• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘घरपालुवासँगै वन्यजन्तुको एकिकृत स्वास्थ्यसेवा खाँचो’

भेटेरिनरी दिवसमा भेटेरिनरीयनहरुको सम्वाद

आरसी टाइम्स by आरसी टाइम्स
१८ बैशाख २०८०, सोमबार ००:०७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
‘घरपालुवासँगै वन्यजन्तुको एकिकृत स्वास्थ्यसेवा खाँचो’
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, बैशाख १८
विश्व भेटेरिनरी दिवसको सन्दर्भ पारेर पोखरा आसपासमा क्रियाशील पश स्वास्थ्य क्षेत्रमा क्रियाशिल जनशक्तिले प्राविधिक सम्वाद गर्दै घरपालुवा पशुधनसँगै वन्यजन्तुको पनि एकिकृत स्वास्थ्यसेवा सीपको खाँचो औल्याएका छन् ।
नेपाल भेटेरिनरी एशोसियसन गण्डकी प्रदेशले आयोजना गरेको सम्बादका क्रममा पोखरा जुलोजिकल पार्क वन्यजन्तु उद्धार केन्द्रको अवलोकन गरेका छन् । भेटेरिनरी दिवसको अवसर पारी भेटेरिनरीयनहरुको पशु चिकित्सा पेशामा विविधता, समानता र समावेशीताको प्रवद्र्धनका सबालमा सम्बाद गरिएको नेपाल भेटेरिनरी एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष राजेश चौधरीले जनाएका छन् ।
सो अवसरमा सम्बोधन गर्दै पशु सेवा विभागका उप महानिर्देशक प्रेरणा सेढाइ भट्टराइले भेटेरिनरीमा आवद्ध चिकित्सिकहरुले पेशागत रुपमा विविध क्षेत्रमा काम गर्दै आइरहदा भेटेरिनरी दिवस २०२३ को अवसर पारी बन्यजन्तुको क्षेत्रलाई समेत समेटेर अगाडी लैजान खोजेकोमा धन्यवाद ब्यक्त गरेकी छिन् ।

प्रायजसो घरपालुवा जनवारको क्षेत्रमा काम गर्दै आइरहेको चिकित्सकहरुले बन्यजन्तुको क्षेत्रमा समेत चासो राख्न खोज्दा उनीहरुको व्यवसायिक क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने वताउदै भट्टराइले पोखरामा निर्माणाधिन जुलोजिकल पार्कको प्रवद्र्धनमा समेत कार्यक्रमले टेवा पु¥याउने विश्वास रहेको बताइन् ।
पोखरामा निर्माणाधिन जुलोजिकल पार्कमा आएर नेपाल भेटेरिनरी एशोसियसन गण्डकी प्रदेशले अवलोकन संगै सम्बाद कार्यक्रम गरेर यहाँ रहेका जीवजन्तुको बारेमा जानकारी लिएको पोखरा जुलोजिकल पार्कका भेटेरिनरी अफिसर किशोर आचार्यले जनाए ।
गण्डकी प्रदेशमा घाइते अवस्थामा फेला परेका बन्यजन्तुलाई उद्धार गरी राखिएको पोखरा जुलोजिकल पार्कलाई लक्षित गरी एशोसियसनले प्रदान गरेको औषधीजन्य सामाग्रीले त्यहां रहेका घाइते बन्यजन्तुलाई राहत पुग्ने भेटेरिनरी अफिसर किशोर आचार्यले जनाए ।

पोखरामा रहेको युनाइटेड क्लबको पहलमा २०७२ सालमा सिलान्यास भइ सुरु भएको जुलोजिकल पार्कमा हाल २२ प्रजातिका बन्यजन्तु रहेको वताउदै आचार्यले उद्धार गरी ल्याइएका बन्यजन्तुलाई उपचार पछि खुल्ला बासस्थानमा छोडिने गरेको वताए ।
घरपालुवा जनावारको मात्र नभइ बन्यजन्तुको संरक्षणमा समेत भेटेरिनरीयनहरु लाग्नुपर्ने आवश्यकता रहेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनामा कार्यरत भेटेरिनरीयन सुरेश नेपालीले जोड दिए । घरपालुवा भन्दापनि पछिल्लो समय मानिस र जंगली जनावर बीच द्धन्द्ध बढेका कारण बन्यजन्तुहरु घाइते अवस्थामा भेटिने क्रम वढ्दो रुपमा रहेको वताउदै नेपालीले त्यसतर्फ सम्पूर्ण भेटेरिनरीयनहरु लागेको खण्डमा समयमानै वन्यजन्तुको उद्धार हुन सक्ने वताए ।

बन्यजन्तुकै माध्यामबाट घरपालुवा जनवारहरुमा विभिन्न सरुवा रोगहरु आउने भएकाले बन्यजन्तुको संक्रमणबाट घरपालुवा जनवारलाई जोगाउनुपर्ने उनको भनाइ रहेको थियो । भेटेरिनरीयन सम्बाद समारोहमा जुलोजिकल पार्कका भेटेरिनरी अफिसर किशोर आचार्यले बन्यजन्तु उद्धारको वेलामा प्रयोग गरिने डार्ट गनको प्रयोगको वारेमा प्रयोगात्मक प्रशिक्षण समेत प्रदान गरेका छन् ।

Previous Post

महानगरमा कृषि एम्बुलेन्सको परिक्षण

Next Post

मनाङ्गमा पशु प्रजनन सेवाको स्थलगत शिविर : ‘पशुधन सुरक्षाका लागि सन्तुलित आहारको खाँचो’

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
मनाङ्गमा पशु प्रजनन सेवाको स्थलगत शिविर : ‘पशुधन सुरक्षाका लागि सन्तुलित आहारको खाँचो’

मनाङ्गमा पशु प्रजनन सेवाको स्थलगत शिविर : ‘पशुधन सुरक्षाका लागि सन्तुलित आहारको खाँचो’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In