• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

गण्डकी कृषि एजेन्सीहरुको वार्षिक समिक्षा

आरसी टाइम्स by आरसी टाइम्स
१० श्रावण २०७९, मंगलवार २०:०२
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
गण्डकी कृषि एजेन्सीहरुको वार्षिक समिक्षा
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश सरकार मतहतका कृषि विकासका एजेन्सी कार्यालयहरुले गतवर्षका कृषि विकास क्रियाकलापहरुको समिक्षा सुरु गरेका छन् । प्रादेशिक कृषि विकास निर्देशनालय पोखरामा सूरु भएको समिक्षामा प्रदेशका कृषिज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्र, श्रोत केन्द्र, परियोजना, प्रयोगशाला र साझेदारहरुको वार्षिक लगानी र उपलब्धीका बारेमा समिक्षा प्रारम्भ गरिएको कृषि निर्देशनालय प्रमुख वासुदेव रेग्मीले जनाएका छन् । प्रादेशिक कृषि मन्त्री चन्द्रबहादुर बुढा, प्रादेशिक कृषि सचिव हरिबहादुर केसी, प्रादेशिक नीति तथा योजना आयोगका सदस्य माया तिमिल्सिना र प्रादेशिक पशुपंक्षी तथा मत्स्य विकास निर्देशक मनबहादुर पुनको रोबरमा गत आइतबार कृषि निर्देशनालय र ज्ञान केन्द्र तथा प्रयोगशालाहरुको वार्षिक प्रगतिकाबारेमा समिक्षा थालिएको छ ।

 

कतिपय किसानले विलभरपाइ भन्दा बास्तविक प्रगती कम गरेको कुरा अनुगमनका पाइएकाले भुक्तानीका लागि विल भरपाइ मात्रको भर नपरि स्थलगत अनुगमन गरिएको,
साना सिंचाइमा वडाध्यक्षले समेत काम नभएका ठाउँमा पनि भुत्तलानी सिफारिस गरेको पाइएको पनि समिक्षामा चर्चा

कर्मचारीको खाँचो पुरा गर्न करार सेवाका कर्मचारीबाट काम चलाइएको बताउँदै कृषि निर्देशनालय प्रमुख रेग्मी प्रदेश लोकसेवा आयोगले स्थानीय दरवन्दी मिलान र पदपुर्ति गर्ने काममा सक्रियता गर्नु पर्ने खाँचो रहेको र लामो समय करार सेवामा कर्मचारी परिचालन गर्दा राज्य र जनशक्ति दुवैका लागि समस्या बढन जाने तर्फ संकेत गरेका छन् । प्रदेशका कृषि कार्यालय मध्ये बीउबीजन प्रयोगशाला पोखराले शत प्रतिसत प्रगती हासील गरेको र जिल्ला स्तरीय कार्यालयहरुका रुपमा क्रियाशील कृषि ज्ञान केन्द्रहरु मध्ये बाग्लुङ्गले ९७ प्रतिशत प्रगती गरेको पनि रेग्मीले जनाए । जिल्लागत रुपमा मनाङ्ग र गोर्खाले अपेक्षित प्रगती देखाउन नसकेको पनि रेग्मीले बताए ।

 

कृषि अनुदानका क्रियाकलापहरुमा कोल्ड रुमका रुपमा संचालन गरिएका परियोजनाहरु व्यवसायिक रुपमा संचालनको ध्येयले चलाएकाहरु सफल भएका र अरु असफल देखिएका , कृषि विमाको रकम अनुदान दिएपनि किसानहरु उत्साहित नभएका, कतिपय किसानले विलभरपाइ भन्दा बास्तविक प्रगती कम गरेको कुरा अनुगमनका पाइएकाले भुक्तानीका लागि विल भरपाइ मात्रको भर नपरि स्थलगत अनुगमन गरिएको, साना सिंचाइमा वडाध्यक्षले समेत काम नभएका ठाउँमा पनि भुत्तलानी सिफारिस गरेको पाइएको पनि समिक्षामा चर्चा गरिएको छ ।

समिक्षाका क्रममा ११ जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुखहरु, प्रदेशका सहकारी रजिष्ट्रार, साल्टट्रेडिङ्ग र कृषि सामाग्री कम्पनीका प्रमुखहरुले पनि कृषि विकास र बस्तु तथा सेवा प्रवाहमा गरिएका क्रियाकलापहरुको प्रगती पेश गरेका छन् ।

Previous Post

रैथानेबालीको संरक्षणमा कृषि समाजशास्त्रको भूमिका

Next Post

कृषि आधुनीकिकरण परियोजनाको मध्यावधि समिक्षाको माग

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि आधुनीकिकरण परियोजनाको मध्यावधि समिक्षाको माग

कृषि आधुनीकिकरण परियोजनाको मध्यावधि समिक्षाको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In