि ल्याइएको कृषि वस्तुको परिमाणका आधारमा प्रति किलो एक रुपैयाका दरमा प्रोत्साहन पनि दिन थालेको थियो  । हालै मात्र संंघिय कृषि मन्त्रालयले महानगरका कृषि उपजहरुको बजारिकरणका लागि लक्षीत गर्दै कृषि एम्बुलेन्स संचालनमा सहकार्य गर्ने पनि प्रचार गरेको छ  । किसान बजारमा स्थानीय छिमेकी वडाका किसानहरुको उत्पादन नियमित आपुर्ति तथा कारोबार संचालनका लागि महानगरको कृषि बजार ऐन तथा विनियममा तोकिएको मापदण्ड बमोजिम बजार संचालक समिति गठन गरेर संचालन भइरहेको महानगर कृषि महशाखा प्रमुख मनहर कडरीयाले बताए  ।


स्थानीय सरकारको पहलमा चलेका कृषि बजारहरको सबलकिरण पनि चुनौति बनीरहेका बेला पोखरामा निजी कृषकहरुको सक्रियतामा हरेक शनीबर विहान पनि किसान बजार संचालन हुन थालेको छ  । शहरीया कृषि उपभोक्तासँग किसानहरुले सिधै कारोबार गर्ने र विचौलीयाले खाने मुनाफामा किसानकै पहुँच पुर्याउने ध्येयले किसान बजार सञ्चालन गदै आएको बजार संचालिका उषा पौडेल गीरीले जनाएकी छन्  । विगत ६ वर्ष पहिले देखि किसान बजारका रुपमा शनिबारे हाट बजार संचालन गर्दै आएको बजार कृषि सहकारीले सहकारीमा आवद्ध किसानहरुको उत्पादन बजारिकरणका लागि पोखराको रत्नपुरीमा संचालन गर्दै आएको किसान बजार कोरोना कालको बन्दाबन्दीसँगै थला परेको अवस्थालाई पुनःजागरण गर्न मुस्ताङ्गचोक क्षेत्रमा थालिएको गीरीले बताएकी छन्  ।

पोखरामा प्राङ्गारिक उन्मुख कृषि उपज बजारिकरण गर्न उत्सुक किसानहरुको सक्रियतामा सूरु भएको किसान बजार अवधारणा अहिले बिचौलिया हटाउने उपायका रुपमा पहिचान बनाउँदै गएको समिर गूरुङ्गले बताए  । प्राङ्गारिक कृषक समुहका संस्थापक अगुवा रहेका समिरले १५ जना किसानहरुको सक्रियतामा पर्यटकीय बजारहरुमा प्राङ्गारिक उन्मुख तरकारी खान प्रेरित गर्दै बजार अभियान नै चलाएका थिए  । यसै अभियानबाट जुटेका किसान र कृषि बजार संचालकहरुको सहभागितामा मिना गुरुङ्गको संयोजकत्वमा प्रदेशिक प्राङ्गारिक कृषक समूह पनि निर्माण गर्दै सरकारी नीति निर्माणमा सबलीकरण गर्न तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयबाट पनि पहल भएको थियो  ।

दूइवर्ष सम्मको कोरोनाको त्रास हटदै गएपछि तिनै किसानहरुको उत्साहित समुहको सहभागीतामा हरेक शनिबार किसानबजारको नयाँ संस्करण नयाँ ठाउँमा सूरु भएको र किसान तथा संस्थागत व्यापारिक एजेन्सीहरुपनि बस्तु बजारिकण र उपभोक्तासँग प्रत्यक्ष सम्बादमा आउने गरेको किसान बजार व्यवस्थापनका सक्रिय गीरीले बताएकी छन्  । किसानबजारका माध्यमबाट नेपाली रैथाने कृषि उपजहरुको बजार पहुँच र बजारिकरण रणनीति निर्माणमा पनि किसानबजार एउटा ब्राण्ड बन्दै आएको मुना बजारकी व्यवस्थापक सिता पाण्डेले बताइन्  । बजार उपभोक्ताहरुसंगको सक्रिय सम्बादले गर्दा किसानहरुलाई सिजन व्यवस्थाापन गर्दै बजार अनुकुल तरकारी तथा फलफुल उत्पादन गर्न प्रेरित गर्ने पाण्डेको दावी छ  ।

पाण्डेको दावीप्रति सहमती जनाउँदै पोखराको पुम्दी क्षेत्रबाट नियमित किसान बजारमा तरकारी कारोबार गर्दै आएका किसान रामराज बरालले बजारका उपभोक्तहरुकै मागका आधारमा तरकारीका बीउ खोज्दै नयाँ नयाँ तरकारी खेति गर्दै आएको र साप्ताहिक किसान बजारको सहभागीतालाई उपभोक्ताको माग पहिचान गर्ने जुक्तिका रुपमा लिने गरेको बताए  ।


किसानबजारमा अगिल्लो हप्ता उपभोक्ताको गाग अनुसार पछिल्लो हप्तामा कृषि उपज ल्याउन आफुहरु सक्रिय रहेको कृषि उद्यमी मिना गूरुङ्गले बताइन्  । उपभोक्ताकै माग अनुसार सिताके च्याउँ र बाख्राको दुधबाट बनाइएको चीज बजारीकरण र्दै आएकी मिनाले विचौलियाले खाने मोल किसानलाई दिलाउन किसान बजारको महत्व रहेको बताइन्  ।

पोखरामा महानगरकै सक्रियतामा अन्यत्र पनि किसान बजारका मोडल थालीएपनि सफल हुन कठिन भइरहेको छ भने विचौलीया बजारको सञ्जालसँग प्रतिस्पर्धा गर्न र किसानलाई नियमित उत्पादन तथा बजारिकरणमा जुटाउन चुनौतिपुर्ण देखिएको छ  ।

Previous Post

मुस्ताङ्गको स्याउ भाद्र चौथो सातादेखि बजार आउने

Next Post

किसानको साटो कर्मचारीलाई कृषि तालिम

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

किसानको साटो कर्मचारीलाई कृषि तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In