• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

जागिरे युवा पनि कृषि पेशामा रमाउन थाले

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १३:४७
in फिचर
0
जागिरे युवा पनि कृषि पेशामा रमाउन थाले
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

गोपाल जीटी/आरसी टाइम्स
वालिङ्ग, मंसीर २७


आवस्यकता र महत्वलाई ख्यालराख्दै स्याङ्जाका युवाहरुले जागिर छाडेर कृषि पेशा अपनाउन थालेका छन्  । अर्जुन चौपारी गाउँपालिका वडा नम्बर १ थापाथोकका पिताम्बर अर्याल ४ वर्ष शिक्षण र ४ वर्ष सहकारी संस्थामा व्यवस्थापकको जागिरको अनुभव पछि कृषि पेशामा लागेका हुन्  । अर्यालले २०७४ सालदेखि सुन्तला, कुखुरा र माछा समेत समेटेर दाजुभाई एकिकृत कृषि फर्म सञ्चालन गर्दै आएका छन्  ।
बुवाले सहायक बालीकारुपमा बारीको छेउछाउमा लगाएका सुन्तलालाई मुख्य नगदे बालीकारुपमा अर्यालले व्यवस्थापन गर्दै आएका हुन्  ।
जागिरमा सीमित तलवमा काम गरेर प्रगति गर्न मुश्किल हुने सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि अर्याल कृषिकर्ममा आकर्षित भएका हुन्  । आँप्mनै बारीमा यति धेरै सुन्तलाका बोट छन्, तिनैलाई व्यवस्थित गरें भने स्वतन्त्रसँग आम्दानी गर्न सकिने देखेपछि व्यवसायमा लागेको अर्यालले बताए  ।


सुरुमा केहि असजिलो महसुस भएपनि विस्तारै काम गर्दैजाँदा सहज र खुसी लाग्दै आएको अर्यालले बताए  । किनकि विक्रि गरेपछि तत्काल पैसा बुभ्mन पाउने भएपछि मजा लाग्न थालेको उनले बताए  । अरुले सामाजिक सञ्जालमा राख्नका लागि डोको बोकेको फोटो खिच्ने गर्छन् भने आँपूmले वास्तवमै डोको बोकेर सामान विक्रि गर्दा छुट्टै आनन्द र गर्व आएको उनले बताए  ।
अर्यालको सुन्तला बगानमा अहिले ६ सय ४० फलदिने बोटहरु छन् भने तयारीमा १ सय ७० बिरुवा छन्  । गतवर्ष १८ टन सुन्तला विक्रि गर्दा झण्डै १५ लाखको आम्दानी गरेका अर्यालले अहिले केहि कम भएकाले १० लाखको आम्दानी हुने अनुमान छ ।


आँपूmसँगैका साथीहरु विदेश जाने गरेको र उनीहरुले बोलाए पनि कहिल्यै विदेश जान मन लागेन अर्याललाई  । अर्याल भन्छन्—शिक्षण र सहकारीको व्यवस्थापक भएपछि समाजमा एक खालको पहिचान बन्यो  । त्यसपछि झन विदेश जान मन लागेन  । तर अरुको दवावमा जागिर खाएर निर्वाह मात्रै हुने र आँप्mनो व्यवसायमा कसैको दवाव पनि नहुने, परिश्रमको आधारमा कमाई पनि हुने भएपछि सुन्तला सहित कृषि व्यवसायमा लागेको हो  । काम सुरु गरेपछि लिएको एक हप्ते तालीमले अर्याललाई सजिलो र आत्मबल बढायो  । यसका साथै सुन्तला सुपरजोनमा सहभागी अवसर मिल्यो  । यसपछि सुन्तलामा लाग्ने रोग किराका लागि कृषि ज्ञानकेन्द्रबाट प्राविधिक सहयोगका साथै आवस्यक औजारहरु प्राप्त हुँदै आएको छ, जसले गर्दा काम गर्न सहज बनाएको छ ।
थापाथोकमा अर्याल सहित ३२ घर परिवार सुन्तला सुपरजोनमा सहभागी छन्  । गतवर्ष यो गाउँबाट मात्रै एक करोड भन्दा धेरैको सुन्तला विक्रि भएको थियो भने यसवर्ष ४० प्रतिशत घट्ने अनुमान छ ।
स्थानीय फणिनारायण अर्यालको बगानमा २२ सय बोट छन् र आँप्mनो समेत गर्दा गाउँमा ५ हजार भन्दा धेरै सुन्तलाका बोटले फल दिएका छन् ।


