• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि गणनाको संकेतः पारिवारिक कृषि घट्दै र व्यवसायिक फार्म बढ्दै

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २३:२३
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

ज्ञानु पंगेनी/आरसी टाइम्स
नवलपुर, आषाढ ६

कृषि कार्यगर्ने परिवारहरुको सर्भेक्षणमा हालै सम्पन्न कृषि गणना कार्यक्रमले विभिन्न जिल्लामा पारिवारिक रुपमा कृषिमा सहभागीता
राख्नेहरुको आँकडा घटदै जानलागेको संकेत देखाएको छ । हालै नवलपुरमा गरिएको स्थलगत तथ्याङ्कले पनि कृषि चलन घटेको देखाएको छ ।

जिल्ला कृषि गणना कार्यालय नवलपुरकी कार्यालय प्रमुख रेनु घिमिरेले कृषि गणना कार्यको तथ्याङ्क सार्वजनिक गर्दै सो कुरा जनाएकी हुन । ६ महीनाको अवधिमा दुई सयभन्दा माथि सङ्ख्यामा कृषि चलन घटेको पाइएको उनले बताइन् । जनगणनाको तथ्याङ्कमा कृषिमा सहभागी परिवारको आँकडा २५ हजार ८ सय ८१ थियो । तर , भर्खर सम्पन्न कृषि गणनाका क्रममा सो सङ्ख्या घटेर २५ हजार ६ सय ५५ भएको छ । यसरी हेर्दा २२६ ले घटेको देखिएको घिमिरेले बताइन् ।

कार्यालय प्रमुख घिमिरेका अनुसार कृषि गणनाका क्रममा घट्नुको कारण बसाइसराइ र बजार क्षेत्रमा भइरहेको घर निर्माण कार्य देखिएको छ । पहाडमा बसोबास गर्नेहरू कतिपयको बजारमा पनि बसोबास हुने गरेको र जनगणनाको समयमा ग्रामीण वस्तीमा पुगी कृषिमा संलग्न रहेको बताउने परिवारले जेष्ठ महिनामा भएको कृषि गणनाको समयमा बजार क्षेत्रमा त्यहाँ बसोबास गर्न थालेको पाइएको छ ।

नवलपुरको कावासोती लगायतका बजार क्षेत्रमा जनगणनाका समयमा कृषिकर्म गरेका जमिनमा अहिले घर बन्न थालेको ले पनि कृषि कर्म प्रति पारिवारिक सहभागीता घट्दै गएको पाइएको छ । परिवारिक रुपमा कृषिमा सहभागीताको आाकडा घटेको देखिएपनि व्यवसायिक रुपमा कृषि कर्म गर्ने फार्महरुको संख्या भने थपिएको छ । छ महिना पहिलेको जनगणनामा ७५वटा रहेको कृषि फार्म संख्या अहिले बढेर १०० पुगेको घिमिरेले बताएकी छन् । वृद्धि हुनेमा आमा समूह र कृषि समूहबाट सञ्चालित कृषि फर्महरू रहेको उनको भनाई छ । कृषि गणना कार्य अन्तरगत जिल्ला कृषि गणना कार्यालयले जिल्लामा कृषि चलन केकति घट्यो, बढ्यो ?
मल बीउ सिँचाइबाट किसान सन्तुष्ट छन छैनन् जस्ता विषय हेर्ने त्यसबाहेकका अन्य तथ्याङ्क केन्द्रिय तथ्याङ्क कार्यालयले नै निकाल्ने उनले जानकारी दिइन् ।

कृषि गणनाका क्रममा गणकहरू किसानको घरघरमा पुग्दा मल बीउ समयमा पर्याप्त मात्रामा नपाएको सिँचाइको सुविधा नभएको किसानले गुनासो गरेको पाइएको छ । किसानले पाउने अनुदान वास्तविक किसानले नपाएको गुनासो समेत धेरै सुनिएको पनि बताइएको छ । कतिपय किसान धेरै रुष्ट समेत देखिउको र किसानहरू राज्यसँग सन्तुष्ट छैनन् भन्ने कृषि गणनामा देखिएको छ ।
कृषि गणनाबाट जिल्लामा ३८ सय २९ घरधुरीको पूर्ण लगत संकलन भएको छ । जिल्लामा रहेको आठ वटा पालिकाको १५५ ओटा गणना क्षेत्रमा गरिएको लगत सङ्कलनबाट उक्त तथ्याङ्क आएको बताइएको छ । गणकले भरेका प्रश्नावलीका आधारमा आउने सबै प्रकारका तथ्याङ्क आउन भने, केही महिना लाग्ने र असोज मसान्तभित्र प्रारम्भिक तथा मंसिर मसान्तभित्र पूर्ण तथ्याङ्क आउने उनले बताइन् ।

गत बैशाख ६ गतेदेखि जेठ १९ गते ४५ दिनसम्म गणकहरू घरघरमा पुगेर तथ्याङ्क संकलन गरेका हुन् । ५५ गणक र १४ जना सुपरीवेक्षक कृषि गणनाका लागि खटिएका थिए । नवलपुरमा आठ पालिकाहरूमा गणना क्षेत्र कावासोतीमा २४, देवचुलीमा २२ , गैँडाकोटमा २१ , मध्यबिन्दु २३ , विनयी त्रिवेणीमा २० , हुप्सेकोटमा १५ , बौदीकालीमा १३ र बुलिङटारमा १७ कायम गरिएको थियो ।
यस गणना यो पटकको सातौँ  र संघीयता आएपछिको पहिलो हो । कार्यालय प्रमुख घिमिरेका अनुसार कृषि क्षेत्रको नीति निर्माण ,
योजना तर्जुमा , कार्यान्वयन , अनुगमन तथा मूल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्कहरू प्राप्त गर्ने उद्देश्यका साथ कृषि गणना कार्य २०१८ सालदेखि १० – १० वर्षको अन्तरालमा केन्द्रिय तथ्याङ्क विभागले गर्दै आइरहेको छ ।

यसैबीच जिल्ला कृषि गणना कार्यालय बन्द गरिएको छ । कृषि गणनाको कार्य सम्पन्न भएसंगै जेठ मसान्तदेखि कार्यालय बन्द भएको हो ।

Previous Post

उन्यु प्रजातिको निउरो जंगली तरकारीको श्रोत

Next Post

कृषक पाठशाला सम्पन्न

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषक पाठशाला सम्पन्न

कृषक पाठशाला सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In