• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि एम्बुलेन्सको परिक्षणले आशा जगायो

आरसी टाइम्स by आरसी टाइम्स
७ श्रावण २०८१, सोमबार ११:३५
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
कृषि एम्बुलेन्सको परिक्षणले आशा जगायो
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
 पोखरा, श्रावण ७
पोखराको  शहरी उपभोक्ता र स्थानीय किसानका बिचको दिगो कृषि सम्बन्धका लागि सञ्चालनमा ल्याइएको कृषि एम्वुलेन्स सेवाले महानगरका साना किसानहरुमा आशा जगाएको पाइएको छ  ।  गत आर्थिक वर्षमा परिक्षणका रुपमा सञ्चालन गरिएको कृषि एम्वुलेन्स सेवाले एक वर्षको अभ्यासमा स्थानीय किसानहरुको कृषि उपजसंकलन पात्रो नै बनाएर उपज संकलन तथा र बजारिकरणमा उपभोक्ता समेतलाई बजार केन्द्रहरुमा आकर्षण गर्न प्रेरीत गरेको पाइएको छ  ।
गत आर्थिक वर्षमा पोखरा महानगरका रैथाने किसान परिवारलाई परिचालन गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणका हुन सक्ने प्रयासहरुमा महानगरीय कृषि महाशाखाले विभिन्न व्यवस्थापकिय अभ्यासहरु परिक्षण गर्ने क्रममा कृषि ऐम्बुलेन्स सेवाको परिक्षण गरेको थियो  ।
 किसान र प्रविधि पहुँच तथा सेवा विस्तारका लागि एक वडा एक कृषि सञ्जालको अवधारणा प्रयोगमा ल्याएको महानगरले किसानहरुको सञ्जालीकरण गर्न सफलता पाएको र किसानहरु आफना माग र गुनासाहरु संगठित रुपमा महानगरीय सरकारमा पुर्याउन सहज भएको अनुभव गरेका  किसानहरुले एम्बुलेन्सको आउने समय तालिकाका आधारमा आफना उपजको संकलन र नगदै बजारिकरण गर्न पाएकोमा खुशी प्रकट गरेका छन्  । वर्षादका कारण बाढी पहिरोले रोकिएर तराइबाट तरकारी आपुर्ति कम भएकोबेलामा तरकारीको मुल्य आकाशीने पोखरा शहरमा यसपालिको वर्षामा किसानहरुले उच्च बजार मुल्य पाएर तरकारी खेतिमा उत्साहित भएको र नियमित संकलन पात्रोको पालना गर्ने अभ्यास थालेको पाएको छ  ।
महानगरका यो परिक्षणको क्रममा पोखराका स्थानीय किसानहरुलाई करिव ८० लाख बराबरको नगद हस्तान्तरण गरेको महानगरका एम्बुलेन्स चालक तथा किसानबजारका व्यवस्थापक बिकास ठकुरीले जनाएका छन्  । पोखरा शहरमा पहुँच कमजोर रहेका वडा २२ पुम्दी भुम्दी र  वडा २८ माझठानाका किसानहरुले यो परियोजनाका कारण घरपायकमा तरकारी उत्पादन र बजारिकरण तथा बजारका उपभोक्ताको रुची र संकटका बेला गाउामा खेरा जाने तरकारी जन्य उपजलाइ नगदमा साटन पाएका छन्  । महानगरको कृषि महाशाखाले कृषि एप नै बनाएर कारोवारको कम्प्युटर अभिलेख नै बनाएको छ  । महानगरले यो परियोजनाको लागत विश्लेषण गरेर सार्वजनिक समिक्षा र परिक्षणको प्रयास त गर्न सकेको छैन  । तर बजारको मागको चाप र किसानको उत्पादनको चापको सन्तुलन प्रणालीले निर्माण गर्ने दबाबका बलमा यो परिक्षण सफल र आशा जगाउने देखिएको छ ।
Previous Post

कृषि सेवा प्रदायकहरुमा सार्वजनिक सुनुवाइ सूरु

Next Post

कत्ले किराले सुन्तला बगान कालै 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कत्ले किराले सुन्तला बगान कालै 

कत्ले किराले सुन्तला बगान कालै 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In