• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पानी खोज्दै कृषकहरूद्वारा अखण्ड किर्तन , २४ घण्टामा वर्षा

आरसी टाइम्स by आरसी टाइम्स
२५ बैशाख २०८१, मंगलवार १७:१५
in ऋषिकृषि, के भैइरहेछ, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
पानी खोज्दै कृषकहरूद्वारा अखण्ड किर्तन , २४ घण्टामा वर्षा
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मण वीसी/आरसी टाइम्स
पर्वत, 
विगत लामो समयदेखिको खडेरीका कारण कृषकहरुले बालीनाली लगाउन नपाएको र लगाइएका बालीहरु सुकेर जर्जर भएपछि स्थानीय किसानहरुले प्रकृतिदेवताका वर्षातत्वहरुको आराधना गर्दै किर्तन गर्न थालेपछि संयोगले पानी वर्षा भएको छ  ।
लगाएको बाली समेत सिचाइको अभावमा सुक्दै गएको अवस्थामा कृषक तथा स्थानीयहरु धार्मिक बिधिबाट पानी पार्ने आशामा किर्तनमा जुटेका थिए  । यस्तो किर्तनमा पर्वत जिल्ला र यस आसपासको क्षेत्रमा बर्षात नभएपछि कुश्मा नगरपालिका वडा न ३ दुर्लुङका स्थानीयले इन्द्र देवताको आराधना शुरु गरेर अखण्ड रुपमा भजन गाएर इन्द्र देवतालाई खुशी बनाउने भन्दै यहाँका स्थानीयले अखण्ड भजनकृतनको शुरुवात गरेका थिए  ।
हिन्दु धर्म शास्त्रमा इन्द्रलाई बर्षातको देवताको रुपमा पुजा गरिन्छ  । बर्षात गराउने देवताको रुपमा हिन्दु धर्माबलम्बिहरुले इन्द्र देवताको पुजाआजा गर्ने गर्दछन् ।
स्थानीय घोगेनी भजन मण्डलीको आयोजनामा दुर्लुङ्गस्थित तारेकोटमा रहेको दुर्गा भगवतीको मन्दिर परिसरमा इन्द्र, बरुणदेवता र भगवान शिवको मुर्ति स्थापना गरि पुजापाठ सहित कृतन शुरु गरेका छन् ।
यस क्षेत्रमा गएको असोजदेखि पर्याप्त पानी परेको छैन  । गत फागनु अन्तिम साता सामान्य वर्षा भएपनि पर्याप्त थिएन  । सामान्य वर्षाको भरमा खेतवारीमा मकै, बर्खे आलु, लहरेवाली लगायतका तरकारी र कोदो, धानको विऊ राखिएको भएपनि वर्षा नहुँदा उम्रिएका मकै र विऊ समेत सुक्दै गएको छ ।
बढ्दो गर्मी र खडेरीका कारण प्रदुषण समेत बढ्दै गएको भन्दै किसानहरुले धार्मिक परम्परा अनुसार यस्तो अखण्ड कृतनको थालनी गरेको स्थानीय रामचन्द्र पौडेलले बताए  । बिगतका वर्षहरुमा पनि यस्तै किर्तन गर्दागर्दै मुसलधारे पानी परेको उदाहरण रहेको भन्दै पौडेलले लामो खडेरी पर्दा पहिले पहिले पनि अखण्ड कृतन, रुद्री लगाउने परम्परा रहेको उनले बताए ।शनिबार विहान ८ बजेदेखि शुरु भएको अखण्ड कृतन चौविस घण्टासम्म निरन्तर संचालन गरिएको छ  । भजनमण्डलीका छुट्टाछुट्टै समुह बनाइएको किर्तनमा हरेक समुहले कम्तिमा तीनरचार घण्टा लगातार धार्मिक भजन गाउने नियम बनाइएको स्थानीय प्रभु गुरुङले जानकारी दिए।
