• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चोखो अन्न र आध्यात्मिक साधनाका लागि हिमालय नै किन रोजीयो ?

आरसी टाइम्स by आरसी टाइम्स
१४ मंसिर २०७९, बुधबार १९:२०
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, पर्यटन, फिचर, विकल्पको बाटो, विचार
0
चोखो अन्न र आध्यात्मिक साधनाका लागि हिमालय नै किन रोजीयो ?
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

 

कुलराज चालिसे, पोखरा
पौराणिक चक्रवर्ती राजा भरतले मात्र होइन महाभारतका प्रमुख पात्रहरु सवैले जीवनको उत्तराद्र्धमा मुक्तिक्षेत्रको वास रोजे  । उनिहरु सशरीर मुक्तिक्षेत्रमा आएका थिए भनिन्छ  । उनिहरु महापुरुष मध्यका थिए, योग अभ्यासको सहारामा गर्मीमा अग्निताप र चिसोमा शिततापको अभ्यास गरेर शरीरलाई वातानुकुलित बनाएका थिए  । त्यसैले आउन सकेका होलान्  । त्यो मार्ग सवैको निमित्त सुगम हुदैन  । त्यसैले विकल्प पनि खोज्नुपर्छ  । शास्त्रको शुक्ष्म अध्ययन गर्ने हो भने अन्य साधारण आत्माको निमित्त अग्नियान र जलयान नै देशाटन गर्ने सवारी साधन भएको अनुमान गर्न सकिन्छ  । त्यस्मा पनि जलयान प्रमुख साधन हुनुपर्छ  । अग्नियानको प्रणेता ऋषि विश्वामित्र र जलयानको प्रणेता ऋषि वसिष्ठ भनेर यस अगाडी नै चर्चा गरेका थियौ  । अग्निको स्रोत सूर्यनारायण हुन्, जस्ले सृष्टि गर्ने र मिति पुगे पछि भष्म गर्ने दुवै काम गर्छन्  । सूर्यको सृष्टि गर्ने क्षमतालाई जीवजगतमा प्रकट गर्ने कार्य पानीको हो  । त्यो पानी सूर्यको प्रेरणामा स्वर्ग, मत्र्य र पाताललोकमा नित्य परिक्रमा गरिरहन्छ  ।

त्यस भ्रमणमा पानीको जीवनपयोगी गुणस्तर परिवर्तन भैरहन्छ  । त्यस्तो गुणस्तर उचाई अनुसार फरक हुन्छ  । ध्रुवप्रदेशको पानी गुणस्तरको शिखरमा हुन्छ  । तर त्याहाँ दिनमान र रात्रीमान सामान्य जीवको निमित्त अनुकुल हुँदैन  । छ महिनाको दिन र रात कुम्भकर्णादि असुरको निमित्त मात्र अनुकुल हुन्छ  । चौविसघण्टाको दिनरातमा ध्रुवप्रदेशको गुणस्तरमा जीवनयोपगी पानीको चक्र नियमित गर्न ब्रह्मले हिमालको रचना गर्नुभयो  । बाह्रघण्टा आसपासको अन्तरालमा दिनमान रहने र वायुमण्डलमा शुद्ध भएको गुणस्तरीय ताजापानीको कारणले हिमालक्षेत्र औषधि गुणस्तरका जैविक विविधताको भण्डार बन्न गएको छ  । जैविक विविधताको भण्डार भन्नु पवित्र आत्माहरुले जलकणमा यात्रा गरेर हिमालमा पून शरीर धारण गर्छन् भनेको हो  । कारण अन्नको अन्तिम उपादयता सन्तानको निरन्तरता नै हो  । अन्नले शरीर बन्छ, त्यसैमा आत्माले बास गर्छ  । त्यसैले देवताले मात्र होइन शक्ति प्राप्त गर्न महावीर दैत्यहरुले पनि तपस्याको निमित्त हिमाललाई नै रोजे  । हिमालयको कुन खण्ड उनिहरुको प्राथमिकतामा पर्याे भन्ने वादविवाद भै रहन्छ  । हामी हिमालयमा सीमारेखा कोर्ने विवादमा पस्दैनौ  । धर्म नमान्ने चिनमा कैलाश र मानसरोवर छ भनेर अर्काे कैलाश र मानसरोवर खडा गर्ने पक्षमा हामी छैनौ  । जहाँसम्म शालिग्रामशिला उपलब्ध हुन्छ, त्यो स्थान पवित्रताको शिखरमा हुन्छ भन्ने विश्वास हामीलाई छ । सामुन्द्रिक वज्रकीट हिमाल चढेर शालिग्राम बनेर पूजीए  । यो एक प्रकारले आत्माको देशाटन हो, देशाटन पश्चात हिमवतखण्डमा मुक्तिको उदाहरण हो  ।


