• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

घिरिङ्गको पुट्टारमा कृषि उपज संकलन केन्द्र सूरु

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०८०, मंगलवार २०:५७
in कृषि बजार, के भैइरहेछ, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
घिरिङ्गको पुट्टारमा कृषि उपज संकलन केन्द्र सूरु
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

रामप्रसाद श्रेष्ठ, तनहुँ,

कृषि उपज उत्पादन गरिरहेका किसानहरलाई बजारसँग जोडन र व्यवसायिक उत्पादनमा प्रेरित गर्न तनहुँ घिरिङ्गको पुट्टारमा कृषि उपज संकलन केन्द्र सूरु गर्नका लागि किसानहरुलाई अभिमुखीकरण गरिएको छ । सन २०२१ देखि २४ सम्मका लागि लक्षित गरिएको नेपाली ग्रामिण समुदायका लागि सशक्तिकरण परियोजना (इआरसिएन) ले तनहुँ जिल्लाको घिरिङ गाउँ पालिका वडा नं १ को पुट्टार,बैतडी,भन्टार,अत्रौली,जगौली बन्टारमा कृषि उपज संकलन केन्द्र निर्माणका लागि किसानहरुलाई अभिमुखकिरण गरेको छ । कोरीयाली अन्तराष्ट्रिय गैरसरकारी संस्था ‘इआरसिएन’ ले २५ वटा कृषक समूह को ५८५ कृषकहरुलाई प्रत्यक्ष संलग्न गर्दै किसानलाई अभिमुख गर्दै आएको छ । परियोजनामा कृषक समूह २५ वटा २ वटा सहकारी , उर्भरा कृषि सहकारी र कालीगण्डकी कृषि सहकारी सहभागी भएका छन् ।

किसान समुह र सहकारी प्रतिनिधिहरुलाई हालै नेतृत्व विकास तालिम ,क्षमता विकास तालिम, वित्तीय क्षमता अभिबृद्धि तालिम, सहकारी ब्यावस्थापन तालिम, सहकारी लेखा ब्यवस्थापन तालिम उपलब्ध गराइएको छ ।
परियोजनाले पालिकाका माध्यमिक विद्यालयहरुमा बाल क्लब गठन गरी नैतिक क्षमता विकास तालिम, नेतृत्व विकास तालिम, सुरक्षित महिनावारी व्यवस्थापन तालिम पनि संचालन गर्दै आएको छ । परियोजनाको लक्षित समुदायको सक्रियतमा १ करोड ३० लाख लगानीमा कृषि उपज संकलन केन्द्रको निर्माण भई छिट्टै संन्चालनमा आउने जनाइएको छ ।

कोईका इआरसिएन परियोजना र स्थानीय सहमति संस्थाको सहयोगमा घिरिङ गाउँपालिका वडा नं १ मा कृषि, पशुपालन, स्वास्थ्य र आय आर्जनका क्रियाकलापमा संलग्न किसानहरुको उद्यम अनुगमन गरिएको छ । घिरिङ गाउपालिका वडा नं १ को बस्तीहरुमा २५ वटा कृषक समूह गठन गरी तरकारी तथा मासु उत्पादन, दलहन बाली उत्पादनमा सहजीकरण गर्दै आएको परियोजनाले उद्यम अनुगमन गरेको हो । कृषि सहकारी तथा कृषक समूहको माध्यमबाट बोयर जातका ब्याडे बोका ५० प्रतिशत मल्यमा, बाख्रा खोर सुधार, परम्परागत ब्यावसाय प्रोत्साहनमा आरन सामाग्री वितरण लगायतका उद्यममा लगानी गरिएको थियो ।


कोईका एकीकृत स्वास्थ्य तथा आय बृद्धि कार्यक्रम मार्फत नेपालका ग्रामीण समुदायको सशक्तीकरण परियोजनाले स्वास्थ्यमा मधुमेह, रक्तचाप जांचको लागि स्वास्थ्य स्वयं सेविका परिचालन गरी घर घरमा सेवा दिने ब्यवस्था मिलाएको छ ।
परियोजनाले कृषि उपज संकलन केन्द्र निर्माण गरि कृषकहरुको उत्पादन खरिद बिक्रीको ब्यवस्था मिलाउनका लागि निकट भविष्यमा ढुवानीको लागि गाडी सेवा पनि शुरु गरिने जनाएको छ ।

अनुगमनमा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापा , उपाध्यक्ष राधादेवी अधिकारी, वडा अध्यक्ष रवि चन्द्र घोरासिनी, सहमति संस्थाका महासचिव बेल प्रसाद पौडेल, कार्यक्रम संयोजक दिपक रानाभाट,फिल्ड संयोजक कृषि प्राविधिकहरु, सहकारी प्रतिनिधी ,कृषक र पत्रकारहरु सहभागी थिए । अनुगमन पछि समिक्षा गर्दै पालिका अध्यक्ष थापाले सरकारी निकायले कृषकको साथमा हातेमालो गर्ने बताउँदै किसानहरुलाइ उत्साहका साथ कर्म गर्न आग्रह गरे । सहमति संस्थाका महासचिव बेल प्रसाद पौडेलले कार्यक्रम अवधिभर आय आर्जनमा जोड दिने र परियोजना पश्चात आफु आफैमा आत्मनिर्भर रहि ब्यावसायिक बन्न कृषकहरुलाई आग्रह गर्दै स्थानीय सरकारलाई सहयोगी पात्र बनीदिन अनुरोध गरे ।

Previous Post

नयाँ भाष्यमा हिमवतखण्डको रामायण लेख्ने कार्यको आरम्भ गरौं

Next Post

किसानहरुको धानखेत शुद्धिकरण गर्ने हरेलो पर्व लोपोन्मुख

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

किसानहरुको धानखेत शुद्धिकरण गर्ने हरेलो पर्व लोपोन्मुख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In