• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चैते धान त फल्यो, बजारको पो चिन्ता

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार १९:३३
in ऋषिकृषि, कृषि बजार, फिचर, विकल्पको बाटो
0
चैते धान त फल्यो, बजारको पो चिन्ता
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

ज्ञानु पंगेनी/आरसी टाइम्स
नवलपुर,जेष्ठ २३
नवलपुरका किसानलाई अहिले चैतेधान स्याहार्ने चटारो छ । चैतेधान यसवर्ष निकै राम्रो उत्पादन भएको छ । लहलह झुलेका धानका फाँट देख्दा मनै आनन्दित हुन्छ । तर , स्याहार्ने बेलामा दिनहुँ भएको वर्षाले एकातिर किसान मार परेका छन् भने , अर्कोतिर उत्पादित धानको बजारको समस्याले किसान चिन्तित बनेका छन् ।
जिल्लामा कृषि ज्ञान केन्द्र मार्फत धान ब्लक कार्यक्रम सञ्चालन गरिएको छ । कावासोती नगरपालिकाको वडा नं १४ र १७ र गैंडाकोट नगरपालिकाको वडा नं. ११ मा धान ब्लक कार्यक्रम सञ्चालन भएपछि यहाँ धान खेती बिस्तार समेत भएको छ । धान खेतीको बिस्तारसंगै उत्पादनमा समेत वृद्धि भएको छ । तर , उत्पादित धानले उचित बजार भने , पाउन सकेको छैन् ।
कावासोती १४ कि किसान टिका महतो भन्छन् – ‘धान ब्लक कार्यक्रम सञ्चालनपछि चैते धान निकै राम्रो उत्पादन भएको छ । तर, बिक्री गर्न समस्या छ । ’ विगतका वर्षहरूमा सस्तो मूल्यमै केही व्यापारीलाई दिएको र केही घरमै ढुटो बनाउन प्रयोग गर्ने गरेको उनले बताए । ‘पहिले त महाजनहरु व्यापारी घरमा आएर लैजाने गर्दथे, सस्तोमै दिन्थ्यौँ
तर , गत वर्षदेखि आउन छाडे , कतिपय मिलबाट आँउछन् तर, धेरै सस्तो मूल्यमा लिन खोज्छन् , लगानी पनि नउठ्ने भएपछि हामिले ढुटो बनाएर गाईवस्तुलाई खुवाउँछौ । ’
यस्तै अर्का किसान भेदराज गुरौको पनि गुनासो उस्तै छ । ‘ढुटो किन्न गयो ४० रुपैयाँ किलो पर्छ धान बेच्न खोज्यो २८ रुपैयाँ किलो पर्छ । अहिले महाजन ( व्यापारी ) आउनै छाडे , बल्लबल्ल खोजेर व्यापारी ल्यायो मूल्य मिल्दैन् । ’
यहाँका किसानलाई वर्षामा उत्पादन हुने धानले खान पुग्छ । चैते धान बिक्री गर्छन् । बिक्री गर्न सधैँ समस्या हुने गरेको गुनासो किसानको छ । व्यापारी धेरै मोलमोलाइ गर्ने, उचित मूल्य नदिने गर्दा कतिपयले त्यसै भकारीमा थन्क्याएर राख्न बाध्य हुने गरेको बताएका छन् ।
यस क्षेत्रमा करिब २ सय किसानले चैते धान खेती लगाएका छन् । गैडाकोट ११ का अध्यक्ष समेत रहनुभएका किसान गोविन्द प्रसाद सुवेदीका अनुसार चैते धान खरीद गर्न नखोज्नुको एउटा कारण चिसोपना बढी हुनु हो भने अर्को भारतबाट सस्तो मूल्यमा धान भित्रनु हो । मिलका व्यापारी तथा खाद्य उद्योगमा धानको स्याम्पल लिएर देखाउँदा सुकाएर ल्याउन भन्ने , गोदाम गर्न मिल्दैन् भन्ने , भारतबाट ल्याएको स्टक छ , अहिले लिन्नौँ भन्ने गरेको उनको भनाई छ । चैते धान स्याहार्ने
बेलामा वर्षेनी पानी पर्ने हुँदा राम्ररी सुकाउन समस्या हुने उनले बताए । घरमा थन्क्याउँदा बिग्रने डर हुँदा चैते
