• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

जल संकट व्यवस्थापन गर्न विकास मोडलको समिक्षा जरुरी

आरसी टाइम्स by आरसी टाइम्स
११ असार २०८०, सोमबार १०:३१
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
चोेखोपानीको आस्था अक्षतामा रुपान्तरण गर्ने जुक्ति
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

डा. केदार कार्की
प्रकृतीले अहिले सम्म हामीलाई निरन्तर आवश्यकता अनुसार पानी उपलब्ध गराउदै आएको छ  । तर त्यस्को अन्धाधुन्द दोहनका कारण स्वच्छ जलको उपलब्धता अत्यन्तै कम हुदै गएको छ  । विश्वका लगभग डेढ अरब मानिसहरुलाई पिउनको लागी शुध्द पानी उपलब्ध भईरहेको छैन  । पानीको कमीका कारण वातावरण एव जलवायु चक्र निरन्तर प्रभावित भईरहेकोे छ  । फलस्वरुप जलवायु परिवर्तनको समस्या पनि हाम्रा सामुन्ने आउदै छ  ।
जल एवं जलवायुको अनन्यम सम्वन्ध रहेको छ  । दुबै एक अर्काको सहयोगी एव पूरक हुन  । दुबै अन्योन्याश्रीत हुन  । आज पुरा विश्व ‘जलवायुमा जल र जलवायु भनेकै जल’ हो भन्ने मान्यता (वाटर इन कलाइमेट एण्ड कलाइमेट इज वाटर) को कुरा पुर्ण रुपले स्वीकार्दै छ  । यीनै मध्ये कुनैमा पनि परिवर्तन भएमा अर्कोलाई प्रभावित हुनु अनिवार्य जस्तो छ  ।

जल संरक्षणका लागि जन आन्दोलनको रुप दिन सरकारले केही गर्ने कि अरुकै मुख ताक्ने ?

