• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

जैविक विविधतामा पूजीकृत भएको कृषि

‘वसुधैव कुटुम्बकम’

आरसी टाइम्स by आरसी टाइम्स
८ जेष्ठ २०८०, सोमबार १६:३८
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
जैविक विविधतामा पूजीकृत भएको कृषि
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ ८
धर्तिको सौन्दर्य नै यहाको जैविक विविधता हो र यहा उपलब्ध हरेक बनस्पति प्राणिको सुरक्षाका लागि उपयोगी छन्  । प्राणी , वनस्पति र सुक्ष्म जीवका बीचमा पारस्परिक कुटुम्बको सम्बन्ध छ भन्ने मान्यताले विश्वव्यापीरुपमा जैविक विविधता दिवस मनाउन थालिएको छ  । धर्तीमा मानव सभ्यताको सुरक्षाका लागि पनि धराको जैविक विविधता संरक्षण जरुरी छ र हरेक जीव र बनस्पतिसंग एकै स्वास्थ्य अन्तरसम्बन्ध छ भन्ने मान्यताले पनि ‘एक विश्व एक स्वास्थ्य’ अवधारणा सघन बन्दै गइरहेको छ  ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र दिगो विकासजस्ता मुद्दामा जैविक विविधताको महत्व जोगाउन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै आएको छ  । हरेक वर्ष २२ मेका दिनमा मनाइने यो दिवस आज नेपालमा पनि ‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ  ।

जैविक विधितामा प्राणी जगत र वनस्पति जगतको अन्योन्याश्रित कौटुम्बकिताको मात्र कुरा नभएर यहाँ उपलव्ध अन्य पदार्थ र प्राकृतिक परिस्थीति सँगै हुने गरेका पारस्परिक अन्तरनिर्भरताका सबालहरुमा पनि समिक्षा हुनु वान्छित मानिन्छ  । धराको जैविक सम्पदाको दोहोन गर्दै व्यवस्थापकीय भूमिका निर्वाह गर्दै आएको मानवले धराका हरेक सम्पदाको पारस्परिकता संरक्षण गर्न जिम्वेबार र जबाफदेहि दायित्व निर्वाह गरोस भन्ने मान्यताले हरेक वर्षको कार्यपात्रोमा जैविक विविधताको सचेतनाका लागि दिवस मनाउने प्रचलन रहदै आएको र विश्वका समाजलाई दायित्व बोध गराउन संयुक्त राष्ट्रसंघले अभियानमुलक सक्रियता पनि देखाउँदै आएको छ  ।

जैविक विविधताको प्रतक्ष्य प्रभाव प्राणीहरुको भोजनका लागि उपलब्ध खाद्यान्नमा जोडिएको र एकै स्वास्थ्यको श्रृंखलाको लहरोमा माटो, पानी, खाद्यन्न र अन्य वनस्पति सँगै जीवहरुको आनुवांशिक श्रोत समेत जोडिएकाले बसुधैब कुटुम्बकमको जालोमा हामी सबै जोडिएका छौं भन्ने चेतना विस्तारमा यस्ता दिवसहरुको विशेष योगदान रहदै आएको छ  ।

जैविक विविधताको सम्पदामा मानव अस्तित्व समेत जोडिएको सन्दर्भ कृषि सरोकारका पक्षहरुले मिहिन रुपमा बताउने गरेका छन्  ।
बाली तथा पशु, मत्स्यका आनुवांशिक श्रोतको ह्रास भएमा विविधताको अभावमा मानिसकै खाद्य सुरक्षाको स्थिीति बिग्रन सक्छ  ।
कीटपतङ्ग, सूक्ष्म जीवाणु आदि लोप भएमा बालीको परागसेचन एवं जैविक नियन्त्रण प्रक्रिया प्रभावित भई उत्पादन कम भई कृषि वृद्धिदर घट्ने र अन्ततः मानव खाद्य सुरक्षामा चुनौति थपिन सक्छ  ।

आनुवांशिक श्रोत सम्बन्धी स्थानीय ज्ञान, सीप एवं प्रविधिको ह्रास भएमा कृषक समुदायको कृषि प्रणाली पराश्रित हुन जाने र खाद्य प्रणालीका लागि बिदेशी ज्ञान, सीप एवं प्रविधि भित्र्याउन विदेशीकै निगाहमा भर पर्नु पर्ने वा चर्को मुल्य तिर्नु पर्ने बाध्यता हुने जोखिम हुन्छ  ।

यसैगरि वायु, जल र माटो प्रदुषण व्यवस्थापनमा प्रकृति प्रदत्त विविधताका विभिन्न पक्षहरुको योगदान रहने र विविधताको ह्रास भएमा वातावरणीय सन्तुलन बिग्रिन सक्ने भएकाले अन्तर्राष्ट्रिय रुपमा जैविक विविधताको पुनःस्थापना गर्न र खासगरि कृषि जैविक विविधताको संरक्षणका यो वर्ष २०२३ लाई कृषि जैविक विविधता वर्षका रुपमा मनाइँदैछ  । यो क्रममा जमिन तथा पानीको सतहमा रहने प्राणी तथा वनस्पति एवं सूक्ष्म जीवको जीवनचक्रसहित वातावरणीय पक्षलाई समेत केन्द्रमा राखेर विश्वभर चेतनामूलक कार्यक्रम हुने गरेको छ  ।
सन् १९९२ मा ब्राजिलको रियो द जेनेरोमा संयुक्त राष्ट्रसंघीय जैविक विविधता महासन्धि पारित भएयता जैविक विविधताको संरक्षणमा बहस हुँदै आएको र सन् २००२ देखि जैविक विविधता संरक्षणमा सम्बन्धित सबै सरोकारवालाको सहभागिताका लागि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष मे २२ का दिन अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइँदै आएको छ  ।

नेपाल सरकारका कृषि विकास एजेन्सीहरुले रैथाने वालिहरुको जैविक विविधता जोगाउन, माटो र वीउको सुद्धता सरक्षणमा केही रैथाने र प्रागारिक मैत्रि वालि अभियान संचालन गरिरहेका छन्  । सरकारी बजेट प्रयासले मात्रै विविधताको रक्षा हुन नसक्ने भएकाले नीतिगत प्रयास र व्यवहारको खाँचो देखिएको छ  । यो सन्दर्भमा बसुधामा रहेका माटो , पानी , वायु, जीव र वनस्पति तथा सुक्ष्म जीव समेतको एकिकृत र सन्तुलित जीवनचक्रमा हामी सबैको जीवन र अस्तित्व सूरक्षित हरन्छ भन्ने मान्यताको बिस्तारमा यो दिवसको सकारात्मक योगदान रहने अपेक्षा गरिएको छ  ।

यस्ता अभियानहरुले जीवीका र माटो , जीवीका र पानी , जीवीका र जंगल तथा जीवीका र संस्कृति जोड्न सकेमा बसुधैव कुटुम्बकम सार्थक हुने र जैविक विविधताको पुजीगत आयामसँगै कृषि क्षेत्रपनि समृद्धहुने सम्भावना जोगाउने छ  ।

Previous Post

‘लम्पी स्किन’ महामारी बढदो क्रममा

Next Post

किसानले थाहापाउनै पर्ने हक अधिकारहरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

किसानले थाहापाउनै पर्ने हक अधिकारहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In