• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

गैह्रकाष्ठ वन पैदावारको बजार रणनीति

आरसी टाइम्स by आरसी टाइम्स
८ श्रावण २०८०, सोमबार २१:३७
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
गैह्रकाष्ठ वन पैदावारको बजार रणनीति
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

—कुलराज चालिसे,

उपयुक्त रणनीतिको पहिचान नगरी तर्जुमा भएका योजना राज्यकोषबाट व्यय गर्ने वहाना मात्र हुन्छन्  । अपार प्राकृतिक वरदान प्राप्त हुँदा पनि हाम्रो दयनीय अवस्था यस्को उदाहरण हो । स्थानीय भूगोलमा अनुकुलित भएको शास्त्र अनुकुलको परम्परागत पद्धत्तिलाई विकासको बाधक मानेर पाश्चात्य प्रविधिमा विकासको अभ्यास गरेको सत्तरीवर्ष नाघ्दा पनि आसातित सफलता नहुनुको पछाडी कमजोर रणनीति भएको प्रमाणित हुन्छ । योजनावद्ध विकासको अभ्यास गरेको पनि पैसठ्ठीवर्ष नाघेको छ । प्रारम्भिक योजनाकालहरूमा त हामीले विदेशीको वहकावमा रैथाने नश्ल र जीवन पद्धत्तिलाई विस्थापन गर्ने रणनीति नै अँगाल्यौं  । दशपन्ध्रवर्ष अभ्यास गर्दा पनि रैथाने जीवन विज्ञानलाई विस्थापन गर्न नसके पछि शिक्षानीतिमा नै परिवर्तन गरीयो  । पहाडी भूगोलमा जीवन निर्वाह गर्ने जनतालाई यातायात र सिचाईको पिडा असैह्य थियो  । त्यै पिडालाई सम्बोधन गर्न पाश्चात्य शिक्षामा दिक्षित योजनाकारहरूलाई योजना तर्जुमाको नेतृत्व दिने प्रचलन नै बस्यो । उनिहरूले तर्जुमा गरेका योजना सुन्दर थिए तर योजना कार्यान्वयन गर्ने रणनीति रैथाने जीवन विज्ञानमा अनुकुलित थिएनन् । त्यसैले राज्य ऋणमा डुब्दा पनि आसातित प्रतिफल दिएका थिएनन्  । सडक, सिचाई, विद्युत, शिक्षा र स्वास्थमा आमुल परिवर्तन त भयो, तर त्यो परिवर्तनले व्यापारमा भयानक असन्तुलन निम्त्यायो  । त्यस्तो असन्तुलनलाई व्यवस्थापन गर्न युवा जनशक्तिलाई बेच्न हामी बाध्य भयौ  । आप्mनै भूगोलमा सदुपयोग गर्नुपर्ने जनशक्तिले विदेशमा पसिना वगाएर कमाएको धनले अन्न र तरकारीको साथमा औषधी बोकेका मालवाहक गाडी कुदाउनुलाई विकास मान्न थाल्यौ । हुँदाहुँदा बस्ती स्थानान्तरण गरेर विजुली बेच्ने रणनीतिमा अगाडी बढेका छौ । हामीले विकास भनेर मानेका कुनै पनि परियोजनाले लागत उठाउन सकेका छैनन्  । त्यत्तिले नपुगेर सयवर्षमा पनि लागत उठन नसक्ने परियोजनाहरूको तानावाना बुनेर बसेका छौ  ।

