महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, कार्तिक २०,
सरकारले गाउँ गाउँमा सिँहदरबार ल्याएको भन्दै सघियता कार्यन्वयन गराईरहेको भनेपनि पर्वतका अधिकाँश गाउँका घरहरु खाली बन्न थालेका छन । शिक्षा , स्वास्थ्य र खानेपानी ,रोजगारको खोजीमा दिन दिनै गाँउबाट बाहीरीने दर बढेसँगै गाउँका घरहरु रित्तीन थालेका हुन । संघियता कायन्वयनको पहीलो र दोस्रो कार्यकाल सञ्चालन भईसक्दा पर्वतमा आधा भन्दा बढी गाउँ वस्तीहरु मानव विहीन बन्न थालेका हुन । अहिले धेरै जसो गाउँ वस्तीहरुमा रित्ता घर, बाँझो जमीन र भत्केका चौतारा धेरै देखिन थालेका छन । स्थानीहरुले शिक्षा स्वाथ्यको खोजीमा घर छोडने क्रम बढेको बताएका छन । सरकारी शिक्षा कमजोर हुनु , सरकारी स्वास्थ्य भरपर्दाे नहुनु, गाउँ वस्तीमा आम्दानीका श्रोत कम हुनाले पनि गाउँ वस्तीमा मानीसहरु बस्न नचहाने अवस्था आएको स्थानीय कृष्ण पौडेल र अनन्त राज सुवेदीले बताए ।
पर्वतमा विहादीका विभिन्न वडा ,महाशिला गाउँपालिका विभिन्न वडाहरु र फलेवास नगर पालिकाका विभिन्न वडाका वस्तीहरुका घर रित्तीने क्रम बढदो छ । स्थानीय सरकार सञ्चालनमा आएपनि स्थानीय सरकारले जन मैत्री विकास गर्न नसकेका कारण पनि अधिकाँश गाउँहरु खाली भएका हुन । राजस्व अशुलीमा मात्रै स्थानीय तहका जन प्रतिनिधि लागिपर्दा पनि गाउँका जग्गा जमीन खाली हुँदै गएको फलेवास ७ लिमिठानाका राम प्रसाद सुवेदीले बताए ।
जनताको आवश्यक्ता र भुगोल हावापानी जातजाती वस्ती विकास र जनताको दैनीकी आय आर्जन स्वाथ्य शिक्षा रोजगार जस्ता न्युनतम आवश्यक्तामा जन प्रतिनिधिको चासो नहुनु , बढदो वन जङगल , सरकारका न्युनतम पुर्वाधार शिक्षा स्वास्थ्यको पहुँचको अभाव लगायतका कारणले अहिले गाउँ वस्ती मानव विहीन बन्दै जान थालेका छन् ।
जनप्रतिधिहरुले भने आँफुहरुसँग सानो सानो बजेट हुने र टुक्रे योजना बताउनु पर्ने बाध्यताका कारण जनताका अपेक्षा पुरा गर्न नसकेको बताएका छन । फलेवास नगर पालिकाका जनप्रतिनिधि केसर पन्तले गाउँ खाली हुनु आँफुहरुको मात्रै नभई देशकै समस्या रहेको बताए । पर्वतमा कुल ३५ हजार सात सय घरधुरी रहेका छन भने एक लाख ३२ हजार जनसंख्या रहेको छ ।