• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे

आरसी टाइम्स by आरसी टाइम्स
२२ मंसिर २०८०, शुक्रबार २३:२६
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, पौष २३
गण्डकी हिमालयमा रहेका चौरी प्रजातीका गाइहरुको नश्ल सुधारका लागि सोलुखुम्बुको स्याङबोचे स्थीत याक आनुवांशिक स्रोत केन्द्रबाट खरिद गरेर ल्याइएका १९ याकलाई स्थानीय पशुपालक समूहलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेशको कृषि मन्त्रालय अन्तर्गतको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले मुस्ताङमा १० र मनाङमा ९ याक वितरण गरेको हो  । सोलुखुम्बुको स्याङबोचबाट टाकसिन्दुसम्म तिन दिन पैदल यात्रा गरेका याकहरुलाई सल्लेरी निकटको टाकसिन्दुबाट २ वटा ढुवानी साधनमा ल्याइएका र मनाङ्ग—मुस्ताङ्गका स्थानीय किसान समुहमा हस्तान्तरण गरिएको छ  ।

याकहरुलाई प्रादेशिक कृषि मन्त्रि तथा जिल्लाका स्थानीय जनप्रतिनिधि र पशुसेवा प्रविधिकहरुको रोहवरमा पोखरामा आयोजित एक समारोहमा प्रदेशका मुख्य मन्त्रि सुरेन्द्र पाण्डेले चौरी पालक किसान समुहलाई हस्तान्तरण गरेका छन्  ।
यी याकहरु पनि तिव्वतबाट २०७० सालमा ल्याइएका याकहरुको नश्लसुधार प्रकृयाबाट जन्मीए र यी १९ भाइ याकहरुको योगदानबाट गण्डकी हिमालयका चौरीहरुमा नश्ल सुधारमा सहयोग पुग्ने, हाडनाता सम्बन्धको जोखिम न्युनिकरण गर्ने, चौरीहरुको रैथाने हिमाली वंशगुण सुरक्षित राख्नमा सघाउने याक श्रोत केन्द्रका पुर्व प्रमुख किरण पाण्डेले जनाएका छन्  ।

हाल एक देखि दुई वर्षको उमेरका रहेको तथा चार वर्षको उमेरमा परिपक्व हुने याक फार्मका सहयोगी कर्मचारी पासाङ्ग सेर्पाले जनाएका छन्  । सेर्पाका अनुसार रैथाने याकहरुलाई रफु, साहु, छ्युले, मार्शल जस्ता हरेकको नामाकरण गरिएका छन् ।
मौसमी तापक्रम मिलाउनका लागि प्राय रात्रिमा यात्रा गराइएका याक बथानलाई डा. वालकुमार श्रेष्ठको नेतृत्वमा मनाङ्ग र डा. प्रेरणा सेढाइको नेतृत्वमा मुस्ताङ्ग लगेर चौरी पालक किसान समुहमा हस्तान्तरण गरिएको टोली प्रमुखहरुले व्युरोलाई जनाएका छन्  । मनाङ्ग लगिएका ९ याकहरुको पशु विमा पनि गरिसकिएको वरिष्ठ पशु चिकित्शक बालकुमार श्रेष्ठले जनाएका छन्  ।
याक हस्तान्तरण समारोहमा सम्वोधन गर्दै मुख्यमन्त्री पाण्डेले उन्नत जातको याकबाट नश्ल सुधारमा मद्दत पुग्ने र हिमाली क्षेत्रका किसानलाई फाइदा हुने अपेक्षा राखिएको बताए  ।

गण्डकी हिमालयका मुस्ताङ्ग, म्याग्दी, कास्की, मनाङ्ग, लमजुङ्ग र गोरखामा याक—चौँरीपालन हुने गरेको छ  । राष्ट्रिय कृषिगणना २०७८ का अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी गोर्खामा ५८१७ वटा, मनाङ्गमा २८३७ वटा, मुस्ताङ्गमा ३६१ वटा, म्याग्दीमा ७६० वटा, कास्कीमा ६७१ वटा र लमजुङ्गमा २७५ वटा गरेर कुल १०७२२ याक—नाक—चौरी रहेका छन्  ।

Previous Post

तन्तु प्रजननबाट अलैची बगान सुधार 

Next Post

पाक्ने वेलाको कोदो वाली ‘राते’ लागेर सखाप

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पाक्ने वेलाको कोदो वाली ‘राते’ लागेर सखाप

पाक्ने वेलाको कोदो वाली ‘राते’ लागेर सखाप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In