• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि उद्यमको निमित्त भूमिको छनौटका जुक्ति

कृषिवित्त साक्षरता वहस

आरसी टाइम्स by आरसी टाइम्स
३० आश्विन २०८०, मंगलवार १०:११
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विचार
0
कृषि उद्यमको निमित्त भूमिको छनौटका जुक्ति
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter
कुलराज चालिसे 
अगिल्लो अंकको कृषिवित्त साक्षरता वहसमा हामीले वचतको स्रोत सूर्यको किरण र त्यसलाई छोप्न कृषकको भूमिकालाई स्थान दिएका थियौं  ।  वहसको निष्कर्षमा सूर्य स्थिर, धीर र दीप्तिमान छन्, कसैको उपकार गर्न गतिमान हुँदैनन् भनेका थियौ  ।  सूर्यको कृपादृष्टि पाउन ग्रहहरुले सूर्यको परिक्रमा गर्छन्  ।  त्यसमध्य पृथ्वी एक हो र हामी पृथ्वी प्रणालीको शुक्ष्मअङ्ग हौं भनेर संकेत गरेका थियौं  ।  पृथ्वीको सवै भूभागले समानरूपमा सूर्यको दर्शन पाउँदैनन्  ।  गुणस्तरीय सूर्यकिरण प्राप्त गर्ने उत्कृष्ट भूगोल मध्य हिमवतखण्ड हो भनेका थियौं  ।  याहाँको सूर्यकिरणलाई औषधि गुणस्तरको अन्नमा रूपान्तरण गरेर विश्वबजारमा प्रतिस्पर्धा गर्न याहाँको पानी पनि औषधि गुणस्तरको छ  ।  हिमवतखण्डको सवै भूगोलको माटो र पानी समान गुणस्तरको छैन  ।  स्थान अनुसार माटो र पानीलाई औषधि गुणस्तरको अन्न उत्पादन गर्ने पुस्तौली अनुभवबाट निखारीयको परम्परागत प्रविधिको ज्ञान आधुनिक कृषि प्रविधिले समेट्न सकेको छैन पनि भनेका थियौं  ।  वहसको अन्तमा हामीले हाइब्रिड बीउ उत्पादक कम्पनीले सूत्र गोप्य राखे जस्तै जेष्ठनागरिकको मस्तिष्कमा निष्कृय भएका परम्परागत ज्ञानलाई व्यावशायिक सूत्र जस्तै गोप्य राखेर लाभ लिने गोप्य सल्लाह दिएकाथियौ  ।  त्याहा हामीले औषधि गुणस्तरको पानीको उच्चारण मात्र गरेर वहसलाई विश्राम दिएका थियौ  ।  आजको वहसमा हामी पानीमा केन्द्रित हुन्छौ  ।
सघन साधनाको प्रतिफल स्वरूप कसैकसैलाई प्राप्त हुने चमत्कारिक परिणाम बाहेक औषधि गुणस्तरको सूर्यको किरण हिमालयको विशेष पानीको सहारामा हरीयो विरुवाले मात्र गर्न सक्छ  ।  त्यस्तो विशेष पानी आकाशबाट वर्षिने वित्तिकै मलको काम गर्दैन  ।  हिमालयको पानीले खनिज तथा औषधि गुणस्तरका जडिबुटीको सम्पर्कबाट मात्र पोषिलो हुने हो  ।  विरुवालाई चाहिने पोषण जमिन भित्र बस्ने शुक्ष्म जीवाणुले तयार गर्ने हो  ।  रासायनिक मल तथा औषधि छरेको माटोमा त्यस्ता मित्र शुक्ष्मजीव हुँदैन  ।  हिमालयको माटोमा त्यस्ता शुक्ष्मजीव हुन्छ  ।  तिनिहरु हिमालबाट वगेको पानीको संसर्गमा छिटो छिटो वढछन्  ।  पहाडको पानी भित्र रहेका ढुङ्खाहरु चिप्लो हुने कारण त्यही हो  ।  चिप्लो ढुङ्खा भएको नदीको पानी अत्यन्त पोषिलो मानिन्छ  ।  त्यस्तो पानीलाई वगेर खेर जान दिनु हुँदैन  ।  त्यस्तो पानीलाई माटो भित्र नै सुरक्षा गरेर राख्ने हो  ।  उचाई र पानीको गुणस्तरमा सिधा सम्बन्ध हुन्छ  ।  हिमवतखण्डको उचाई घट्दै जाँदा हिमालको पानीको गुणस्तर पनि घटदै जान्छ  ।  हिमालको पानी खँगारेर वेसी झार्दा त्यस्तो पानीमा अनेक रसायन मिसिन पाउदैनन्  ।  त्यसैले हिमालको पानीलाई पाइपको सहारामा पहाडको कुनाकुनामा फैलाउनु पर्छ  ।  त्यस्तो गर्दा हिमालको पानी विरुवाको माध्यमबाट पून आकाशमा फर्केर चक्रमा मिल्छन्  ।  पानीको कणकणले पहाडमा जत्ति धेरै चक्र पुरा गर्छन्, त्यत्ति नै वलीयो हुँदै जान्छन्  ।  क्षारसमुन्द्रबाट हिमालयको यात्रामा निस्केका पानीलाई औषधि गुणस्तरको बनाउन जत्तिसक्दो धेरै पहाडमा चक्राङ्कित गर्ने हो  ।
