• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

चौतारीका बरपीपल मुठारिएकोमा चौतर्फ विरोध

सनातन धर्मकृति बध गर्नेलाई कानुनी दण्डगर्न नागरिक दवाव

आरसी टाइम्स by आरसी टाइम्स
२८ माघ २०८१, सोमबार १२:१५
in ऋषिकृषि, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
चौतारीका बरपीपल मुठारिएकोमा चौतर्फ विरोध
0
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, माघ २८,
कुनैबेला पर्यावरणीय सन्तुलनका लागि पिपलका वृक्ष रोपण गर्दै कल्पवृक्ष अभियान चलाएर नयाँ पुस्तालाई जलवायुु अनुकुलनका जुक्ति र संस्कृति चेतनाको अगुवाइ गर्ने पोखराको शहरी सभ्यता माघ मासको माहात्म्य चलिरहेको बेला शताब्दी पुराना चौतारीका बर पिपल मुठारिएको पीडाले रन्थनीएको छ  ।
पोखराका सनातनी नागरिकहरुका पुर्खाले धर्मकृति स्वरुप निर्माण गरेर समुदायलाई हरुतान्तरण गरेका चौतारीहरु संरक्षण गर्नका लागि नागरिक दवावमै प्रदेश सरकारले बरपीपल चौतारी संरक्षण एैन पनि जारि गरेको थियो  । हालै यस्ता सम्पदाको संरक्षणको दायित्व स्थानीय सरकारलाई दिइएको सन्दर्भमा आफना घरछेउका चौतारीका बर पिपल र समीका शताब्दी पूराना वृक्ष मुडिए पछि स्थानीय सरकार पोखरा महानगरप्रति नागरिकहरु आक्रोशित भएका छन्  । पोखराको वडा १२, १३, र १४ का चौतारीहरु व्यापक मुडिएपछि नागरिक दवाव चुलिएर यसको बास्तविकता उजागर गर्न र दण्डीत गर्न पोखरा महानगर पालिकालाई दवाव परेपछि कुनै समुहले कोटी होम आयोजनार्थ समिधा बनाउन सो कर्म गरे—गराएको तथ्य बाहिरिएको छ  । अझ यज्ञका नाममा चौतारी मुठारीएपछि सनातनी समुदाय आयोजक प्रति नै झन् आक्रोशित भएको छ  । संस्कृति र धार्मीक मान्यताको जतन गर्ने समुदायको आवरणमा रहेको समुहले कल्पवृक्षको विकल्पका रुपमा देव पुजनको प्रतिक बनेका अबध्य वृक्ष बध गर्नेलाई कानुनी दण्ड गर्न नागरिकहरुले दवाव दिइरहेका छन्  ।
सनातन पुर्खाले धर्मकृति स्वरुप स्थापना गरेका पुरातात्वीक महत्वका सम्पदाको दोहन गर्ने कार्य ‘यज्ञभाव चेत र सत्कर्मले गर्नै नसक्ने’ भन्दै यस्तो कर्म गर्ने जो कोही पनि कानुनी र नैतिक दण्डको भागी हुनुपर्ने माग गरेका छन्  । सनातनी सम्पदा नास गर्ने कर्मको छानविन र कार्वाही गर्न दवाव बढेपछि पोखरा महानगर पालिकाले कथित कोटी होम आयोजक भनिएको समूहले चौतारी मासेर थुपारेको काठहरु बरामद गरेको छ  ।
मानव सेवा फाउण्डेसन नेपालको नाममा कोटीहोम समिधाका लागि आफुहरुले महानगरवाट अनुमति लिएर सो कर्म गरेको दावी गर्दै मिडिया सम्बाद बाहिरिएपछि पोखरा महानगरले हालै एक निर्णय गर्दै
कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ  । महानगरका अनुसार नेपाल ट्रस्टले कोटी होमका लागि उपलब्ध गराएको भनिएको लेकसाइड स्थित जग्गा शहरको अति व्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटकहरू आवतजावत÷घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सुचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनसिलतालाई मध्यनजर गरी महानगरपालिकाले सो अनुमति तत्काल रद्ध गर्न ट्रस्टलाई पत्र पठाउने निर्णय गरेको महानगरले जनाएको छ  ।