विकासको नाममा हामी ऋणको पासोमा भस्दै गएका छौ  । दशवर्षमा दशहजार मेगावाट विद्युत बेच्ने त भनेका छौ, प्रति युनिट कति रुपैयामा बेच्ने भन्न सकेका छैनौ  । विद्युत बेचेको पैसाले उत्पादन खर्च उठाउछ कि उठाउँदैन भन्ने आँकलन गरेका छैनौ  । उर्जा प्रविधि अनुसन्धानमा निरन्तर प्रयास हुँदा अनेक विकल्प सामुन्यमा आउन सक्छ  । प्रति युनिट कम लागतको उर्जा उपयोग गर्ने व्यापारिक धर्म नै हो  । हामीले लक्ष गरेको भारतीय बजारमा बढी लागतको उर्जा विकेन भने ठूलो लागतमा स्थापना भएका जलविद्युत केन्द्रलाई पूर्ण क्षमतामा संचालन गर्न कठिन हुनसक्छ  । तैपनि उधारो विकासको सपना बुनेर बसेका छौ  । विकास भएको छैन भनौ भने संचार र यातायातमा राम्रै विकास गरेका छौ  । मान्छे नवस्ने दशघर भएको ठाउँमा पनि कच्चिबाटो पुगेको छ  । बाटो पुगेर मात्र के गर्ने ? गाउँमा काम गर्ने खेताला छैनन्, खेतवारी बाँझो छ  । नतिजा स्वरूप त्यही बाटोबाट हरियो खुर्सानी पनि गाउँमा पुगेको छ । गाउँ पुगेका गाडी फर्किदा मान्छे बाहेक बोक्ने उत्पादन छैन  । खेतवारी बाँझो हुँदा चरा र बाँदरले पनि बसाईं सर्न बाध्य भएका छन् । अलिअलि भएको खेती पनि बसाई सरेका चरा र बाँदरले खाई दिएका छन् । बादर नियन्त्रण गर्ने योजना सार्वजनिक नगरे स्थानीय पालिकाको निर्वाचन पनि हार्ने अवस्था आए पछि वन्यजन्य फल लगाउने योजनाले स्थान पाएको छ  । नागरिकको कुरा छाडौ, पंछी र बाँदर पनि बसाई सर्दा अन्य वन्यजनावरको आहारा प्रणालीमा पनि असर पर्दाेरहेछ भनेर बुझेपछि पोखरी र वन्यजन्य काष्ठफलले योजनामा स्थान पाएको त छ तर योजना कार्यान्वयन गर्ने रणनीति अझैपनि पूर्ण देखिदैन ।

गाउँ र वन मात्र होइन शहर पनि लगभग असन्तुलित भएको छ । गाउँको वन र खेतवारीमा सुनिने लोकभाका अहिले शहरका दोहोरी साँझमा घन्कीयका छन्  । शहर घन्काउने कलाकार वनले उत्पादन गरेको थियो  । शहरले लोकभाकाको शब्द सृजना गर्न सक्दैन  । रोजगारी र बसाई सराई क्रम यस्तै रहने हो भने नयाँ पुस्ताका लोककलाकार जन्मिन मुस्किल हुन्छ  । संचारको क्षेत्रमा भएको प्रगतिले विदेशी साजसज्जा सस्कृति पनि भित्रीएको छ  । सामान्य ब्रतवन्ध र विवाह कार्यक्रमको मण्डप सजाउन लाखौ खर्च गर्ने चलन आयो  । मण्डपलाई तोरणले झकमक्क पार्नुको सट्टा प्लाष्टिक र कपडाले सजाउने भैयो । शहरमा टेण्ट हाउस व्यावशाय राम्ररी चल्न थालेका छन्  । त्यस्ता समारोहमा बज्ने लोकधुन पनि विदेशीधुनले विस्थापन गर्न खोज्दै छ  । दौरा सुरुवालबाट टाईसुटमा परिणत भएको वेहुलाको पोषाक ढाकाको दौरा सुरुवालमा फर्केको थियो  । संचारकै प्रभाव स्वरूप फेरी भारतीय लयमा वग्दै गएको छ । तीर्थयात्रामा मात्र होइन विवाह ब्रतवन्धमा पनि अरवौ रुपैया विदेश जान थालेको छ  । वन्यजन्य काष्ठफल कार्यक्रमले बाँदरलाई केन्द्रमा राख्नुको सट्टा शहरको मण्डप सजावटमा तिनको उपयोग बढाउने रणनीति लिएको भए जनता आँफैले वन्यफलको प्रवद्र्धन गरिदिन्थे । निहुरो र टुसाले ग्रामिण रोजगारी प्रवद्र्धन गर्न सक्दा तिनले नसक्ने कुरा थिएन । वर्षेनी अरवौ रुपैयाको रुद्राक्ष र नरिवल आयात भएर गोसाईकुण्ड पुग्दा याहाँका उत्पादनले बजार नपाउने कुरा हुँदैनथ्यो । हरेक वैष्णवहरूको घाँटीमा वेरीयका तुलसीका माला पनि आयातित छन्  । बौद्धगुम्वा परिक्रमा गर्ने भिक्षुले जप्ने मालाहरू आयातित छन्  । त्यस्तामाला यही बनाउन सकिन्थ्यो । तिनै मालालाई परिमार्जन गर्दा मण्डप सजाउने पर्दा बनाउन सकिन्थ्यो  । वन्यजन्य काष्टफल परियोजनाले वृक्षारोपणमा गर्ने खर्च मण्डप सजावटको बजार प्रवद्र्धनमा खर्च गरेको भए नतिजा उत्साहप्रद हुन सक्थ्यो  । त्यतातिर कसैको ध्यान गएको जस्तो देखिदैन ।

