• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चोेखोपानीको आस्था अक्षतामा रुपान्तरण गर्ने जुक्ति

सीतायन वहस :

आरसी टाइम्स by आरसी टाइम्स
८ पुष २०७९, शुक्रबार १७:५३
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, फिचर, विकल्पको बाटो
0
चोेखोपानीको आस्था अक्षतामा रुपान्तरण गर्ने जुक्ति
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

 

कुलराज चालिसे , पोखरा ।
कैलाश उद्गम भइ दक्षिण वाहिनी वग्ने अलकनन्दा भागिरथीको शिर हुन्  । पूराण प्रमाण यही हो  । कैलाश र मानसरोवरको पहिचानमा कुनै दुविधा छैन  । पश्चिम तिव्वत स्थित यो आस्थाको केन्द्र चिनियाको निमित्त भन्दा भारतीयको निमित्त महत्त्वपूर्ण छ  । भागिरथी अवतरणको सन्दर्भमा उल्लेखित पवित्र नदी यिनै हुन्  । नेपालको दुर्गम जिल्ला हुम्लाबाट नेपाल प्रवेश गर्ने यो नदी कर्णालीको प्रधान नदी हो  । अयोध्यामा सरयुको नामले र तत् पश्चात घाघ्राको नामले परिचय पाएको यो नदी रामायण वर्णित पवित्र नदी हो  ।

अयोध्यामा पवित्रताको शिखर मानीएको सरयुको शिर अववित्र हुनै सक्दैन  । तर आप्mनो आश्रमको महत्त्व बढाउन र तात्कालिन अवस्थामा कैलाश र अलकनन्दाको समानान्तर उद्गम स्थापित गर्न कर्णालीको आध्यात्मिक महत्त्व घटाउन आवस्यक भए अनुरूप कर्णालीलाई राक्षस ताल उद्गम भएको र अपवित्र तथा अलक्षिनको कारण भएको कुत्सित प्रचार भारतीय कथावाचकबाट गरीएको थियो  ।

हामी अहिलेसम्म त्यसैको भ्रमजालमा छौ  । त्यसैको कारणले गर्दा कर्णाली प्रस्रवण अहिलेसम्म तीर्थस्थल बन्न सकेको छैन  । कर्णालीलाई राक्षसतालको निकाश भएको प्रचार गरे जस्तै श्रीकृष्णागण्डकीलाई काली वेस्याको उपमा दिने दन्त्यकथा नभएको पनि होइन  । शालिग्रामी श्रीकृष्णागण्डकीको नाम स्थानीय जनजिब्रोमा कालीगण्डकी बनाउने प्रयासमा शास्त्रको भन्दा त्यै लोककथाको विस्तार गरीएको छ  । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य भैसक्नुभएका प्राज्ञ तुलसी दिवसले संकलन गर्नुभएको लोककथाको संग्रहलाई प्रज्ञा प्रतिष्ठानले २०३२ मा नै प्रकाशन गर्दा एक नम्बरमा नै काली वेश्या र कालीखोला शिर्षकमा प्रकाशन गरेको कथाले त्यही संकेत गरेको छ  । पाल्पाबाट संकलित उक्त कथालाई कुनै पुराण तथा उपनिषत्ले उल्लेख गरेका छैनन्  । काली वेश्याको कथा फगत दन्त्यकथा मात्र हो  । काली वेश्याको भ्रम चिर्न वराहपुराणको सहारामा काशीराम कश्यपले सत्रौ शताब्दिमा नै गण्डकी माहात्म्यको रचना गर्नुभयो  । योगी नरहरिनाथले हिमवत खण्डको संकलन गर्नुभयो  । तैपनि हामी श्रीकृष्णागण्डकीलाई कालीगण्डकीको नामले पुकार गरेर त्यै काली वेश्याको लोककथालाई सघन मान्यता दिदै छौ  । सरकारी कामकाज, दस्तावेज तथा पाठ्यक्रममा कृष्णागण्डकी भन्दा कालीगण्डकी नामलाई प्रचलनमा ल्याउदा देवी मान्यताको श्रीकृष्णागण्डकी भन्दा काली वेश्याको पहिचान सघन हुँदै गएको छ  ।

पुराणहरूमा श्रीहरिको अर्चावतार विग्रह मानीएका शालिग्रामको पहिचान स्थापित नभएको भए भारतीय सन्तले श्रीकृष्णागण्डकीको पहिचान समेत कर्णालीको जस्तै बनाउने थिए  । भारतवर्षका अन्य नदीको गर्भमा मुक्तिक्षेत्रको जस्तै गुणस्तरीय शालिग्राम प्रयाप्त पाउने भएको भएमा पनि कृष्णागण्डकीको पहिचान लोप भइसक्थ्यो  । सौभाग्यले पुराण वर्णित, दामोदर हिमाल उद्गम भएका शालिग्रामी पहिचान सहितको नदीमा कृष्णागण्डकी मात्रै भएकोले लोककथाको माध्यमबाट हुने सुनियोजित प्रहार सफल हुनसकेका छैनन्  । किनभने आआप्mनो आश्रम र गुरु केन्द्रित कथावाचकहरूले शालिग्रामको विरुद्ध प्रचार गरेमा आफै पनि समाजबाट तिरस्कृत हुने तर्कमा उनिहरू सचेत छन्  । तैपनी उनिहरू वेश्यालाई पनि उद्धार गर्न सक्ने शक्ति केवल शालिग्राममा मात्र रहेको व्याख्या गरेर शालिग्रामी नदी र शालिग्रामको पहिचान अलग अलग गर्ने असफल प्रयास गरेका हुन्छन्  ।

