• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि संकलन केन्द्र मार्फत किसानलाई बजारमा जोडने पोखरा महानगरको रणनिति

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०८०, मंगलवार ००:०८
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
कृषि संकलन केन्द्र मार्फत किसानलाई बजारमा जोडने पोखरा महानगरको रणनिति
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, श्रावण १५ /
कृषि उपज बजारिकरण मार्फत किसानका परिबारमा समृद्धिको पहुँच पुर्याउने अठोटले विभिन्न रणनितिक जुक्ति प्रयोगमा ल्याइरहेको पोखरा महानगरले पछिल्लो समयमा कृषि संकलन केन्द्र मार्फत किसानलाई बजारमा जोडने रणनिति अगाडी सारेको जनाएको छ  ।
किसान समूह र सहकारीका माध्यमबाट कृषि वजारिकरण प्रयोग भइरहेकोमा आशातित सन्तुष्टी पाउन नसकेपछि स्थानीय किसानलाई बजारिकरणमा जोडन कृषि संकलन केन्द्र मोडलमा किसान सूचीकरण गर्ने र लक्षित उपभोक्ता बजारमा बस्तुको पहुँच बिस्तार गर्ने मोडलमा लैजाने सोच महानगरले अगाडी सारेको छ  ।

किसानले छोटो र सिधै बजारको मूल्यमा पहुँच पाउने र कृषि बस्तु बजारीकरणमा विचौलिया पक्ष र प्रणाली साँघुरो बनाउँदा किसानले दिएको मूल्यमा न्युन लाभ जोडेर उपभोक्ताले पाउने सुनिस्चतता भएमा किसान बजारको दिगो संचालनमा टेवा पुग्ने तथा स्थानीय कृषि बजार सञ्चालनमा अपनत्व बढ्ने अपेक्षा गरिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  । हालै कृषि संकलन केन्द्रका प्रतिनिधिहरुको सहभागीतामा आयोजित छलफल कार्यक्रममा महानगरले गत वर्षलाई कृषि अनुदान वर्षका रुपमा संचालन गरेजस्तै यो चालु वर्षलाई कृषि बजारिकरण बर्षका रुपमा सक्रिय बनाउन खोजेको पनि कडरीयाले जनाए  ।

महानगरले कृषि एम्बुलेन्स मार्फत किसानका उत्पादन संकलन गर्दै विरौटास्थीत किसान बजारबाट विक्रीवितरण गर्दै आएकोमा बैदामको शुलभ सहकारी, सिर्जनाचोकको मूना कृषि बजार , लोकसेवा आयोग अगाडी पार्दीबाट पनि एम्बुलेन्सबाट संकलित कृषि उपज बिक्रिबितरण गरिरहेको र उपभोक्ताको सहभागीता व्यवस्थापन गर्न टोकन प्रणाली नै लगाउनु परेको अनुभव सुनाउँदै किसान बजारका प्रतिनिधि उमानाथ सुवेदीले किसानहरुलाई उपजको बर्गीकरण गर्न महानगरले सिकाउनु पर्ने र किसानहरुले गुणस्तरीय तरकारी मात्र बजारिकरणमा पठाउनु पर्नेमा ध्यानाकर्षण गराए  ।


विगत देखि महानगरले किसान बजार संचालनका लागि रिवन काटेका कतिपय बजार चल्न नसकेको तर्फ सचेत हुँदै लामाचौर ठुली पोखरीमा संचालन हुन नसकेको साप्ताहिक बजारलाई हालै पुनरजागृत गर्दै दैनिक बजार संचालनका रुपमा ल्याउन थालीएको स्थानीय बजार प्रतिनिधि कमल थापाले जनाएका छन  । पोखरा १६ र १९ वडाका किसानलाई लक्षित गर्दै लामाचौरको ठुलीपोखरी किसान बजारलाई दिगोरुपमा संचालन गर्न वडाका किसानहरुलाई परिचालन गर्ने र उपभोक्तालाई सहज कृषि कारोवार स्थलका रुपमा विकास गर्ने ध्येयले फेरी जागीएको वडा कृषि संजालका अगुवा जीत बहादुर बस्नेतले जनाएका छन्  । उनले बजारलाई नियमितता दिने प्रयास रहने र फलफूलका साथै दूध र मास कारोवारका लागि पनि व्यवस्था गरिने बताएका छन्  ।

महानगरले वडा नं २८ मा माझठानामा पनि हालै कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन थालेको छ  । वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको महानगर कृषि महाशाखाले जनाएको छ  ।
माझठानामा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र सूरुहुँदा शहरी बजारबाट टाढा रहेको वडावासीलाई बजार पहुँचमा सहज हुने अपेक्षा गरिएको स्थानीय वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले बताए  ।
महानगरपालिकाको कृषि एम्बुलेन्सले ल्याएको तरकारी बजारस्थलमा १०–२० प्रतिशत नाफा लिएर उपभोक्तलाई बिक्री गरिएको जानकारी संयोजक बस्नेतले दिए  । कृषि एम्बुलेन्सले ल्याउन नसकेका दिन पनि बजारकै तर्फबाट ढुवानी गरेर तरकारी बजारस्थलमा ल्याइने प्रतिबद्धता संयोजक बस्नेतको जनाएका छन्  ।

पोखरा महानगरपालिकाका ३३ वडा मध्ये विभिन्न १५ स्थानमा कृषि सङ्कलन केन्द्र संचालनमा ल्याएको छ भने पाँच स्थानमा किसान बजारस्थल सञ्चालनमा ल्याएको महानगर कृषि महाशाखाले जनाएको छ  । महानगरले प्रवद्र्धन गरेका स्थानीय किसान बजारहरुमा विरौटा, अमरसिंह, लामाचौर ठुलीपोखरी, काउँखोला, सरांकोटको खपौदीमा रहेका मध्ये विरौटा स्थीत किसान बजारमात्र नियमित रहेको छ  ।

पोखराको पुरानो कृषि बजार श्रीकम्प्लेक्स परिसरमा मर्मत सुधारका क्रममा रोकिएको कृषि कारोवारलाई स्वस्थकर कृषि उपज कारोबार स्थलका रुपमा परिचालन गर्न लागिएको र महानगरको पुरानो साझेदार सँस्थासँगको सहकार्यले कृषि बजारिकरणका कतिपय जटिलताहरु व्यावस्थापन गर्न सिक्न पाइने अपेक्षा पनि गरिएको कृषि महाशाखा प्रमुख कडरीयाले जनाएका छन्  । आगामी हप्तादेखि श्रीकम्प्लेक्स परिसरमा पनि कृषि एम्वुलेन्सका कृषि बस्तु कारोवारको कार्यतालिका बनाएर काम सुरुगर्ने तयारी भइरहेको पनि कडरीयाले जनाएका छन्  ।

Previous Post

कृषि र पशुसेवाको सार्वजनिक सुनुवाइ

Next Post

लम्पि स्किन रोग र नियन्त्रणका प्रयासहरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘लम्पी स्किन’ महामारी बढदो क्रममा

लम्पि स्किन रोग र नियन्त्रणका प्रयासहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In