• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

खाद्य स्वच्छताका लागि बजार अनुगमन

आरसी टाइम्स by आरसी टाइम्स
२० असार २०७९, सोमबार २०:४६
in कृषि बजार, पर्यटन
0
खाद्य स्वच्छताका लागि बजार अनुगमन
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मण विसि/आरसी टाइम्स
पर्वत, आषाढ २०
मौसम जन्य खाद्य परिकारका कारण रोगव्यधी बढने र गुणस्तरहिन खाद्य पदार्थको बजारिकरण नियन्त्रण गर्न सरकारी अनुगमन निकायहरुले सक्रियता देखाएका छन्  । पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय पर्वतले पनि बजार अनुगमन कार्यलाई तिब्रता दिएको छ  । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले जिल्लाको कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकाका मुख्य बजार क्षेत्रमा रहेका खाजा घर, होटल तथा किराना पसलहरुको अनुगमन गरिएको हो  ।

यसै सिलसिलामा गत शुक्रबार कुश्मा बजारका होटल तथा किराना पसलको अनुगमन गरिएको छ  । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा कुश्मा नगरपालिका वडा नं.७, खरेहा, ९ ज्ञादी र वडा नं. ५ बडागाउँका पसलहरु अनुगमन गरिएको हो  । बजार अनुगमनका क्रममा केहि पसलमा म्याद गुज्रिएका बस्तु भेटिएको र अखाद्य बस्तु बिक्री नगर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए  । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको घरेलु तथा साना उद्योग कार्यालय पर्वतकि प्रमुख मुना अधिकारीले जानकारी दिइन । अनुगमनका क्रममा पसलमा भेटिएका म्याद गुज्रिएका अखाद्य बस्तुहरुको नष्ट गरिएको छ । पसल दर्ता, नविबरण, मुल्यसुचि, बस्तुको उपभोग्य मिति, सरसफाइ लगाएतको अनुगमन गरिएको कार्यालय प्रमुख अधिकारीले बताइन्  ।

व्यवसायीहरुलाई सचेत गराउदै म्याद गुज्रिएका अखाद्य बस्तुहरुको किनबेच नगर्न आग्रह गरिएको छ  । जिल्लाका बिभिन्न ठाउँमा महिनाको एकपटक र आवश्यकता अनुसार नियमित छड्के अनुगमनलाई समेत जोड दिएको अधिकारीको भनाइ छ  । सदरमुकामको बजार मात्र केन्द्रित नभई ग्रामीण भेगका बजारमा पनि अनुगमनलाई तिब्रता दिएको र अनुगमन पछि व्यवसायीहरु सजग भएको अधिकारीले बताइन् । उनले भनिन्“रङ मिसिएका तथा मानवीय स्वास्थ्यमा हानी पुग्ने खालका अखाद्य र म्याद गुज्रिएको सामान बिक्री गरेको भेटिएमा व्यवसायीलाई कानुन अनुसार कारबाही हुन्छ ।” पछिल्लो समय घरेलु तथा साना उद्योग कार्यालय पर्वतले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको छ  ।

Previous Post

रैथाने बालीको परिकार विविधिकरण गर्न जोड

Next Post

स्थानीय सरकारले कृषि उपजको न्युनतम मूल्य दिने

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
स्थानीय सरकारले कृषि उपजको न्युनतम मूल्य दिने

स्थानीय सरकारले कृषि उपजको न्युनतम मूल्य दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In