क्षेत्र विशेषमा जलको मात्रा त्यहाँको वातावरणलाई नभई बरु सम्पुर्ण जलवायुलाई पनि प्रभावित गर्दछ  । जलको मात्रामा कम वा बढी भएमा जलवायुमा निरन्तर परिवर्तन भई रहन्छ  । यसलाई दृष्टिगत गर्दै २० मार्च २०२० मा मनाइएको जल दिबसको मुल नारा पनि जल र जलवायु परिवर्तन नै संयुक्त राष्ट्र संघ द्धारा निश्चीत गरिएको थियो  । जल तथा जलवायुको सम्बन्ध माथी विचार गर्दै जलवायु परिवर्तनले प्रकृति एवं जीवनमा पारेको दुष्परिणाम माथी नियन्त्रण पाउने दिशामा काम गर्ने निश्चिय गरिएको थियो  ।
स्थानविशेषमा विद्यमान जलले जलवायुलाई मात्र नियन्त्रणमा राख्दैन बरु त्यसलाई परिवर्तीत हुनबाट पनि रोक्दछ  । तर र बर्षाजल एवं भूगर्भको जलस्तरमा निन्तर भइरहेको कमीबाट उत्पन्न जलसंकट आज स्वयम विकराल समस्याको रुपमा हाम्रो सामुन्ने उभिएको छ  ।
अनियन्त्रीत औद्योेगीकीकरण तथा कृषि उत्पादनमा निरन्तर बढोत्तरीका लागि भुजलको अत्याधिक दोहनले भुगर्भको जलस्रोतलाई निरन्तर कंम गराउदै लागेको छ  । भुगर्भको जलस्तरमा भई रहेको कमिले वाताबरण पनि प्रभावित हुदैछ  । पानीको अधिकताले वातावरणमा चिस्यान एव शितल तहहरु हुन्छ त्यहि यस्को कमी हुदा वातावरणमा अत्याधिक गर्मी तथा तापमान बढेर जान्छ  । फलस्वरुप जलवायुमा परिवर्तन परिलक्षित हुने गर्दछ  । यद्यपी जलवायु परिवर्तको मुलमा अनेकानेक कारणहरु छन्  । तर तीनमा हरित गृहग्यासहरु, अनियन्त्रीत औद्योगिकरण, पृथ्वीको बढ्दो तापमान आदि प्रमुख हुन  । यी तीनमा मुख्यकारण भुगर्भमा विद्यमान जलको कमीलाई मानिन्छ  ।
भुजललाई संरक्षण गरेर त्यस्मा बृद्धि गर्दै जलवायु परिवर्तित गराउने अन्य कारणहरु माथी नियन्त्रण गर्न सकिन्छ  । यदि भुगर्भको जल स्तर बढेर प्रयाप्त भयो र वाताबरण प्रयाप्त चिसो भएमा भने जलवायु परिवर्तनका अन्य कारण अप्रासंगीक हुने छ एवं तीनले जलवायु परिवर्तनमा आफ्नो महत्वपूर्ण भुमीका निभाउन पाउने छैनन्  । यस्तो स्थीतीमा जलवायुलाई पृृथ्वीको अनुकुल बनाई राख्नका लागी जल संरक्षणको परम एव प्रमुख आवश्यकता छ  ।
पृथ्वीको ७० प्रतिशत भाग पानीले भरीएको छ जसमा एक अरव चालीस घनमिटर पानी विद्यमान छ  । जलको यत्रो विशाल राशी उपलब्ध हुदा हुर्दै पनि यसमा पिउने पानिको मात्रा अत्यन्त कम छ  । पृथ्वीमा विद्यमान पानीको ९७.३ प्रतिशत भाग समुन्द्रको जल छ  । शेष २७ प्रतिशत पिउने योग्य पानी उपलब्ध छ  ।
पिउन योग्य पानीको ७५.२ प्रतिशत जल धुर्वीय क्षेत्रहरुमा तथा २२.६ प्रतिशत भुगर्भमा जलको रुपमा अवस्थीत छ  । शेष २.२ प्रतिशत पिउन योग्य जल नदिहरु तथा तालहरुमा पाइन्छ , जस्को ६० प्रतिशत अंश कृषि एवं उद्योगहरु द्धारा प्रयोगमा ल्याइन्छ र शेष ४० प्रतिशत सिधै पिउन आदिमा उपयोग गरिन्छ  ।
समस्त विश्व गंभीर जल संकटको सामना गररहेको छ  । यदि यस समस्या माथी शिघ्र ध्यान नदिने हो भने ती देशहरुमा पानीको एक थोपा पनि बच्ने छैन  । डब्ल्यु आर आई विश्व श्रोत संस्थानले भुजल भण्डार एव त्यसमा आइरहेको निरन्तर कमी र बाढी एवं खडेरीको जोखीमका आधारमा विश्वका १८९ देशहरुलाई त्यहा उपलब्ध पानीलाई दृष्टीगत गर्दै श्रेणिवद्ध गरेको छ  ।
जलसंकटको मामलामा भारत विश्वमा १३ औ स्थानमा छ  । उपलब्ध प्रतिवेदनमा अभिलिखित तथ्यहरु विश्लेषण गर्ने हो भने भारतको उत्तरी भागमा जल संकट भुजल स्तर अत्यन्त तल गएको कारण अत्यन्त गंभीर अवस्थामा भएको तथ्य भेटिन्छ  । हाम्रो आफ्नै परिवेशमा पनि स्थीती फरक भने छैन  । हाम्रा पहाडी बस्तीहरुमा पानीकै अवाभका कारण गाउँहरु रित्तिने गरी बसाई सराई भएको तथ्य भेटिन्छ  । प्रायः पहाडी भागमा एक गाग्री पानी जोहो गर्न घण्टौ समय लाग्ने गरेको समाचार पनि कुनै नौलो रहेन  । तराई मधेशमा नलमा पानी १०० फिट भन्दा माथी पाउन दुरुह भएको अवस्था त विकराल वन्दै छ  ।
हाम्रा सांस्कृतीक परम्परामा बर्षाको पानीलाई संरक्षित गर्नका लागी विशेष ध्यान दिइएको थियो  । जस्ले गर्दा ठाउ ठाउँमा पोखरी तलाउ इनार आदि निर्मित गराइन्थ्यो  । यस्ता जलभकारीमा वर्षाको जल एकत्रीत हुन्थ्यो र बर्षा भरीका लागि जीवजन्तु सहित मानिसहरुका लागी पानि उपलब्ध हुन्थ्यो  । तर वैज्ञानिक प्रगतीको नाममा यीनलाई संरक्षण नदिइएको कारण अहिले सम्म धेरै जसो नदिहरु तथा ताल आदि सुकेर गएका छन्  । अझ भूमाफियाको अवैद्य कब्जाको शिकार भएर आफ्नो अस्तीत्व गुमाउने स्थीतीमा छन्  । यस्को उदाहरण उपत्यकाका वागमती, विष्णुमती, टुकुचा, धोवीखोला, मनोहराको फाँट र तालै तालको शहर भनिएको पोखराको अवस्था हेरे पुग्दछ  ।
फलस्वरुप तीनको पानीमा औद्योगिक कारखानाहरुबाट निक्लने फोहर पानी एव आवाशीय मैला मिसिनाले तीनको पानी यती प्रदुषित भएको छ कि पानी खानुको त के कुरा नुहायो भने अनेकौ रोगहरु बाट ग्रसीत हुन सक्ने जोखिम विद्ययमान छ  ।
हिन्दुहरुको लागी कुम्भ नुहाउन पवित्र गंगानदि हिजो कुम्भ स्थान गर्दा भलै स्नान योग्य जलयुक्त थियो होला  । तर आज कलकारखानाहरु बाट फोहर मैला अनी प्रदुषित पानीको प्रभावले फोहर पानीको धारा बनेको छ  । जस्मा नुहाउनु भन्दा पहिले श्रद्धालुले केही बेर सोच्नु पर्ने भएको छ  ।