हामीसंग वन अनुसन्धानको इकाई नभएको होइन । तर तिनले गर्ने अनुसन्धान वन भन्दा बाहिर निस्कन सकेन । वन अनुसन्धानले शहरमा केन्द्रित भएर बजार अनुसन्धान गरेको भए गैह्र काष्ट वन पैदावरको बजार प्रवद्र्धन हुन मद्दत पुग्थ्यो । शहरमा बन्ने एकादुई ब्रतवन्ध र विवाह मण्डपलाई आँफैले सजाएर फोटोग्राफी सामाजिक सञ्जालमा बुष्ट गर्दा अरूले पनि अनुकरण गर्थे  । वन प्राविधिक उपर हुने खर्चको केही अंश मण्डप सजावट गर्ने कलाकार उत्पादनमा लगानी गर्दा ठूलो रकम विदेशिनबाट बच्थ्यो  । त्यस्को प्रभाव पर्यटन प्रवद्र्धनमा पनि पथ्र्याे  । नेपालीको विवाह मण्डप हेर्न भारतीय पर्यटक पनि आउथे  । भारतमा कृयाशील नेपालीले यहीको मौलिक सजावटलाई त्याहा अनुकरण गर्दा नेपालको गैह्र काष्टजन्य उत्पादनको भारतमा बजार प्रवद्र्धन हुन सक्थ्यो  । वन अनुसन्धानले थोरै प्रयास गर्दा व्यापार घाटाको विषय व्यापार नाफामा परिणत हुने मात्र नभई रोजगारी प्रवद्र्धन हुन्थ्यो ।

सरकारले प्रवद्र्धन नगरेपनि जिम्बु र टिमुर सहित थकाली स्वाद अमेरीका, वेलायत, जापान लगाएतका देशमा पुग्न सक्यो । लेकाली परम्परागत पहिरन सहित पञ्चेवाजा पुगेको छ  । दोहोरी साँझ पुगेको छ  । प्रवासी नेपालीले ठाउँ ठाउँमा मन्दिर बनाएकाछन्  । विदेशमा भएपनि आप्mनै धर्मसंस्कृति अनुसार ब्रतवन्ध तथा विवाह समारोह आयोजना गर्न सुरु गरेका छन्। नेपाली कथावाचकहरू विदेशका शहरहरूमा यज्ञ संचालन गर्न पुगेका छन् । नेपालमा सम्पन्न हुने यज्ञमण्डपलाई वन्यजन्य गैह्र काष्ट पैदावारले मौलिक तरीकाले सजाउने हो र त्यस्तो सजावट सामाजिक सञ्जालको माध्यमले सम्प्रेषण गर्ने हो भने विदेशमा पनि विस्तार हुन मद्दत पुग्छ  । बजारको सुनिश्चितता भयो भने जस्तोसुकै कार्यक्रम पनि सफल हुन्छ  । बजारको प्रवन्ध नगर्दै उत्पादनलाई मात्र जोड दिने हो भने यो कार्यक्रम पनि विगतकै जस्तो उत्पादक प्रमाणित हुन सक्दैन  । इपिलइपिल तथा एलोभेरामा (ध्यूकुमारी) हामीले त्यस्तै नतिजा भोगीसकेका छौ  । एभोकाडो तथा कफीले अझै संघर्ष गरेका छन्  । धर्म संस्कृतिको आड नलियर बनाइने रणनीतिले प्रतिफल दिन कठिन हुन्छ भन्ने भोगेका छौ  । त्यस्तो अनुत्पादक रणनीति अपनाउदा खर्च मात्रै हुन्छ । त्यसैले वैकल्पिक रणनीति पनि परिक्षण गरौन । परिक्षणको रूपमानै सहि श्रीकृष्णागण्डकी प्रस्रवणमा रुद्राक्ष र रामतुलसीलाई मण्डप सजावटमा प्रयोग गरेर हेरौं । परिक्षण सफल भयो भने अन्यत्र पनि विस्तार गरौंला ।

Previous Post

तरकारी सुपरजोनका साझेदारबीच घुम्ती कार्यशाला

Next Post

कृषि र पशुसेवाको सार्वजनिक सुनुवाइ

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि र पशुसेवाको सार्वजनिक सुनुवाइ

कृषि र पशुसेवाको सार्वजनिक सुनुवाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In