• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘गोरु पालेर हलो जोत्नेलाई पनि प्रोत्साहन गर’

महानगरका किसानलाई कृषि यन्त्र

आरसी टाइम्स by आरसी टाइम्स
१३ चैत्र २०७९, सोमबार १३:१७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
‘गोरु पालेर हलो जोत्नेलाई पनि प्रोत्साहन गर’
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १३

कृषि कर्ममा कृषि यन्त्रको उपयोगबाट कार्यसहजता र न्युन जनशक्तिबाट लाभ लिने क्षमता निर्माणका लागि पोखरा महानगरको कृषि विकास महाशाखाले २६१ किसानहरुलाई हालै कृषि यन्त्र वितरण गरेको छ। कृषि महाशाखाको चालु वर्षको स्वीकृत कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा प्राप्त आवेदनको आधारमा छनौट भएका कृषि फर्म, समुह, सहकारी, संजाललाई कृषि मेशिनरीहरु वितरण गरेको महानगरले जनाएको छ।

पोखरा सभागृह परिसरमा रहेको व्यवसाय प्रवद्र्धन केन्द्रमा किसानहरुलाई कृषि यन्त्र सचालउन सिप र ज्ञान समेत सिकाएर कृषि यन्त्र वितरण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् । किसानहरुलाई कृषि यन्त्र दिएरमात्र सहयोग नपुग्ने भएकाले किसानकैमाग र लागत साझेदारीमा सिप सिकाउँदै यन्त्र हस्तान्तरण गरिएको कडरीयाले जनाएका छन्  । महानगरले २६१ थान मिनिटिलर, कम्बाइन्ड मिल ६२, थ्रेशर ७, ग्रास कटर १०८, ड्याङ बनाउने मेशिन २९, तेल पेल्ने मेशिन ७ थान बितरण गरेको छ ।

उक्त समारोहमा सम्बोधन गर्दै कृषि विकास निर्देशनालय पोखराका प्रमुख बासुदेव रेग्मीले किसानहरुलाई मिनीपावर टिलर वितरण गरेर गुन लगाएकामा सह«ाना गर्दै अव गोरु पालेर खेति गर्ने किसानलाई पनि हौसला दिनु पर्ने बेला आएको बताए ।

प्राङ्गारिक उन्मुख भोजनका लागि एकिकृत कृषि प्रणाली खाँचो पर्ने र विदेशी इन्धनको भर पर्ने यन्त्र वितरण बाहेक स्वदेशी आत्मनिर्भर प्रयासका लागि परम्परागत कृषि गर्न गोरु पालेर हलो चलाउने , कृषि यन्त्रको पहुँच बाहिरका किसानलाई पनि हौसला दिन महानगरको ध्यान पुग्नु आवश्यक रहेको रेग्मीले सुझाव दिए । परनिर्भरतालाइ बढाउने यन्त्र बजार गाउँ गाउँमा थुपार्ने र आत्मनिर्भरतालाई जोगाइराख्ने श्रम र सिपलाई बेवास्ता गर्ने प्रचलनले असन्तुलन ल्याउने हुनाले गोरु पालेर हलो जोत्ने किसानलाई पनि प्रोत्साहन गर्न पालिकाहरुको ध्यान पुग्नु आवश्यक रहेको कृषि निर्देशक रेग्मीले बताए ।

सोही अवसरमा महानगर प्रमुख धनराज आचार्यले किसानहरुलाई सम्बोधन गर्दै आगामी बर्ष एक वार्ड एक उत्पादन, एक संकलन केन्द्र, प्राबिधिक ब्यबस्था, ढुवानीको लागि कृषि एम्बुलेन्स, उत्पादित बस्तुको न्युनतम समर्थन मूल्य तोके अनुसार बजार ग्यारेन्टी गर्ने कार्यक्रमलाई प्राथमिकता दिइने दावी गरे। पोखराका ३३ वडा मध्ये उपकरण माग गर्ने २५ वटा वडाका कृषकलाई मागका आधारमा ती सामान प्रदान गरिएको हो। कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती कृषि मेसिनरी पचास प्रतिशत अनुदानमा दिएको जनाइएको छ।

कृषि यन्त्र लैजाने किसानले आफना छिमेकीहरुलाई पनि मनासिव भाडा लिएर औजार प्रयोगमा दिनु पर्ने महानगर कृषि शाखाले आग्रह गरेको छ । हरेक यन्त्रवाला किसानले आफना १० छिमेकीलाई पनि यन्त्र उपयोगका लागि अवसर दिन सकेमा २ हजार ६सय किसानका लागि यान्त्रीकरणको अवसर पुग्ने र हरेक यन्त्रमा महानगरको पचास प्रतिशत अंश तिनै छिमेकीले दिएको मुल्य हो भन्ने सोच्न र सहजिकरण गर्न महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरीयाले अनुरोध गरेका छन्।

Previous Post

‘आलि देखि थालीसम्म बिषादी रहित बाली’ खोजी हुँदै

Next Post

अर्मला नौधारेमा युवाहरु सामूहिक कफी खेति गर्दै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
अर्मला नौधारेमा युवाहरु सामूहिक कफी खेति गर्दै

अर्मला नौधारेमा युवाहरु सामूहिक कफी खेति गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In