भू—जललाई संरक्षण गरेर त्यस्मा बृद्धि गर्दै जलवायु परिवर्तित गराउने अन्य कारणहरु माथी नियन्त्रण गर्न हाम्रा प्रयासहरु कस्ता छन् ?

हाम्रो कृषि पूर्णतया बर्षा जलमा निर्भर छ  । बर्षा प्रयाप्त भएमा सिंचाइका अन्य साधन सुलभ हुन्छन्  । तर बर्षा भएन भने सवै साधनले हात खुट्टा छाड्छन अनी कृषि क्षेत्र खडेरीको मारमा पर्दछन्  । स्पष्ट छ जल प्रदुषणका अनेक श्रोतहरु छन्, जस्ले सामुहिक रुपले जललाई प्रदुषित गरिरहेका छन्  ।
देशवाशीको सामार्थ सहयोग एव संकल्पले वर्तमान जलसंकटको समाधान प्राप्त गर्न सकिन्छ  । तर जलसंरक्षणको तौर तरीकाहरुलाई प्रयोगमा ल्याउनका लागी सरकारी सयंन्त्रहरुको भुमीका भने फरक छैन  । किनभने सरकारी सयंन्त्रहरु जल संरक्षणका लागी प्राय जसो वर्ष ऋतुमा त सकृय हुन्छन र खानापुरी गरी आफ्नो कर्तव्यलाई इतिश्री मान्दछन्  । आजको आवश्यकता भनेको जल संरक्षणका लागी जन आन्दोलनको रुप दिनको लागी मात्र सरकार सकृय होस बरु उसका विभिन्न निकायहरुलाई सकृय पारीयोस , जस्ले गर्दा बर्षाको पानी त संरक्षण हुन्छ नै बरु पानीको बरवादी पनि रोक्न सकिन्छ  । किनकी एकातिर जहा जलसंकटले गंभीर रुप लिइरहेको छ त्यहि अर्को तीर अनेक कार्यहरुमा जलको दुरुप्रयोग गरीर्दै छ  ।
बर्षा त हरेक वर्ष हुने गर्दछ तर हामी वर्षाको जललाई संरक्षित गर्न चुक्दछौ  । आवश्यकता छ जलवायु परिवर्तनको दरलाई न्युन गर्दै प्रकृतिको स्वरुपलाई सहज एव सरल बनाउने  । यदि हामीले वर्षाको जललाई संरक्षित गर्न सकेनौ भने जलवायुमा भइरहेको निरन्तर परिवर्तन तथा तापमानमा अप्रत्याशित वृद्धि मानविय जीवन मात्र हैन, प्राणी वोट—वीरुवाको जीवनको सामुन्ने प्रश्न चिन्ह उभिने छ, जस्को सामाधान खोज्नु असंभव होला  । यस्को लागी सतत विकाशको मोडेलहरुलाई पर्यावरण एव मौसम अनुरुप वनाउनु जरुरी छ  । मानवीय जीवन शैलिमा परिवर्तनका साथै हरितगृह ग्यासहरुलाई छिटो कम गर्ने प्रयास गर्नु पर्ने हुन्छ  ।

 

Previous Post

महामारी रूपमा फैलियो गीर्खे रोग

Next Post

तरकारी सुपरजोनका साझेदारबीच घुम्ती कार्यशाला

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
तरकारी सुपरजोनका साझेदारबीच घुम्ती कार्यशाला

तरकारी सुपरजोनका साझेदारबीच घुम्ती कार्यशाला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In