• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चौंरीका वाच्छा–वाच्छी जोगाउन गाह्रो, स्याउका बेर्ना नसरेर क्षति

हिमाली जिल्लामा कृषिका चुनौति  

आरसी टाइम्स by आरसी टाइम्स
१२ भाद्र २०८०, मंगलवार ०७:३०
in कृषि बजार, के हुँदैछ, फिचर
0
चौंरीका वाच्छा–वाच्छी जोगाउन गाह्रो,  स्याउका बेर्ना नसरेर क्षति
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
मनाङ्ग, भाद्र ११
पर्वतको हिमाल पारिको जिल्ला मनाङ्गमा कृषि र पशु विकासका क्षेत्रमा गत वर्ष गरिएका लगानी तथा क्रियाकलापहरको संयुक्त समिक्षा गरिएको छ  ।  गत भाद्र ६ गते मनाङ्गका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत वर्षको प्रगति समिक्षा र चालु आर्थिक वर्षमा संचालन गरिने कृषि वजेट क्रियाकलापहरुको सार्वजनिकीकरण गरे  ।
मनाङ्ग जिल्ला समन्वय समिति प्रमुख चिनवहादुर घलेको अध्यक्षतामा संपन्न भएको समिक्षामा चामे गाउपालिकाका अध्यक्ष लोकेन्द्रवहादुर घले, प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनाल लगायत विभिन्न सरकारी, गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, वडाध्यक्ष्यहरु, ब्यवसायिक कृषकहरु, स्थानीय तह पशु सेवा र कृषि सेवा शाखाका प्रमुख तथा प्रतिनिधिहरु गरि ७० जनाको सहभागिता रहेको थियो  ।
 उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्रको तर्फबाट राजेश्वर सिलवाल र भेटेरिनरी अस्पतालको तर्फबाट नारायण कुसुमले छलफलपत्र पेश गरेका थिए भने भेटेरिनरी अस्पतालका अधिकृत नरेन्द्रकुमार राइले कार्यक्रमको सहजीकरण गरेका थिए  ।
उक्त कार्यक्रममा कृषि ज्ञान केन्द्रको चालु तर्फको २ करोड ९१ लाख १९ हजार र पूंजीगत तर्फ ६५ लाख ५० हजार गरि कुल ३ करोड ५६ लाख ६९ हजार बजेट रहेको कार्यक्रम सार्वजनिकीकरण गरिएको छ  ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङको चालु तर्फको १ करोड ६७ लाख १ हजार र पूंजीगत तर्फ ४० लाख गरि कुल २ करोड ७ लाख १ हजार बजेट रहेको कार्यक्रम सार्वजनिकीकरण गरिएको छ  ।
उक्त कार्यक्रममा कृषकहरुले आ व ०७९।८० मा कृषि ज्ञान केन्द्रबाट वितरण भएको स्याउका विरुवाहरु ५० प्रतिशतको हाराहारीमा सर्न नसकेको किसानहरुले गुनासो गरेका छन्  ।  किसानहरुले स्याउ नसरेका कारण हुनपुगेको क्षतिपूर्तिका लागि आग्रह गरेका छन्  ।
कृषि योजनाहरुमा कृषकहरुबाट संकलन गरिने २५ प्रतिशत रकम पुर्याउन पोखरानै जानु पर्दा निकै कठिन भएको र डिजीटल प्रविधियुक्त जमानामा जिल्ला सदरमुकामबाट नै रकम पठाउने ब्यवस्था गरिदिनु हुन समेत आग्रह गरेका छन्  ।
भेटेरिनरी अस्पताल तर्फ मनाङ याक–चौंरीको हव भएकोले याक–चौंरीका वाच्छा–वाच्छी संरक्षणका लागि तारवार सहितको गोठ निर्माण अनुदान कार्यक्रमको निरन्तरता नहुंदा कृषकहरुले गुनासो पोखेका छन्  ।  बाघको आक्रमणबाट याक चौंरीका वाच्छा वाच्छी संरक्षण गर्न निकै कठिन भएको र यसबाट हुने क्षतिबाट कृषकलाई राहत दिन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र भेटेरिनरी अस्पतालको संयुक्त प्रयासमा वैकल्पिक प्रविधि तथा सहयोग किसानलाई दिनु पर्ने खाँचो औल्याएका छन्  ।  मनाङ्ग कृषि समिक्षामा सहभागी प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले यस्ता खालका कार्यक्रममा कृषकहरु र जन प्रतिनिधिहरुको ब्यापक सहभागिता हुनु पर्ने र आगामि वर्षका कार्यक्रमहरु कृषक मुखि हुनु पर्नेमा जोड दिदै कृषकहरुको ब्यवसायको सुनिश्चितताको लागि कृषि र पशु विमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनु आग्रह गरिन्  ।
सो अवसरमा चामे गाउं पालिकाका अध्यक्ष लोकेन्द्रवहादुर घलेले अनुदान तथा अन्य कार्यक्रमहरु वास्तविक कृषकमा पुग्नु पर्ने र संघ प्रदेशबाट आउने कार्यक्रमहरु स्थानीय तहबाट सन्चालन गरिने कार्यक्रम संग डुप्लिकेशन हुन नहुने बताए  ।
समिक्षाको अगुवाइ गरिरहेका जिल्ला समन्वय समितिका प्रमुख चीन वहादुर घलेले पशुपालन ब्यवसाय निर्वाह मुखि मात्र नभै ब्यवसायिक हुनु पर्नेमा जोड दिदै विकास समिक्षा कार्यक्रममा जन प्रतिनिधि र प्रदेश तथा संघबाट सांसदहरुको पनि सहभागिता भैदिए कृषकहरु उत्साहित हुने र कृषकहरुका मागलाई सदनमा उठाउन सहज हुने अपेक्षा रहेको बताए  ।
Previous Post

किसानहरुको धानखेत शुद्धिकरण गर्ने हरेलो पर्व लोपोन्मुख

Next Post

वडा—वस्तीमा किसान र सरकार सवाल—जवाफ

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
वडा—वस्तीमा किसान र सरकार सवाल—जवाफ

वडा—वस्तीमा किसान र सरकार सवाल—जवाफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In