• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि प्रणालीमा विकृति बढनाले मह उत्पादन घटदै आएको किसानको गुनासो

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १४:१९
in फिचर
0
कृषि प्रणालीमा विकृति बढनाले मह उत्पादन घटदै आएको किसानको गुनासो
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

 

ज्ञानु पंगेनी/आरसी टाइम्स
नवलपुर, पौष ५


नगदे कृषि उद्यमका रुपमा पहिचान बनाएका मौरी पालनमा लागेका नवलपुरका किसानहरु पछिल्लो केही वर्षयता मह उत्पादनमा कमि आउन थालेपछि चिन्तित बनेका छन्  ।
पछिल्लो तिन वर्ष यता मह उत्पादन ह्वात्तै घटेको नवलपुरका किसानको भनाई छ  । मह राम्रो उत्पादन हुने समयमा नै मह उत्पादनमा ह्रास आएपछि मर्कामा परेको किसानको गुनासो छ  ।
कावासोतीमा विगत २० वर्षबाट मौरीपालन व्यवसाय गर्दै आएका चण्डीका लामिछानेका अनुसार विगत केही वर्षबाट महको उत्पादनमा निकै ह्रास आएको छ  । नेपाल मौरी पालक किसान महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष समेत रहेका किसान लामिछाने विगत तीन वर्ष यता त मह उत्पादनमा पचास प्रतिशतजति नै ह्रास आएको बताउँछन्  ।
लामिछानेका अनुसार मह उत्पादनमा ह्रास आउनुको धेरै कारण छन्  । जसमध्ये प्रमुख कारण भनेको पछिल्ले समय कृषिमा प्रयोग हुने आधुनिक उपकरण र विषादी हो  । पहिले खेती लगाउँदा एउटै सिजनमा पनि धेरैथरीका बाली लगाउने प्रचलन थियो  । गहुँमा पनि तोरा, छर्ने, मसुरो तोरी संगै छर्ने गरिन्थ्यो  । आलस तोरी पनि संगै छरिन्थ्यो  । यसरी छर्दा एकै पटकमा बाली स्याहार्न मिल्थेन  । एकथरी स्याहारेर अर्को हुन्थ्यो, जसले गर्दा फुल फुल्ने समय फरक फरक हुन्थ्यो  । मौरीले लामो समयसम्म फुलको रस पाउथेँ र मह पनि उत्पादन राम्रो थियो  । तर, अहिले आधुनिक उपकरणको प्रयोगले किसानले यसरी बाली लगाउन छाडे, प्राय एउटै बाली लगाउछन्  । मेसीनबाट बाली स्याहार्दा धेरै बाली स्याहार्न मिल्दैन्  । त्यसैले एकै पटक लगाउने र एकै पटक स्याहार्ने गर्दा मौरीले फुलको रस निश्चित समयसम्म मात्रै पाउछन्  । जसका कारण मह उत्पादनमा ह्रास आएको लामिछानेले बताए  । अर्को विषादीको बढ्दो प्रयोग कारण भएको किसानले बताएका छन्  । विषादीयुक्त बालीबाट मौरीले फुलको रस लिदा मौरीको मृत्यु हुने, रोगी हुने समस्याले गर्दा मह उत्पादन घटेको उनी बताउँछन्  ।

 


लामिछानेले २०५८ सालमा पाँच घारबाट मौरी पालन व्यवसाय सुरु गरेका हुन  । उनीसँग अहिले ३ सय घार मौरी छन्  । चारजनालाई रोजगारी समेत दिएका छन्  । आठदश वर्ष अघिसम्म एक घारमा पचास—साठी केजीसम्म मह उत्पादन हुने गरेको अनुभव उनले सुनाए  । तर, अहिले ह्वात्तै घटेको र एक घारमा पाँचदश केजी पनि मुस्किल पर्न थालेको उनले बताए  ।
लामो समयदेखि मौरी पालनमा आबद्ध भएकाले लामिछानेसंग विगतदेखी अहिलेसम्मका धेरै अनुभव छन्  । पछिल्लो केही वर्ष यता नेपालमा आधुनिकताको हावी भएपछि धेरै रैथाने बोट बिरुवा र वाली लोप भएका छन्  । भने, कतिपय लोप हुने अवस्थामा छन्  । मह उत्पादनमा टेवा पु¥याउने त्यस्ता बोट बिरुवा लोप हुँदै जाँदा मौरी पालक किसान धेरै मारमा परेको उनको अनुभव छ  । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, धनीया, ज्वानो, मेथी, चिउरी जस्ता मौरीले रस पाउने बोट बिरुवा लोप हुने, खेती गर्न छाड्ने गरेका कारण पनि मह उत्पादन घट्दो अवस्थामा आएको लामिछानेले बताए  । विषेश गरेर तोरी खेतीमै मात्रै पछिल्लो समय मौरी पालक किसान निर्भर हुनु परेको छ  । तोरी हिउँद महिनाको निश्चित समय कात्तिक, मंसिर र पुस महिनामा मात्रै हुने हुँदा किसान तोरीको फुलमा एक सिजन मात्रै भर पर्नु परेको छ  । ‘तोरी बाहेकका अन्य हाम्रा रैथाने बोट बिरुवा अन्य सिजनमा पनि फुल्ने गर्छन्  । तर, ती बोटबिरुवाको खेती हुनै छाड्यो  । भएका पनि मासिन थाले त्यसैले अन्य सिजनमा चिनीमा भर पर्नुपर्ने अवस्था आयो  । ’ लामिछानेले भने  । चिनी महङ्गो पर्ने हुँदा कतिपय किसानले मह नै उत्पादन गर्दैनन्  ।


