• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चैते धानमा कृषक पाठशालाः व्यवसायिक उत्पादनको प्रेरणा

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०७९, सोमबार २३:०३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
चैते धानमा कृषक पाठशालाः व्यवसायिक उत्पादनको प्रेरणा
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

कृषकहरुमा एकिकृत वाली र रोग नियन्त्रणका लागि शत्रुजिव व्यवस्थापनका जुक्ति सिकाउन पोखरा महानगरले चैते धान खेतिमा पनि १६ हप्ते कृषक पाठशाला सञ्चालन गर्दै चैते धान प्रबर्दनमा टेवा पुर्याएको छ  । पोखरा महानगरको २६ मा ६१५ रोपनीमा गरिएको चैते धान खेति प्रोत्साहन गर्न आइ पी एम कृषक पाठशाला संचालन गरिएको महानगर कृषि विकाश महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  । एकीकृत शत्रुजिव व्यवस्थापन विधिको प्रयोग गर्दै गरिएको धान खेतिमा पहिले भन्दा बढी फसल प्राप्त भएको किसानहरुले जनाएका छन्  । पहिलेका दिनमा प्रति रोपनी २, ३ मुरी फल्ने जग्गामा ७, ८ मुरी सम्म फलेको र अझै मल र सिचाई सहज नहुँदा सास्ती भोग्नुपरेको किसानहरुले बताएका छन्  । गत फाल्गुण पहिलो साताबाट सूरुभउको कृषक पाठशाला यहि साउन पहिलो सातासम्म चलेको थियो  । एकिकृत शत्रुजिव व्यवस्थापन विधिको प्रयोगबाट चैते धानका पाँच जात खेति गरिएको र प्रति हेक्टर सात टन धान फलाइएको बताइएको छ  ।
बर्खे धानको तुलनामा कम महेनत गरेर पनि धेरै उत्पादन लिन सकिने चैते धानलाई किसानको पहिलो रोजाईमा पर्ने गरि पोखरा महानगरपालिका कृषि महाशाखाले किसानका लागि मल,विउ र प्रोत्साहनका लागि कामका आधारमा मल््याङकन गरि सम्मान गरेको छ  ।


महानगरको विजयपुर सिंचाई प्रणलीबाट सिंचित हुने लेखनाथ क्षेत्रमा चैतेधानको पकेट क्षेत्रका रुपमा विकास गराउने उद्येश्यले सञ्चालीत कृषक पाठशालाको समापन गर्दै चैतेधान खेती गर्ने कृषकहरुलाई प्रोत्सानका लागि प्रति रोपनी नौ सय रुपियाँका दरले प्रोत्साहन रकम हस्तान्तरण गरिएको छ  ।
कृषकहरुका लागि प्रोत्साहन रकम हस्तान्तरण समारोहमा बोल्दै महानगर वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले किसानहरुको लागि समयमा मल विउ र ब्यवस्थीत सिंचाईका लागि पहल गर्ने प्रतिवद्धता जाहोर गर्दै आफनो वडामा उत्पादीत बस्तुले वडावासीको मागलाई पुग्ने गरि कृषि ब्यवसायिकरण योजना ल्याउने विचार राखे  ।

 


यस क्षेत्रको करिव छ सय १५ रोपनी क्षेत्रफलमा लगाईएको चैते धानको उत्पादन गत वर्षका भन्दा झन्डै दोब्वरले बृद्धि भएको र आगामी दिनमा पनि सुधारीएको चैते –५ को खेती गर्न सकिने सुझाव दिदै महानगरपालिकाले वडाको भौगोलिक वातावरण हेरेर प्रत्येक वडालाई कुनै एक वस्तुको पकेट क्षेत्रका रुपमा विकास गराउने योजना रहेको महानगर कृषि महाशाखाका प्रमुख मनहर कडरीयाले बताए  ।
किसान शारदा बरालको अध्यक्षता भएको कार्यक्रममा कृषि सञ्जाल पोखरा २६ का संयोजक धर्मराज पौडेल, कृषक खेम प्रसाद भण्डारी, शिवहरि ढुगाना, राधा सापकोटा, राममणि बराल र पुर्व वडा सदस्य रामकृष्ण जिसी लगाएतले समयमा कृषकले मल विउ नपाउदा भोग्नु परेको हैरानीले उत्पादनमा भएको कठिनाइका बारेमा बताए  ।

Previous Post

पशुपन्क्षी अस्पताल विकास समिति मोडलमा चलाउन प्रस्ताव

Next Post

परदेशबाट फर्किएर व्यवसायिक तरकारी खेतिमा रमाएका विन्दु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
परदेशबाट फर्किएर व्यवसायिक तरकारी खेतिमा रमाएका विन्दु

परदेशबाट फर्किएर व्यवसायिक तरकारी खेतिमा रमाएका विन्दु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In