हाम्रो शरीर नशैनशाको जालो हो  ।  कपाल देखि नङसम्म विस्तारित सानासाना नशामा वग्ने रगतले शरीरलाई जिवित राख्छन्  ।  जुनजुन नशामा रगत वग्दैन, त्यस पछिको शरीरको अङ्ग मृत हुन्छन्  ।  त्यसैलाई हामी रोग भन्छौ  ।  हाम्रो शरीरको रक्तप्रणाली जस्तै पृथ्वीको पनि नदीप्रणाली छ  ।  हामीले नाङ्गो आँखाले देखेको नदी मात्र नदी होइनन्  ।  पृथ्वीको सतह भित्र फैलीयको शुक्ष्मनदीले माटोको कणकणमा घुम्ने प्रणाली पनि नदी हुन्  ।  त्यस्तो नदीप्रणाली उपभोग गर्ने अग्राधिकार विरुवालाई हुन्छ  ।  शुक्ष्मनदीको क्षमता भन्दा बढी भएको पानी सतहको नदीमा वग्छन्  ।  नदीमा वगेको पानीको अग्राधिकार शुक्ष्मनदी प्रणालीलाई चक्रमा मिलाउने शुक्ष्मजीव र कृषकको हुन्छ  ।  त्यस्ता शुक्ष्मजीव र कृषकको अधिकार खोसेर जलविद्युत उत्पादनमा उपभोग गर्नु उद्यमीपन हुँदैन  ।  शुक्ष्मजीव र कृषकको अधिकार खोसेर उत्पादन भएको उर्जा उपयोग गरेर जत्ति नै उत्पादन गरेपनि डकैती हो  ।  त्यस्तो उत्पादनबाट लक्ष्मी खुसी हुँदिनन्  ।  श्रीलक्ष्मीलाई खुसी राख्न पहाडको चिस्यान कायम राख्नु पर्छ  ।  हामीले सीतायण वहस यसै उद्देश्यले गरेका थियौ  ।  सिक्का पैसाको वचत गर्ने ठाउँ बैंक हो भने थोपा पैसाको वचत गर्ने ठाउँ माटो हो  ।  यस मानेमा
उद्यमी कृषकको प्रथम बैंक माटो हो  ।
कृषि उद्यम छनौट गर्दा सर्वप्रथम भूमिको पहिचान गर्ने हो  ।  भूमिको चयन गर्दा पानीको गुणस्तर हेर्न हामी चुकेका हुन्छौ  ।  अहिले त कृषि उद्यम गर्न सम्म परेको स्थानमा गहिरो माटो भएको क्षेत्र छनौट गर्नुपर्छ भन्ने छैन  ।  प्रविधिले माटो रहित वा थोरै माटोमा पनि खेति गर्न सकिने बनाएको छ  ।  पछिल्लो चरणमा लोकप्रीय बन्दै गएको कौशीखेती यस्को ज्वलन्त उदाहरण हो  ।  कौशी प्रणालीमा माटो र पानीको गुणस्तर नियन्त्रण गर्न सजिलो हुन्छ  ।  त्यही सिद्धान्त पत्थरमाथीको भिरालो भूगोलमा पनि लागु गर्न सकिन्छ  ।  प्रविधिले कृषि उद्यम गर्न जमिनमा लगानी गर्ने बाध्यता घटाईदिएको छ  ।  अहिलेको बजारमूल्यमा जमिन उपर धेरै लगानी गर्नु मूर्ख निर्णय हुन्छ  ।  जमिनमा गर्ने लगानी प्रविधिमा गर्ने हो भने हरेक थोपा पानीलाई उत्पादक बनाउन सकिन्छ  ।  हामीले इजरायलले अपनाएको कृषि प्रणालीलाई अनुकरण गरेर माटोको कण र पानीको थोपा गणना गर्न सिक्नुपर्छ  ।  त्यत्ति गरेमा पहाडको हरेक थोपाले गुणस्तरीय सौर्यउर्जालाई औषधि गुणस्तरको अन्नमा परिणत गरेर विश्वबजारमा प्रतिश्पर्धा गर्न सकिन्छ  ।  त्यसैले सिमित क्षेत्रफल भयपनि गुणस्तरीय पानीको नजिकको भूमि छनौट गर्नुपर्छ  ।
हाम्रो वहस पानी तथा पर्यावरणीय कृषि भन्दा कृषि वित्तमा लक्षित छ  ।  हाम्रो प्रयास लगानीको निमित्त परियोजना पहिचानमा केन्द्रित छ  ।  कृषि उत्पादनमा बढेको व्यापार घाटा र भारतीय बजारमा बढदै गरेको औषधि गुणस्तरको अन्नको मागलाई दृष्टिगत गरेर कृषि परियोजनामा लगानी गर्ने उपयुक्त बेला यही हो भनेका थियौ  ।  कृषि उद्यम संचालन गर्न भूमिको आधार त लिनै पर्छ  ।  भूमिको छनौट गर्दा भिरालो र पत्थरिलो नै किन नहोस् चिप्लो ढुङ्गा भएको खोला निकटको भूमि छनौट गर्नु पर्छ  ।  भूमिको उत्पादकत्व माटोको गहिराई र समथर भूगोल भन्दा सूर्यको किरण र पानीको गुणस्तर हेरेर गर्नु पर्छ  ।
Previous Post

कृषि एम्बुलेन्सको प्रभावः टोल–टोलमा संकलन केन्द्र

Next Post

चाडवाडको बेलामा मासुको परिकार सेवन गर्दा कम्तिमा पनि निम्नानुसारका कुराहरुमा ध्यान दिनुहुन अनुरोध

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
चाडवाडको बेलामा  मासुको परिकार सेवन  गर्दा कम्तिमा पनि निम्नानुसारका कुराहरुमा ध्यान दिनुहुन  अनुरोध

चाडवाडको बेलामा मासुको परिकार सेवन गर्दा कम्तिमा पनि निम्नानुसारका कुराहरुमा ध्यान दिनुहुन अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In