देवचुलीका अर्का किसान राजेन्द्र रावलको गुनासो पनि उस्तै छ  । विगत २५ वर्षदेखि देवचुली ९ विशालटारमा मौरीपालन व्यवसाय गर्दै आएका रावलले एउटा घारबाट सुरु गरेको व्यवसाय अहिले एक सय घार पुगेको छ  । सुरुआतका दिनमा ४० देखि ६० केजीसम्म एउटा घारबाट मह उत्पादन हुने गरेकोमा विगत केही वर्षबाट मह उत्पादनमा ह्रास हुँदै गएको उनले बताए  । तर, यस वर्ष मह उत्पादनमा सोच्दै नसोचेको ह्रास आएको उनले बताए  ।
नवलपुर र पश्चिम नवलपरासी तथा चितवनका किसानको मुख्य चरण क्षेत्र भनेको दाङ र प्युठान हो  । दाङमा असोज महिनामा नै तोरी फुल्छ  । प्युठानमा चिउरी फुल्छ  । तोरी र चिउरीको फुलमा मौरीको चरण राम्रो हुने भएकाले यहाँका किसान मौरी चराउन त्यहा पुग्छन्  । तर, यस वर्ष वैमौसममा भएको अत्याधीक वर्षाले चिउरीको फुलमा पनि क्षती पुग्यो भने, जमिन चिसो हुँदा किसानले समयमै तोरी छर्न पाएनन्  । छरेको तोरीमा पनि वर्षाले नोक्सान ग¥यो  । त्यसैले यस वर्ष मह उत्पादन निकै कम भएको रावलको भनाई छ  ।


रावलका अनुसार ‘तिनचारवर्ष अगिसम्म एक घारमा पचासछाठी केजीबाट घटेर पच्चीसतिस केजीसम्म झरेको थियो  । तर, अहिले केही किसानको एउटा घरमा तिनचार केजी मात्रै मह उत्पादन भएको छ  । यो निकै दुःखको कुरा हो  । यसरी नै मह उत्पादन घट्दै जाने हो भने मौरी पालन किसान धरासायी बन्छन्  ।’
नेपाल मौरीपालक महासंघ नवलपुरका अध्यक्ष यदुनाथ कंडेलका अनुसार नवलपुरमा मात्रै करीब २ सय किसान मौरीपालनमा लागेका छन्  । थोरै लगानी र कम मेहेनत पर्ने भएकाले यस व्यवसायमा किसानको आकर्षण बढेको छ  । तर, विभिन्न समस्याबाट मौरी पालक किसान गुज्रनुपरेको उनले बताए  । जलवायु परिवर्तन, चरण क्षेत्रको अभाव, तोरी छर्ने कतिपय किसानमा जनचेतनाको अभावले गर्दा चरणमा अवरोध पु¥याउने, थोरै घार मौरी भएका किसानले धेरै चरण क्षेत्र ओगट्ने जस्ता समस्याले मह उत्पादनमा क्रमिक रुपमा ह्रास हुँदै गएको उनले बताए  ।
गत वर्षदेखि कोभिड संक्रमणपछि महको माग ह्वात्तै बढेको छ  । बजारको माग धान्नै नसक्ने अवस्थामा रहेको किसानहरु बताउँछन्  । माग अनुसारको पूर्ती गर्नै गाह्रो भएको किसान रावलले बताए  । नियमित रुपमा मह खरीद गर्ने ग्राहकलाई समेत फर्काउनु परेको उनले बताए  । माग अनुसार किसानले आपुर्ती गर्न नसक्दा अहिले बजारमा भारतबाट गुरस्तरहीन (नक्कली महको) कारोवार गर्नेहरुले अवसर पाएको उनको भनाई छ  । केमिकल मिसाएर शुद्ध महको जस्तै वास्ना आउने बनाउने, जसले गर्दा उपभोक्ताले पनि छुट्याउन नसक्दा उपभोक्ताहरुको स्वास्थ्यमा समेत असर पर्ने रावलले बताए  ।
मौरी पालनमा देखिएका सबै समस्यालाई समाधान गर्दै नीतिगत रुपमा चरिचरणको उचित व्यवस्थापन, वालीमा विविधीकरण, वास्तविक किसानमुखी अनुदान, सहुलियत, विमा र जनचेतनाका कार्यक्रम सरकारबाट हुन सकेमा मात्रै मौरी पालन किसान लाभान्वित हुनुका साथै महको उत्पादनमा बृद्धि गर्न सकिने किसान लामिछानेको भनाई छ  ।

Previous Post

जागिरे युवा पनि कृषि पेशामा रमाउन थाले

Next Post

आँधीखोलाको प्राङ्गारिक कृषि अभियान विस्तारित हुँदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

आँधीखोलाको प्राङ्गारिक कृषि अभियान विस्तारित हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In