• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चारै सिजन काँक्रो खेतीः एक सिजनमै आठ लाख कमाइ

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १३:०३
in फिचर
0
चारै सिजन काँक्रो खेतीः एक सिजनमै आठ लाख कमाइ
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ज्ञानु पंगेनी/आरसी टाइम्स
नवलपुर, मंसीर २०
नवलपुरका कावासोती चार हसौराका छन् वहादुर रजालीले तरकारी खेती गर्दै आएको बीस वर्ष भयो  । लामो समयदेखी कृषि पेशामा लागेका उनी जस्तोसुकै परिस्थीतमा पनि कहिल्यै विचलित नभइ कृषि उद्यममा लागिरेका छन्  । कृषि पेशाप्रतिको लगाव , मेहेनत र निरन्तरताले नै उनी अहिले एक सफल किसानको पहिचानमा दह्रीएका छन्  । कृषि पेशाबाट नै उनको जिवन स्तर माथी उठेको छ  । कुनै समय विदेश ताकौँ कि ? भन्ने सोँच बाउका उनले तरकारी खेती सुरु गरेपछि आयआर्जन हुन लाग्यो  । त्यसै आम्दानीले साहस दिएको उनले बताउने गरेका छन  । ‘तरकारी खेतीबाट नै राम्रो आम्दानी गर्न थालेपछि विदेश किन जानु भन्ने सोँच आयो  । त्यसैले आफ्नै देशमा पसिना बगाउने निर्णय गरे, राम्रो पनि भयो ’ रजालीले बताए  । तरकारी खेतीबाट गरेको आम्दानीले नै हसौरामा एक विघा जग्गा खरीद गरेको रजालीले बताए  । ‘सुरुआतमा तर थोरै क्षेत्रफलमा खेती गर्थे , अहिले आफ्नै एक विघा जग्गा किनँे , घर घरडेरी जोडे , घरपरिवार चलाउन , छोराछोरी पढाउन सबै यसैबाट पुगेको छ ’ रजालीले बताए  ।


रजालीले मौसमी र वेमौसमी दुब खालका खेती गर्दै आएका छन्  । अहिले उनको खेतमा काक्रा लटरम्म फलेका छन्  । उनले बढी मात्रामा लगाउने खेती भनेकै काक्रा हो  । काक्राको बजार राम्रो रहेको हुँदा उनले कम्तिमा चार सिजन काक्रा खेती गर्दै आएका छन्  ।  । त्यसबाहेक बोडी , भिन्डी , गोलभेडा, खुर्सानी लगायतका तरकारी खेती गर्ने गरेको उनले बताए  । कुनै प्राकृतिक प्रकोप , रोग किरा नलागे , भाउ राम्रो परेमा तरकारी खेतीबाट निकै राम्रो आम्दानी हुने गरेको उनको भनाई छ  । एक सिजनमा तरकारी खेतीका लागि करीब डेढ लाख रुपिँया लगानी लाग्ने गरेको उनले बताए  । खेती राम्रो भएमा र भाउ पाएमा एक सिजनमै बढिमा दश लाख रुपिँयासम्म आम्दानी हुने र सातदेखी आठ लाख रुपिँयासम्म नाफा हुने गरेको उनको भनाई छ  । वार्षिक रुपमा करीब बीसदेखी २५ लाख रुपिँयासम्म नाफ हुने रजालीले बताए  ।


सुरुआतका दिनमा खेती गर्दा धेरै दुःख कष्ट गनुपरेको सम्झदै उनी भन्छन् – ‘पछिल्लो समय त धेरै ठाउबाट अनुदान पाईन थालेको छ  । विभिन्न आधुनिक सामाग्री आएका छन्  । खेती गर्न पनि सहज हुँदै गएको छ  । ’
जिल्लामा प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगत ‘तरकारी जोन ’लागु भएपछि धेरै सहज भएको उनको अनुभव छ  । उनी मात्रै होईन अहिले यस क्षेत्रका अन्य किसानहरु समेत यस परियोजनाबाट लाभान्वित भएका छन्  । रजाली हात्तीबूढे कृषक समूहको अध्यक्ष समेत हुन्  । यस समूहमा ३० जना कृषक आबद्ध छन्  । अहिले सबै कृषकले गरेर यस क्षेत्रमा व्यवसायीक तरकारी खेती गर्दै आएका छन्  ।

 

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तरगत विभिन्न सामाग्री अनुदानमा सहयोग पाउँदा नयाँ किसान समेत तरकारी खेतीमा आकर्षित बनेको उनको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन ईकाइ पूर्वी नवलपरासीका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माका अनुसार ‘तरकारी जोन’ कार्यक्रम संचालन भएका क्षेत्रमा तरकारी उत्पादन वृद्धि गर्न किसानहरुलाई बिभिन्न तालिमहरु प्रदान , बीउबीजन , मल्चिङ्ग, सिचाईको प्रवन्ध , जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन , यान्त्रिकरणमा अनुदान उपलब्ध गराउँदै आइएको छ  । कावासोती नगरपालिकाको वडा न.४,९ ,१०, १२, १५, १६ र १७ यस्तै मध्यविन्दु नगरपालिकाको १, २ ,६ र ९ र हुप्सेकोट गाउँपालिकाको वडा एक देखी ४ न. सम्म गरि तीन स्थानीय तहको १५ वडा वडाको करीब ५ सय १० हेक्टर क्षेत्रफल ‘तरकारी जोन’ कार्यक्रममा समेटिएको छ ।

Next Post

सहुलियत कर्जामा विचौलिया हावी
साना उद्यमीहरु मारमा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सहुलियत कर्जामा विचौलिया हावीसाना उद्यमीहरु मारमा

सहुलियत कर्जामा विचौलिया हावी
साना उद्यमीहरु मारमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In