• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि परियोजना छनौटका प्रेरक सबाल

कृषिवित्त साक्षरता वहस

आरसी टाइम्स by आरसी टाइम्स
९ आश्विन २०८०, मंगलवार १४:१५
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो, विचार
0
कृषि परियोजना छनौटका प्रेरक सबाल
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कुलराज चालिसे
गतहप्ता हामीले नेपालको कृषि निर्वाहलयबाट क्रमशः व्यावशायिकलयमा प्रवेश गर्ने तर्क प्रस्तुत गरेका थियौ । बजार प्रतिस्पर्धाको दौडमा सुरुमा हिंडेकाले विजय प्राप्त गर्ने सिद्धान्त पनि छदैछ  । गाउँको जग्गा बाँझो पल्टीएको र जग्गाको मालिक बसाई सरेको अवस्थामा उनिहरूलाई पनि लगानीकर्ता बनाएर कृषि कम्पनी खोल्दा पछि प्रवेश गर्नेलाई भन्दा जमिनको जोहो मिलाउन सजिलो हुन्छ भन्ने हाम्रो तर्क थियो । यो हप्ता कम्पनीले कस्तो परियोजना छनौट गर्ने भन्ने तर्क प्रस्तुत गर्छाै  ।

कृषिको होस् वा औद्योगिक, परियोजना छनौट गर्दा आन्तरिक र बाह्य वातावरणको लेखाजोखा प्रथम आवस्यकता हुन्छ । कसैले आप्mनो उत्पादन बेच्न वा सरकारी तथा गैह्र सरकारी सस्थामा सेवारत कर्मचारीले आप्mनो जागिर बचाउन उचालेकै भरमा कृषि उद्यममा प्रवेश गर्ने कुरा हुँदैन । उनिहरू त सरकारी अनुदानलाई कृषक भन्दा आप्mनै हितमा उपयोग गर्ने उद्देश्यले परिचालित भएका पनि हुन सक्छन् । त्यसैले आन्तरिक तथा बाह्य वातावरणको लेखाजोखामा उनिहरूको सल्लाहमा पूर्ण निर्भर हुनुहँदैन  । कृषि भनेको श्रममुलक व्यावशाय हो  । कृषि उपकरणले त श्रम व्यवस्थापनमा सहजिकरण गर्ने मात्र हो  । त्यस्तो उपकरणको प्रयोग गर्न मिल्ने जमिन, उपकरण प्रयोग गर्ने सिप तथा उपकरणको मर्मतसम्हारको व्यवस्थालाई लेखाजोखा गरेर उपकरण छनौट गर्ने हो  । सामाजिक सञ्जालको माध्यमले गर्दा आजभोली कृषिमा अन्वेषण र अन्वेषणको प्रसारलाई तिव्र बनाएको छ  । कृषि प्रविधिको पूर्ण परिक्षण नगरी हतारमा प्रविधि प्रसार गर्ने गरेको पनि पाईएको छ  । त्यस्ता अन्वेषणहरू अवसर र जोखिम दुवै हुन सक्छन्  । त्यसैले लगानीकर्ताहरूले कृषि प्रविधिमा भएका परिवर्तन र त्यस्ता प्रविधिको स्थानीय परिवेषमा कार्यान्वयन गर्ने सम्भावना उपर भरपर्दाे कृषि प्राविधिकहरूसंग गहन छलफल गर्नुपर्छ  । त्यसपछि श्रमिकको उपलब्धतालाई लेखाजोखा गर्नुपर्छ  । श्रमिकको संख्याा गनेर हुँदैन  । अदक्ष श्रमिकले काममा सघाउन भन्दा दक्ष श्रमिकलाई पनि काम बढाई दिन्छन् । पहाडी भूगोलमा कृषि वातावरणमा अत्यधिक विविधता हुन्छ । गह्रा गह्रामा पनि विविधता हुन्छ । त्यसैले त्याहा सिपको साथमा अनुभवको पनि खाँचो हुन्छ । नयाँ श्रमिकमा अनुभवको अभाव हुन्छ । त्यसमाथि वैदेशिक रोजगारीको निमित्त भिजा कुरेर बसेको श्रमिकले त्यस्तो सेवा दिन सक्दैन  । उनिहरू सहायक श्रमिक हुन सक्छन्, श्रमिकको अगुवा बन्न सक्दैनन्  । बाह्य वातावरणको लेखाजोखा गर्दा सर्वप्रथम हेर्ने बुदा नै अनुभवी श्रमिकको आपूर्ति हो  ।

हालै प्रकाशित कृषि गणनाको नतिजा हेर्ने काम छिमेकी देशका व्यापारीले पनि गरेका हुन्छन्  । हाम्रो भूगोलको तुलनामा उनिहरूको भूगोलमा कृषि उत्पादन गर्न कम खर्च लाग्छ  । उनिहरूको सरकार पनि वलयिो छ र कृषि श्रमिकको उपलब्धता पनि हाम्रो भन्दा राम्रो छ । हाम्रो बजारमा उनिहरूको उत्पादनले मूल्यमा सहजै प्रतिस्पर्धा गर्छन्  । हाम्रा उपभोक्ताको स्वास्थमा उनिहरूको चासो हुँदैन  । त्यसैले अत्यधिक रसायन प्रयोग गरेर पनि सस्तो उत्पादन बजारमा पठाउँछन् । कृषि उत्पादनको गुणस्तर नाप्ने हाम्रो प्रणाली एकदम कमजोर छ  । हामीले गुणस्तरमा प्रतिस्पर्धा गर्ने हो, मूल्यमा सक्दैनौ  ।