महानगरको अधिकार क्षेत्रमा रहेका र संरक्षण गरिएका सडक छेउका पुराना र ऐतिहासिक चौतारीका वरपीपल लगायत रुख बिरुवाहरू गैर कानुनी रूपमा अनियमित तवरले कटान गरी पर्यटकीय राजधानी शहरको सुन्दरतामा क्षति र्पुयाएको, जैविक विविधता र पर्यावरणमा क्षति गरेको भन्दै रुख कटान कार्यमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुन बमोजिम अविलम्ब कारबाही गर्न डिभिजन बन कार्यालय कास्कीलाई समेत पत्र पठाउने निर्णय गरेको छ  ।
महानगर क्षेत्रभित्र धार्मिक र सांस्कृतिक लगायतका अन्य कार्यक्रमहरू आयोजना एवं व्यवस्थापन गर्न प्रस्ताव गर्ने सम्बद्ध संस्था र व्यक्तिले नियमानुसार महानगरपालिकाबाट पूर्वस्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति पोखरा महानगरपालिकाबाट एकद्धार प्रणाली मार्फत साबिकदेखि नै हुने व्यवस्था भएकाले सोही व्यवस्था अनिवार्य परिपालनाका लागि सबै वडा कार्यालयहरू, शाखा र महाशाखाहरूलाई निर्देशन समेत दिइएको जनाइएको छ  । पोखराको प्राकृतिक बैभब मुल्य र महत्वलाई ध्वस्तिकरण गर्न उद्यत समूहले आफुलाई सनातन हिन्दु धर्मको ठेकेदारका रुपमा प्रस्तुत गर्दै पोखराका सम्पदा मास्न उद्यतलाई बोकि हिडेका पात्रहरुलाई नैतिक संगतमा लिन ठिक नदेखिने भन्दै स्वतन्त्र नागरिकहरुले त्यस्ता व्यक्तिहरुको नेतृत्व अवज्ञा गर्न थालेका छन्  । हिजो मात्रै पोखरामा भएको राजनितिक महत्वको एक जमघटमा चौतारी मास्नेहरुसँगै कुम नजोड्ने भन्दै फरक अस्तित्वको पहल थालीएको पनि अभियानका सदस्यहरुले जनाएका छन्  ।
सनातन परम्परामा यज्ञका लागि माटोशुद्ध, चरु र समिधाहरु शुद्ध, जल शुद्ध, कर्ता, होता, बेदुवा, ऋत्वीक, आचार्य र यजमानहरु समेत सहभागीहरु शुद्ध र पवित्र भावले कर्ममा जुट्नु पर्नेमा सुरुआत नै धर्मकृति बध गरेर अशुद्ध हुन पुगेकाले उनिहरुको आयोजना विटुलो भएको सानातन उपासकहरुले जनाएका छन्  । पर्यटकीय शहर पोखराको सनातनी गौरव र आफ्नो पुर्खाको धर्मकृति मासेर संस्कृति र प्रकृति विरुद्ध कार्य गर्नेलाई हदैसम्मको कार्यवाही गर्न नागरिकहरुले माग गरेका छन्  । यसैगरि धार्मी सम्पदा नै मुठार्ने र मतियार बन्नेहरुबाट सामाजिक र धार्मीक संगठनको मर्म समेतमा प्रहार हुन पुगेकाले उनिहरुलाई समूहको नेतृत्वबाट अलग गर्नु पर्ने र उनिहरुका अधर्मको भागीदारी हुन नसकिने धारणा बनाएको बताएका छन्  ।

Previous Post

रैथाने गाईको मल र गहुँत प्याकेजिङ विक्रिको तयारीमा गाउँपालिका

Next Post

मौरी पालनमा घार—गोला अनुदानबाट किसान ठगीएको गुनासो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
मौरी पालनमा घार—गोला अनुदानबाट किसान ठगीएको गुनासो

मौरी पालनमा घार—गोला अनुदानबाट किसान ठगीएको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In