• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि आधुनीकिकरण परियोजनाको मध्यावधि समिक्षाको माग

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०७९, सोमबार २२:५२
in कृषि बजार, के भैइरहेछ, फिचर
0
कृषि आधुनीकिकरण परियोजनाको मध्यावधि समिक्षाको माग
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

 

कृषि आधुनीकिकरण परियोजनाका प्रादेशिक एकाइ तथा साझेदार स्थानीय सरकारका प्रतिनिधिहरुले सुपरजोन परियोजनाको माध्यमबाट प्रादेशिक कृषि विकासमा गरिएको योगदान र आत्मनिर्भरताका क्षेत्रमा पारेको प्रभावका बारेमा समिक्षा गरेका छन्  ।
हालै पोखरामा भएको एक समिक्षामा प्रदेशका ११ जिल्लाका परियोजना एकाइ प्रमुखहरुले गत आर्थिक वर्षमा अनुदान मुलक र प्रविधि हस्तान्तरण मुलक गतिविधिहरुका बारेमा आफ्ना भोगाइ र समस्या प्रस्तुत गरे  ।

पोखरामा भएको समिक्षामा कास्की जिल्ला समन्वय समितिका अध्यक्ष लिलाधर पौडेलले परियोजनाको १० वर्षे लक्षको आधा समय भएकाले मध्यावधि समिक्षाको खाँचो रहेको बताए  । परियोजनाले धेरै क्षेत्रमा हातहाल्नु भन्दा विशेष क्षेत्रमा मात्रै रोलमोडल काम गर्न खोज्नु पर्ने , नाफामुखी बस्तु केन्द्रीत हुनु पर्ने बताए  । परियोजनाले साना किसानलाई समृद्धिमा जोडने प्रयास गर्नु पर्नेमा ठुला किसान खोज्दै हिडेको पौडेलको तर्क थियो  ।

परियोजनाका क्रियाकलापका बारेमा सातै प्रदेशको अवस्था र गण्डकी संगका तुलनाका बारेमा परियोजना केन्द्रका प्रतिनिधि दिवसराज विष्टले प्रस्तुति गरेका थिए  । परियोजनाका विगतका सिकाइमा ५८ करोड बेरुजू देखिएको र अदालती प्रकृयाका कारण किनारा लाग्न बाँकी भएकाले बेरुजुको व्यवस्थापन हुन नसकेको बताएका थिए  ।

समिक्षाका क्रममा जती बढी बजेट उतिबढी बेरुजुको अवस्था देखिएका प्रति सहभागीहरुले सबाल उठाएका थिए  । कस्टम हायरिङ्ग र कृषि यान्त्रीकरणमा तराइका जिल्लाहरु खासगरि झापा, चितवन र बर्दीयामा राम्रो देखिएको विष्टको प्रस्तुति थियो  । परियोजनाको कार्यपात्रो अनुसार क्रियाकलाप गरेको भएपनि किसानहरुका तर्फबाट भुक्तानी दावी गर्ने र कागजात व्यवस्थापन गर्दा असार मसान्तसम्म काम नभ्याइएका अवस्थाले कार्यसम्पादनमा प्रभाव परेको उनको दावी थियो  ।

समिक्षामा कास्कीका समन्वय अधिकारी नवराज बराल, पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीया र कास्कीका पकेट क्षेत्रका गाउँपालिकाका कृषि शाखा प्रमुख तथा परियोजनाका जोन तथा ब्लक क्षेत्रका इकाइ प्रमुखहरको सहभागीता र प्रस्तुति रहेको थियो  ।

फलफुल जातमा कागती, सुन्तला, स्याउका जोन , अदुवा र अलैची जस्ता मसला बालीका बल्क र तरकारी तथा धानका सुपर जोन परियोजना संचालन गर्दै आएको परियोजनाले निर्यातमुखी कफीमा पनि लगानी गरेको र अव ७७ जिल्लाका कृषि विकासका लागि दीर्घकालीन साझेदारका रुपमा परियोजना निरन्तर रहने परिस्थीति बन्न थालेको बताइएको छ  ।

Previous Post

गण्डकी कृषि एजेन्सीहरुको वार्षिक समिक्षा

Next Post

पशुपन्क्षी अस्पताल विकास समिति मोडलमा चलाउन प्रस्ताव

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पशुपन्क्षी अस्पताल विकास समिति मोडलमा चलाउन प्रस्ताव

पशुपन्क्षी अस्पताल विकास समिति मोडलमा चलाउन प्रस्ताव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In