अन्य पालिकाहरुमा किसानलाई सहयोगका साथै विभिन्न प्रोत्साहनका कार्यक्रममा सहभागिता गराएको सुन्ने गरेपनि अर्जुन चौपारी गाउँपालिकाबाट अहिलेसम्म कुनै साथ नपाएको अर्यालको गुनासो छ  । किसानलाई मान्छै नै होइन जस्तो गर्ने र किसानहरुका लागि पालिकाले सरोकारको कुनै कार्यक्रम नल्याएको अर्यालको भनाई छ ।
गतवर्ष गण्डकी प्रदेशबाट अर्याललाई साढे सातलाख अनुदान मिलेको थियो  । तर कृषकहरुमा अनुदान परेपनि मन खिन्न हुने र नपरे पनि मन खिन्न हुने अर्यालले सुनाए  । किनकि नपर्दा परेन भन्ने चिन्ता र परेपछि लिनका लागि झन्जटिलो हुने अर्यालको दुखेसो छ  । आँपूmसँगै अर्जुन चौपारीका अरु तीन जनालाई अनुदान परेको थियो, यस क्रममा आँप्mनोमा ११ पटक अनुगमन भयो तर अरु साथीहरुकोमा एक पटक पनि भएन  । ११ पटकको अनुगमनले १ लाख कटौती भएको तितोसत्य अर्यालले सुनाए ।
व्यवसाय गर्छु भनेर प्रस्तावनाका आधारमा अनुदान नमिल्ने, आँपूmले आधा लगानी गर्नुपर्ने, यसले पनि किसानहरुमा व्यवसायमा वाधा पुगेको अर्यालको विचार छ ।


कृषि व्यवसायमा वृद्धि गर्न सबैभन्दा पहिला जनचेतना ल्याउनुपर्ने अर्यालको धारणा छ  । अझै पनि धेरै किसानहरु परम्परागत पद्धतिको अभ्यासमा रहेका र उनीहरुका लागि तालीमको व्यवस्था गर्नु पर्ने, व्यवसायिक कृषि सम्बन्धी चेतनामूलक कार्यक्रमहरु गर्ने, उत्पादित वस्तुको बजारीकरणको व्यवस्थापन गरिदिने हो भने कृषि पेशाले गतिलिन सक्ने अर्यालले बताएका छन्  । अनुदानले कृषकलाई केहि प्रोत्साहन त मिल्ने तर यो पनि अहिलसम्म पहुँँचका आधारमा वितरण हुने गरेको उनले गुनासो गरेका छन्  । यसले वास्तविक किसान पछि पर्ने काम भएको छ  ।
अनुदान भन्दापनि सस्तो व्याजमा कर्जा उपलव्ध गराउनसके किसानहरुलाई धेरै राम्रो हुने विचार अर्यालको छ  । लगानी गरेपछि छिटो आम्दानीको अपेक्षा गर्ने सोंचका कारण युवाहरु कृषि पेशामा लाग्न नसकेको अर्यालको धारणा छ  । आँपूm विदेश नगएपनि साथीहरुले भनेको सुन्दा विदेशमा गरिने मेहनत यहाँ गर्ने हो भनै धेरै गुना फाइदा लिन सकिन्छ  । बाहिर जाने भनेपछि जतिपनि लगानी गर्न तयार हुने तर यहाँ केहि गर्छु भन्नेलाई समाजले विश्वास गर्न नसक्नुले पनि युवाहरु विदेश होमिने क्रम बढेको अर्यालको तर्क छ  ।

Previous Post

कोरोना—चीसोमा रैथाने कुखुराको बजार बढ्यो

Next Post

कृषि प्रणालीमा विकृति बढनाले मह उत्पादन घटदै आएको किसानको गुनासो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि प्रणालीमा विकृति बढनाले मह उत्पादन घटदै आएको किसानको गुनासो

कृषि प्रणालीमा विकृति बढनाले मह उत्पादन घटदै आएको किसानको गुनासो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In