आधुनिक बजारशास्त्रले कुनैपनि उत्पादनको वस्तुगत र स्थानगत महत्त्वलाई भिन्दाभिन्दै विवेचना गरेको हुन्छ  । स्थानगत महत्त्वलाई मनलाग्दी स्थानान्तरण गर्न सकिदैन  । त्यस्तो महत्त्व उपभोगको निमित्त उपभोक्ता स्वयं नै त्यस स्थानमा जान बाध्य हुनुपर्छ  । तर वस्तुगत महत्त्वलाई स्थानान्तरण गर्न सकिन्छ  । आजको दिनमा पशुपतीनाथको मन्दिर अमेरिकामा पनि बनाईएको छ  । काठमाण्डौको वागमती किनारमा अवस्थित श्रीपशुपतिको स्मरण गराउन अन्यत्र निर्माण गरिने पशुपतिनाथले योगदान दिन सक्छन् तर वागमती किनारको पशुपतिको स्थान तिनिहरूले कहिल्यै लिन सक्दैनन्  । मुक्तिनाथको मूर्ति लगेर वद्रिनाथमा स्थापित गर्दा र मुक्तिनाथमा धातुबाट निर्मित मूर्ति राख्दा पनि वद्रिनाथको शालिग्रामी पहिचान स्थापित भएन वा मुक्तिनाथको शालिग्रामी पहिचानमा ह्रास आएन  । वनारसको भागिरथी किनारमा पशुपतिनाथको मन्दिर बनाएर प्रचार गर्दा पनि काठमाण्डौको पशुपतिनाथको महिमा मेटाउन सकेनन्  । वस्तु महत्त्व र स्थान महत्त्वको पहिचान गर्न उक्त दुई उदाहरण प्रयाप्त छन्  । भारतीय प्रकाशकले स्कन्दपुराणमा हिमवतखण्ड हटाउदैमा हिमवतखण्डको पहिचान लोप हुन सक्दैन  । हिमवतखण्ड रहिञ्जेल वैष्णवी श्रीकृष्णा र शाम्भवी त्रिशुलीको अस्तित्त्व लोप हुन सक्दैन  । भागिरथीको गुणस्तर यस्तै गतिले ह्रास हुदै जाने हो भने नेपालका देवनदीहरू पवित्रताको शिखरमा अझै चुलिदै जान्छन्  । भारतीय कथावाचकले प्रयास गर्दैमा यिनको पवित्रतामा ह्रास आउँदैन  ।

बजार अर्थशास्त्रमा आस्थाको पनि मूल्य हुन्छ  । त्यस्तो आस्थालाई मूल्य शृङ्खलामा रणनीतिक उपयोग गर्न सकिन्छ  । त्यसै उद्देश्यमा हामीले सीतायन वहस चलाएका थियौं  । हामीले मिथिला प्रदेशमा केन्द्रित सीताआमाको महत्त्व हिमाल प्रदेशमा विस्तार गर्न सीताआमाको पूर्वरूप वेदवतीको चर्चा गरेका थियौ  । हामी त्यत्तिमा सिमित रहेका थिएनौ  । सीताआमालाई कालीआमामा चित्रण गरेका थियौ  । हामीले चर्चा गरेको कालीआमा प्राज्ञ तुलसी दिवसले संकलन गरेको काली वेश्याको लोककथा नभएर देवादिदेव श्रीमहादेवको आध्यशक्तिको दृष्टान्त वेद, उपनिषत् र पुराणको आधारमा गरेका थियौ  । हामीले सम्वोधन गरेको कालीगण्डकीमा माहाकालीको स्वरूप देखेका थियौं  । धवलेश्वर श्रीमहादेव र अन्नपूर्णादेवीको भिक्षा आदान प्रदानको दृष्टान्तमा श्रीकृष्णागण्डकीको चोखोपानीलाई मन्दिरमा चढाउने अक्षतामा स्थानान्तरण गर्न खोजेका थियौं  । त्यसमा पनि वेद, उपनिषत् तथा पुराणको सहारा लिएका थियौ  । हाम्रा यावत प्रयास सीताआमाको छवि श्रीकृष्णागण्डकी प्रस्रवणमा वर्षा हुने उच्च गुणस्तरको चोखोपानीलाई शालिग्रामको पहिचान सहित अक्षता मूल्यमा स्थानान्तरण गर्ने रहेको थियो  । भारतमा सीताआमालाई आस्था गर्ने एक अरव हिन्दुले प्रतिदिन एक ग्राम अक्षता चढाउदा पनि एक दिनमा १००० टन चामल अक्षतामा खपत हुन्छ  । त्यस्को एक प्रतिशत मात्र बजार हिस्सा गण्डकी प्रस्रवणले लिन सकेमा मात्र पनि प्रतिदिन १० टन अक्षता निर्यात हुनसक्छ  । १० टन अक्षताले प्राप्त गर्ने मूल्यले ३० टन चामल आयात गर्न सकिन्छ  । भारतका सवै हिन्दुले प्रतिदिन अक्षता चढाउदैनन् भन्ने तर्क गर्न सकिन्छ  ।