शालिग्रामलाई भगवान विष्णुको अर्चावतार भन्ने मत दह्रो छ  । तर एउटै भगवानले एकै नदीमा त्यति धेरै संख्यामा अवतार किन लिनुभयो भन्ने प्रश्नलाई त्यो तर्कले सम्बोधन गर्न सक्दैन  । मुक्तिक्षेत्रका यावत जीवहरुमा चक्रचिन्ह अंकित हुन्छन् भन्ने शास्त्र वचनलाई मनन गर्ने हो भने शालिग्रामलाई मुक्त आत्माले त्याग गरेको जीवाशेष पनि भन्न सकिन्छ  । हाम्रो वहस शालिग्रामको अर्चावतार प्रकरण सिद्ध गर्न भन्दा जीवनमुक्तिको निमित्त सवैभन्दा उत्तम भौमतीर्थ मुक्तिक्षेत्र हो भन्ने तर्क शास्त्र वचनबाट प्रमाणित गर्नु रहेको छ ।
आत्माले जलयानको सवारीमा हिमालसम्म पुगे पछि सकेसम्म फर्कन चाँहदैन  । हिउँमा जमेर केहि समय अडकीय पनि हिउँ पग्लिदा वगीहाल्छन्  । चरा, कीरा, जनावर वा वनश्पती जे भएपनि शरीर धारण गर्न पाएनन् भने पूर्वजन्मको पूण्यकार्यले बल्लबल्ल मुक्तिक्षेत्र पुगेको आत्मा पानी संगै सागर जान बाध्य हुन्छन्  । त्यो आत्माको निमित्त दुःखको क्षण हुन्छ  । जलयानमा यात्रा गरेको आत्माले शरीर धारण गर्न अन्नमा प्रवेश गर्नुपर्छ  । हिमालमा पुगेको पानी अन्नमा प्रवेश नगरी पून समुन्द्रमा पुग्नु यस मानेमा पाप हो  । हिमालीपानीलाई अन्नमा परिणत गर्नु अत्यन्त पूण्यको काम हो  । “न कञ्चन वसतौ प्रत्याचक्षीत” तैत्तिरीयोपनिषद्, भृगुवल्ली, दशौं अनुवाकमा उल्लेखित यो मन्त्रले वास बस्न आएका आत्मालाई नफर्काउने उपदेश दिएको छ । आधुनिक यातायातको सुविधा उपयोग गरेर सशरीर हिमालमा आएका आत्मा वास बसे पनि त्यस्तो वास क्षणिक हुन्छ । उपनिषद्को मन्त्र क्षणिक वासको निमित्त होइन । दिर्घकालिन वास आत्माले अन्नमा प्रवेश गरेर शरीरमा रुपान्तरण भएपछि मात्र हुन्छ । अर्थात पर्यटकीय देशाटनले जीवनमुक्तिको निमित्त प्रेरणा मात्र दिन्छ, मुक्त हुन त मुक्तिक्षेत्रको अन्न रजवीर्यमा परिणत भएर पून शरीर धारण गर्ने पर्छ  । कयादुले नारदको अन्न खाएर प्रह्लादलाई जन्म दिनु र सीताआमाले वाल्मिकी आश्रमको अन्न खाएर लवकुशको जन्म दिनु यो कथनको राम्रो दृष्टान्त हुन्  । अर्काे दृष्टान्त चक्रवर्ती राजा भरतले जडभरतको जन्मसिद्ध शरीर धारण गरेर मुक्ति पाएकोलाई लिन सकिन्छ  ।

हिमवतखण्ड गृहस्थहरुको वास्तविक आवासक्षेत्र होइन  । भेडा गोठालाको पनि होइन  । हाम्रा पुर्खाहरु घरबार जिम्मा लगाएर वानप्रस्थ आश्रमको खोजिमा तथा भेडालाई चरन खोज्दै यता आएका हुन्  । उनिहरुको भोग नसकीएकोले फेरी घरजाम हुँदा हामी जन्मिन पुग्यौ  । त्यसैले हामी जोग्गिन नसकेका जोगी तथा गोठालाका सन्तान हौ  । गोठाला र जोगीका सन्तान आपसमा मिलेर बस्यौ, नयाँ सस्कृतिको विकास गर्याै । त्यसमाथी भारतमा शासन गर्न आइपुगेका मुगलको अत्याचारबाट शास्त्रका पाण्डुलिपि जोगाउन समथरको वनजंगल छिचोलेर पहाड उक्लिएका गृहस्थ सन्त महन्तको सन्तान थपियो  । उनलाई पनि शरण दियौं  । हामी मध्य धेरै तिनैका सन्तान हौं । मंगोलीया देखि भेडिगोठ सार्दै आएकाहरुसंग प्राकृत धर्मको व्यवहारिक ज्ञान थियो  । शास्त्र वचनलाई उनिहरुले अपनाएको जीवन सस्कृतिसंग समन्वय गरेर आर्य पुर्खाहरुले भागिरथीको मैदानमा अपनाईएको सस्कृतिलाई विशिष्टकृत गरे । हामी तिनै पुर्खाका सन्तान हौ । त्यसैले हाम्रो अन्न चयन र उत्पादन पद्धत्ति देहशुद्धिको निमित्त विशिष्ट छ  । यस्ले संचितकर्मको नास गरेर क्रमशः मुक्तिको मार्गमा सहजीकरण गर्छ । यस्को निमित्त तीर्थाटन मात्र प्रयाप्त हुदैन, शरीरको कोष कोषमा विस्तारित वंशाणुगत गुणको शुद्धिकरण आवस्यक हुन्छ  । भौमतीर्थको दृष्टिले हाम्रो भूमि ठिक छ तर जंगमतीर्थको गुणस्तर हामीले कायम गर्न सकेका छैनौ  । यस मानेमा हामी जोग्गिन नसकेका जोगीका सन्तान हौ । हामीसंग जीवनमुक्तिको अवसर छ तर त्यसलाई सदुपयोग गर्न सकेका छैनौ  । हामीले मुक्तिक्षेत्रको गन्तव्य त्याग गरेर भागिरथी मैदानलाई लक्ष बनाएर जीवन सस्कृति रुपान्तरण गर्दैछौ, श्रीमुक्तिनाथमा प्रदर्शन हुने समन्वयात्मक अभ्यासको अन्तर्य चटक्कै विर्सन लागेका छौ  ।