उत्पादन, प्रशोधन र वितरण व्यवस्था मात्र नभएर कृषिमा उपभोगलाई समय सिमाले चुनौति दिन्छ । औद्योगिक उत्पादन जस्तो सतही व्यवस्थापनले कृषिको चक्र पूर्ण हुँदैन  । उत्पादनमा सकृय उद्यमीले प्रशोधन र वितरणमा समन्वय गर्ने मात्र हो, आँफै संलग्न हुन भ्याउदैन  । एकदुई कुइण्टल उत्पादन संकलन गर्न कृषि मध्यस्तले लामो र द्रुत यात्रा गर्न सक्दैनन् । कृषि उत्पादनमा भन्दा धेरै समय सिमाको जोखिम कृषि उपज संकलन, प्रशोधन र वितरण व्यवस्थापनमा हुन्छ  । त्यसैले कृषक र उपभोक्ता विचमा धेरै मूल्यान्तरण हुन्छ  । कृषकले थोरै पाए उपभोक्ताले धेरै तिरे भनेर उफ्रिदैमा यस्तो जोखिमको व्यवस्थापन हुदैन  । जोखिममा खेल्नेले नै मुनाफा कमाउने हो  । जोखिम नभएको क्षेत्रमा लगानी गर्ने धेरै हुन्छन्  । अहिले लगानी गर्ने क्षेत्र भनेको त्यही जोखिम व्यवस्थापनमा हो  ।

अहिलेको राजनैतिक व्यवस्थामा सवैभन्दा लाभान्वित तह भनेको स्थानीय पालिकाहरू हुन्  । पहिलाको तुलनामा उनिहरूसंग धेरै बजेट छ र अधिकार सम्पन्न छन् । लगानीकर्ताले कृषि उद्यममा लगानी गर्न प्रदेश र संघीय सरकारलाई गुहार्न भन्दा स्थानीय सरकारलाई घचघच्याउदा परिमाण उत्पादक हुन्छ  । उनिहरूलाई उत्पादनमा भन्दा जनस्वास्थमा ध्यान दिएर उपभोक्ता हकहितमा परिचालन गराउन दवाव दिदा कृषि बजारमा मूल्य भन्दा गुणस्तर निर्णायक हुन्छ । त्यस्तो अवस्थामा विदेशका व्यापारीको त कुरै छाडौ बाह्य जिल्लाका उत्पादन पनि स्थानीय बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् । कृषिमा लगानी गर्न तत्पर संगठित सस्थाले कृषि उत्पादन प्रकृयाको गुणस्तर अनुगमन र उत्पादन प्रमाणिकरणमा स्थानीय पालिकाले लगानी गर्न दवाव दिदा आप्mनो उत्पादनको बजार प्रवद्र्धन हुन्छ । कृषि उत्पादन प्रकृयामा अनुदानको व्यवस्थाले कृषि सेवा प्रदायक सरकारी अड्डाका कर्मचारी भ्रष्ट भएर झोले कृषकले लाभ उठाउने जोखिम हुने अनुभव हामी सवैले गरेका छौ ।

अनुदान व्यवस्थाले कृषिक्षेत्रमा दिगो विकास हुन सक्दैन रहेनछ भनेर सवैले अनुभव गरेका छन् । अनुदान कार्यान्वयन गर्दा कृषि प्राविधिकको उत्पादक उपयोग हुने रहेनछ  । उनिहरूको तलवभत्तामा हुने खर्च कृषि उत्पादन प्रकृयाको गुणस्तर अनुगमन तथा प्रमाणीकरणमा केन्द्रित गराउने हो भने कृषि बजार गुणस्तर केन्द्रित हुन्छ । वैदेशिक रोजगारीबाट बढेको उपभोक्ताको क्रयशक्ति र सामाजिक सञ्जालले बढाएको गुणस्तर जागरणले अव कृषिक्षेत्रमा हुने सरकारी लगानी अव गुणस्तर अनुगमनमा हुने सम्भावना अनुमान गर्न सकिन्छ  ।

कृषिमा लगानी गर्ने संगठित सस्थाले ग्रामिण कृषकलाई समेत शेयर वितरण गरेर कृषि संकलन तथा प्रशोधन क्षेत्रमा लगानी गर्दा दिगो मुनाफा उन्मुख हुन सक्छ  । उत्पादन प्रकृयाको गुणस्तर अनुगमन तथा प्रमाणीकरणमा स्थानीय पालिकाले लगानी गर्ने प्रस्ताव प्रदेश तथा संघीय सरकारलाई दिदा ससर्त अनुदानको सम्भावना वढी हुन्छ । यस मानेमा स्थानीय पालिकाहरूले उत्पादक भन्दा उपभोक्ता हितमा केन्द्रित भएर कृषिक्षेत्रको योजना तर्जुमा गर्न दवाव दिने वेला अहिले नै हो  ।

 

Previous Post

कृषि परियोजना संचालकले गरे सामाजिक परीक्षण 

Next Post

कृषकद्धारा प्रविधिमैत्रि कृषि अवलोकन

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषकद्धारा प्रविधिमैत्रि कृषि अवलोकन

कृषकद्धारा प्रविधिमैत्रि कृषि अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In