धानलाई किसानले छिटै बिक्री गर्न खोज्ने गर्दछन् । यदी धान सुकाउने ड्रायर मेसिन र व्यवस्थीत गोदाम घर हुने हो भने , चैते धान बिक्री गर्न खासै समस्या नहुने उनले बताए ।
कृषि ज्ञान केन्द्र नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीले धानको बजारीकरणका लागि कार्यालय मार्फत पहल भईरहकोे बताइन् । जिल्लामा रहेका ठूला राइस मिलसंग कुरा गरिराखेको उनको भनाई छ । कतिपय मिललाई किसानसंग प्रत्यक्ष सम्पर्क गराउने काम गरेको उनले बताएकी छन् । गैंडाकोटको हकमा जय श्री फुडमा पनि कुरा गरिराखेको उनले बताइन् ।
टाइचीन र अनदीमा बजार मूल्यमा पनि कुनै समस्या नरहेको तर अन्य जातको बजारमा भने समस्या नै रहेको
प्राविधिकहरुले बताएका छन् ।
टाइचीन चिउरा बनाउने धान भएकाले बिक्री भइहाल्ने र अनदी स्थानीय स्तरमा समेत खपत हुने धान भएको कारण समस्या नभएको उनको भनाई छ । तर अन्य हर्दीनाथ , चैते ४ र ,चैते ५ भने खायनमा मात्रै प्रयोग हुँदा बजारको समस्या रहेको बताइन्छ । । चैते धान चिसो भएकै कारण खरीद गर्न नखोज्ने गरेको पाईएको र सुकाउने प्रविधी भित्राउन सके बजारको समस्या समाधान हुनेमा विश्वस्त हुन सकिने उनको दावी छ । कुनै किसान वा समूह तयार रहेमा ज्ञान केन्द्रले अनुदानमा त्यस्ता प्रविधी प्रदान गर्न पहल गर्ने उनले बताइन् ।
जिल्लामा धान ब्लक सञ्चालनपछि क्षेत्र बिस्तार र उत्पादनमा वृद्धि भएको ज्ञान केन्द्रको दावी छ । ब्लक कार्यक्रम सञ्चालन गर्नुअघि यहाँका किसानले करिब ४ सय हेक्टर क्षेत्रफलमा धान खेति गर्दै आएका थिए । अहिले करिब ३ सय हेक्टर क्षेत्रफल बिस्तार भएको चौधरीको भनाई छ । अहिले ७ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको उनले बताइन् ।
गत वर्ष पनि अघिल्लो वर्ष भन्दा धानमा वृद्धि भएको थियो ।
गत वर्ष १८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । भने यस वर्ष २८ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको चौधरीले जानकारी दिएकी छन् ।
ब्लक कार्यक्रम अन्तरगत किसानलाई कूलो, नहर लगायतका पूर्वाधार निर्माण , यान्त्रीकरण र बीउबीजन तथा प्राविधिक ज्ञान प्रदान ,
अन्तर जिल्ला भ्रमण लगायतका कार्य भएको जनाइएको छ ।
जिल्लामा चैते धानमा केही रैथाने जात भेडे अनदी, टाईचीन लगाइन्छ भने, अधिकाशंले, हर्दीनाथ , चैते ४ र चैते ५ जातको धान खेती गर्छन् ।
कावासोतीका किसानले यसपटक नयाँ जातको धान चैते ५ जातको धान लगाएका छन् । यहाँ पहिलो पटक चैते ५ को खेती गरिए पनि उत्पादन राम्रो भएको किसानको भनाई छ ।

Previous Post

‘बजेटले वाँदर धपाउला र ?’

Next Post

धानमा उन्नत जातको प्रयोग बढ्दो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि पत्रकारिताको पहिचान र रैथाने प्रभावहरु

धानमा उन्नत जातको प्रयोग बढ्दो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In