मुक्ति, मुक्ति मुक्ति ः आध्यात्मिक प्रवचनमा धर्मगुरुहरुले सुनाउने सार सन्देश यही हो  । सामान्य टाउको दुख्दा पनि अस्पतालमा उपचार गर्न जाने भक्तजन पनि गुरुको उपदेश सुनेर मुक्तिको कुरा गर्छन । जायज नाजायज जसरी पनि धन संग्रह गर्न तल्लिन मनुवा पनि गुरुको चरणमा भेटी अर्पण गरेर मुक्तिको कामना गर्छन्  । मुक्ति भनेको के हो र कसरी प्राप्त हुन्छ भनेर नजान्नेले पनि मुक्तिको राग अलापेर मुक्तिक्षेत्रको तीर्थयात्रा गर्छन् । कागवेनीमा श्राद्ध गर्दैमा र १०८ धारामा स्नान गरेर मुक्तिनाथको दर्शन गर्दैमा कसैको मुक्ति हुने त होइन ।

यस सन्दर्भमा चक्रवर्ती राजा भरतको दृष्टान्त यस अगाडिनै चर्चा गरेका छौ  । मुक्तिक्षेत्र बाहिरका तीर्थयात्रीले वर्तमान शरीर त्याग गरेर यहीको पानीमा उब्जेको सीताबाट देहको विकास गरेर सम्पन्न हुने कर्मले मात्र मुक्तिको मार्ग प्रसस्त गर्ने हो भन्ने नबुझेसम्म मुक्तिको मार्ग पहिल्याउन सकिदैन । मुक्तिक्षेत्रको पानी अन्नमा रुपान्तरण भएपछि त्यै अन्नको सहारामा बनेको शरीरले कर्म गर्दा मुक्तिको ढोका खुल्ने हो । यस्को अर्थ मुक्तिक्षेत्रको अन्नले बाहिरका श्रद्धालुलाई निमन्त्रणा दिएर अर्काे जन्ममा त्यो आत्माले मुक्तिक्षेत्रका आमाको गर्भबाट शरीर धारण गरेपछि मात्र मुक्तिको प्रकृया सुरु हुने हो ।

 

अर्काे शब्दमा भन्ने हो भने मुक्तिक्षेत्रको हरेक जलविन्द सजिव हुन्छन् र उक्त जलयानबाट आत्माले मुक्तिक्षेत्रमा शरीर धारण गर्ने हुन्  । त्यस्तो शरीर मानव देहको नै हुनुपर्छ भन्ने हुँदैन कीरा, पुतली, चरा वा पशु जस्को देह भएपनि चक्रवर्ती भरतले जस्तै पूर्वजन्मको चेष्टा आएर मुक्तिको मार्गमा हिडने हो । भागवत्मा उल्लेखित भरतको आत्माले तीनवटा शरीर धारण गरेको दृष्टान्त याहाँ भुल्न मिल्दैन  । पहिलो चरणमा मुक्तिक्षेत्रको सजिवपानीमा उब्जेको अन्नबाट मुक्तिको चाहना जगाउने र दोस्रो चरणमा यहीको अन्नपानीले पूर्णपोषित भएको देहले मुक्तिको निमित्त कर्म गरेमा आत्मोद्धारको सम्भावना हुन्छ  ।
मुक्तिक्षेत्रले मुक्तिकामी आत्मालाई निमन्त्रणा तथा वास दिन कञ्जुस्याई गर्न हुँदैन  । त्यसको निमित्त मुक्तिक्षेत्रमा वर्षा हुने हरेक थोपा सजिवजललाई अन्नमा रुपान्तरण गरे पुग्छ  । त्यही नै धर्म हो  । त्यही नै कर्म हो  ।

Previous Post

हिउँदे बाली खेती अभियानमा कृषक परिचालन

Next Post

उन्नत जातका बीउ आलु उत्पादनको अनुगमन

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
उन्नत जातका बीउ आलु उत्पादनको अनुगमन

उन्नत जातका बीउ आलु उत्पादनको अनुगमन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In