• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि उपज थोकबजारको स्थापना दिवस

आरसी टाइम्स by आरसी टाइम्स
४ बैशाख २०८१, मंगलवार १७:४७
in कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कृषि उपज थोकबजारको स्थापना दिवस
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, बैशाख ४
पोेखराको शान्तीवन बाटीकाममा संचालनमा रहेको कृषि उपज थोक बजारले हालै आफ्नो स्थापनाको २५ औ वर्ष कार्यक्रम गर्दै विभिन्न योगदान कर्तालाई सम्मान गरेको छ  ।
पोखराको शान्ती वन बाटीका निकट ४६ रोपनि जग्गामा फैलिएको कृषि बजारमा १५० व्यवसायिक स्टलले कृषि जन्य कारोबार गर्दै आइरहेका छन्  । पोखरा नगर विकास समितिको जग्गामा २०५७ सालमा नेपाल सरकारको बृषि विभाग अन्तरगत बजार विकास निर्देशनालयको अगुवाई र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा निर्माण गरिएको उक्त बजार २ करोड ७६ लाख लगानीमा निर्माण गरिएको बजार संचालक समितिका अध्यक्ष नवराज दुवाडीले जनाएका छन्  ।
२५ वर्ष पूर्व स्थापना गरिएको कृषि बजारमा हाल १५० सटर स्टल मध्ये फलफुल कारोबारका ६२ वटा, तरकारी कारोबारका ६३ वटा , आलु प्याज कारोबारका र किसान स्टल ११ वटा रहेका छन्  । यसै गरि किसानहरुका लागि बनाइएको सामुहिक बारोवार स्थलमा ७३ वटा स्टल संचालनमा छन्  ।
बजारमा १० जना कर्मचारी कार्यरत रहेको र हरेक महिनाको अन्तीम शनिबार बजार बन्द रहदै आएको छ  ।
बजारमा हरेक दिन करिव १ हजार देखि १ हजार २ सय सम्मले कारोवार गर्दै आएको बजारमा कृषि उपजको आपुर्तिको सबालमा आन्तरिक ४० प्रतिशतले धानेको र ६० प्रतिशत बाह्य आपुर्तिको निर्भर हुनु परेको बजारका अध्यक्ष दुवाडीले जनाएका छन्  ।
बजार स्थापनाको २५ वर्षको अवसरमा पुर्व अध्यक्ष, किसान र व्यवसायीहरुलाई पोखरा महानगर प्रमुख धनराज आचार्यले सम्मान गरेका छन्  । यसरी सम्मान पाउने पुर्व अध्यक्ष छेवाङ तामाङ , कमल पौडेल , रामकृष्ण दवाडी , जिबन घिमिरे , दयाराम नेउपाने, कर्ण गिरि (मरणोपरान्त) , रुद्र खनाल (मरणोपरान्त) रहेका छन्  । यसै गरि सम्मानीत हुने किसानहरुमा उजिर ब बुढाथोकी , पदमराज पौडेल र मिना पराजुली रहेका छन्  । बजारले व्यवसायी तर्फका ३ जना निर्मल कुमार बास्तोला , राधिका थापा, दुर्गाप्रसाद श्रेष्ठलाई पनि सम्मान गरेको छ  । बजारको २५ वर्षे सेवामा निरन्तर रहेका कर्मचारी द्धय मनोज कुमार ढुंगाना र रुपा कुमारी दाहाललाई पनि सम्मान गरेको छ  ।
बजारको स्थपना दिवसमा कृषि विभागको बजार विकास निर्देशनालयका प्रतिनिधि, प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कास्की तथा पोखरा महानगर आर्थिक विकास महाशाखाका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका छन्  ।

Previous Post

पोखरामा कृषि जैविक विविधता सम्मेलन

Next Post

अवैध पशु स्वास्थ्य प्राविधिकलाई बैधानिक परिषदमा ल्याउन पहल

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
अवैध पशु स्वास्थ्य प्राविधिकलाई बैधानिक परिषदमा ल्याउन पहल

अवैध पशु स्वास्थ्य प्राविधिकलाई बैधानिक परिषदमा ल्याउन पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In