लामो खडेरीका कारण कृषकहरुले लगाएको बालीनाली सुक्दै जान थालेको छ भने वर्खेवालीहरु लगाउन समेत समस्या भैरहेको छ  । लामो समय वर्षा नहुँदा हिउँदे बालीको रुपमा लगाईएको गहुँ, आलु तोरीमा समेत कृषकहरुले क्षति व्यहोरेका छन्  । विगतमा पनि प्रसिद्ध दुर्लुङ्गकोटमा अखण्ड कृतन लगाउने गरिएको र सोहि दिन वा तीन दिन भित्रमा पर्याप्त वर्षा हुने गरेको गुरुङले बताए  । अखण्ड कृतनको लागि आवश्यक खर्च व्यवस्थापन गर्न स्थानीयवासीहरुले आर्थिक सहयोग गरेका छन ।
यसैबीच खडेरीले आसपासका मुलहरु सुकेपछि पिउने पानीको समेत अभाव भएको छ  । लामो खडेरीकै कारण सदरमुकाम कुश्माबजारमा समेत खानेपानीको अभाव भएको छ  । पानी अभावले लोडसेडिङ गरेर दिनमा एक समय मात्र पानी आपुर्ति गर्न थालिएको छ ।
वैद्धिक हिन्दु धर्मशास्त्रमा वर्षा व्यवस्थापकका रुपमा इन्द्र भगवानको पुजा गरिन्छ  । इन्द्रको जन्म हुँदा पृथ्वीमा चट्यान सहितको कम्पन भएको धार्मिक विश्वास रहँदै आएको छ  । मत्यलोकका जनतालाई सास्ती परेको कुरा धार्मिक अनुष्ठानको विधि मार्फत देवलोकमा जानकारी गराएको खण्डमा देवता प्रशन्न भएर लोकको भलाई गर्ने धर्म शास्त्रमा उल्लेख गरिएको छ हिउँदे बर्षात समेत नभएको पर्वत आसपासको क्षेत्रमा सुख्खयाम शुरु भएसँगै डढेलोको प्रकोप बढेर गएको छ  । डढेलोले सयौ हेक्टर जंगलका क्षति पुराएको छ भने, बर्षात नहुँदा हिउँदे बाली लगाएका कृषकहरु मर्कामा परेका छन् ।
यस्ता अखण्ड किर्तनका अभ्यासहरु पर्वतको दुर्लुङ्ग सँगै स्याङ्गजाको गल्याङ्गमा पनि गरिएका छन्  । अखण्ड किर्तनका अभ्यासपछि २४ घण्टामा वर्षा आरम्भ भएपछि किसानहरु उत्साहित भएका छन् ।
यसरी आएको वर्षाले असिना वर्षा पनि गराएको छ  । असिना पानी पर्दा तनहुँको घिरिङ गाउँ पालिकाको पश्चिम भेग भिमाद नगरको पश्चिम भेगमा असिना पानी पर्दा आंप लिचीको फल नष्ट हुनुका साथसाथै लहरेदार तरकारी र गोलभेंडामा क्षति पुर्याएको स्थानीय सम्बाददाता रामप्रसाद श्रेष्ठले जनाएका छन्  । वर्षाले खेतमा लगाएको सुकिसकेका मकैवालीलाई राहत भएको छ  ।
बैसाखको अन्तिम भैसक्दा बारीमा
मकै छर्न नपाएका किसानहरू भने असिना पानीले माटो भिजे पछि खुशी भएका छन्  ।

Previous Post

बढदो डढेलोको प्रकोप नियन्त्रणका उपायहरु

Next Post

परदेशबाट फर्केर कृषिमा रमाउने शालिकरामको प्रयास

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
परदेशबाट फर्केर कृषिमा रमाउने शालिकरामको प्रयास

परदेशबाट फर्केर कृषिमा रमाउने शालिकरामको प्रयास

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In