हामीले औसत एक ग्रामको हिसाव गर्दा पूजा, श्राद्ध तथा मन्दिरहरूमा दैनिक भोग लगाउने किलो का किलो चामललाई पनि एकग्राममा हिसाव लगायौं  । क्रयशक्ति भएका परिवारले गर्भवती बुहारीबाट असल संस्कारका सन्तान जन्माउन अक्षता गुणस्तरको अन्नप्रास गराउन सक्छन् भन्ने मान्यतालाई सम्भावनाको विश्लेषण गर्ने आधारमा लिएका थियौ  । गण्डकीप्रदेश सरकारले चाहेमा बजार प्रवर्धनमा धेरथोर लगानी गरेर त्यो बजार हिस्सामा कब्जा गर्न सक्छ  । त्यस्को निमित्त श्रीकृष्णागण्डकीको चोखोपानीमा उठने यावत जिज्ञासाको समाधान गर्नुृपर्छ  । त्यस मानेमा श्रीकृष्णागण्डकीलाई महाकाली भगवतीको द्रवरूप स्थापित गर्न भन्दा काली वेश्याको पहिचान प्रसार गर्ने कार्य भएमा माथी उल्लेखित बजार लाभ लिन सकिदैन  । भारतबाट प्रसारण हुने साधना टिभिले १६ अगस्त, २०२१ मा कथावाचक अनिरुद्धाचार्यको प्रवचनमा गण्डकीको पहिचान दिदा काली वेश्याको लोककथालाई आधार बनाउदा हामीलाई चित्त दुखेर आयो  । आप्mनै सरकारी स्वामित्वको प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको प्राज्ञको संकलनमा नै प्रथम स्थान प्राप्त गरेको लोककथालाई बढाई चढाई गरेर भारतीय कथावाचकले प्रसारण गर्दा विरोध गर्ने आधार पनि नहुने रहेछ  ।

“दर्शनात्स्पर्शनात्पानात्तथा गंङ्गेति कीर्तनात्” भन्ने वृहन्नारदीय पुराणको उद्गारलाई विकृत गरेर साहित्यिक रङ्ग समेत घोलेर “गण्डक्या गमनम् पूण्यम्, दर्शनम् पाप नाशनम्  । आलिंङ्गनम् महापूण्यम्, चुम्वनम् मोक्षदायकम ।।” पनि भन्ने प्रयास साहित्यकारबाट भएको पनि छ  । गण्डकीमा गमनम्, आलिंङ्गनम्, चुम्बनम् जस्ता शब्द प्रयोग गरेर काली वेश्याको लोककथालाई संस्कृत शब्द प्रयोग गरेर विश्वासीलो बनाउने प्रयास भएका छन्  । हामीले त्यही भावलाई वृहन्नारदीय पुराणको कोशौ दुरीबाट गण्डकीको नाम संकीर्तन गर्दा पनि पूण्यलाभ हुन्छ भने दर्शन, मार्जन, स्पर्श तथा स्नानको पूण्य सन्दर्भभा बखान गरेरै नसकिने तर्क अगाडी सार्नुपर्छ  । आदि शंकराचार्यले श्रीकृष्णागण्डकी उपर रचना गर्नु भएको श्लोकलाई विस्तार गरेमा कथावाचकले सम्प्रेषण गर्ने भ्रमपूर्ण प्रवचनलाई मित्थ्या सावित गर्न सकिन्छ  । सरकारले चाहेमा श्रीकृष्णागण्डकी हरेक थोपा चोखोपानीलाई उच्च महत्त्व स्थापित गरेर अक्षतामा स्थानान्तरण गरेर व्यापारिक लाभ लिन सकिन्छ  ।

Previous Post

सुनाखरी गाउँ पञ्चासेमा मेला हुने

Next Post

व्यवसायिक पशुपालनको सर्भेक्षण नतिजा जारी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
व्यवसायिक पशुपालनको सर्भेक्षण नतिजा जारी

व्यवसायिक पशुपालनको सर्भेक्षण नतिजा जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In