• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

तन्तु प्रजननबाट अलैची बगान सुधार 

आरसी टाइम्स by आरसी टाइम्स
१८ मंसिर २०८०, सोमबार २१:१५
in कृषि बजार, गण्डकी गौरव, फिचर
0
तन्तु प्रजननबाट अलैची बगान सुधार 
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
पोखरा, मंसीर १८
     बैज्ञानिक खेति प्रविधिको ज्ञानको कमीको कारण परम्परागत खेति प्रविधि अपानाउदै आइरहेका कृषकहरुमा तन्तु प्रजनन प्रणालीका माध्यमबाट नर्सरी सुधार गरेर व्यवसायिक कृषिमा सक्रियता बनाउन उत्साह मिलेको छ  ।  सुपरजोन कृषि परियोजना कास्कीले तन्तु प्रजनन प्रबिधिबाट अलैँचिको विरुवा उत्पादन गर्दै अलैची बगान सुधारका क्रियाकलापमा सहजीकरण गरिरहेको पाइएको छ  ।
अलैँचि बालीमा जातिय पहिचान, बाली संरक्षण र उत्पादन प्रविधिको बारेमा पर्याप्त खोज तथा अनुसन्धान नभएको, कृषकहरुले जात पहिचान तथा विरुवा सुधारमा खासै ध्यान दिन नसकेको, स्वस्थ बिरुवाको अभाव भएको, भाइरस वाट लाग्ने छिर्के, फुर्के रोग देखिएको, उपयुक्त वगैँचा व्यवस्थापनको कमीको कारण अलैँचि वगानमा विस्तारै ह्रास हुदै गएको पाइएको सुपरजोन परियोजनाका कृषि प्राविधिकहरुले जाएका छन्  ।
अलैची बालीमा स्वस्थ्य बीउको स्रोत नपाएकै कारणले अवस्थ्य तरिकाले पाना फुटाइ बिरुवाको प्रसारण गर्ने गरेकोले अलैँचि वगैँचामा ठुलो संकट आउने सम्भावना बढाएको प्राविधकहरुले जनाएका छन्  ।
कास्कीका अलैची बगानहरुमा अलैँचिको प्रसारण पानाबाट नै हुँने गरेको छ  ।  पानाबाट प्रसारण गरेको बिरुवा भाइरसबाट लाग्ने रोग जस्तैः छिर्के, फुर्के तथा ढुसि जन्य रोगको वृद्धि भइ वगान सखाप हुने जस्ता चुनौतिको सम्भावना देखिएको छ  ।
भविष्यमा यस्तो संकटबाट वच्न सुपरजोन कृषि परियोजना कास्कीले माछापुच्छ्रे गाउँपालिका वडा नं ८ इदिखोलामा रहेको इन्द्रेणी वगैँचा एण्ड नर्सरी फार्ममा एक वटा प्लास्टिक घर र एक वटा सेड नेट  गरी तन्तु प्रजनन प्रबिधिबाट उत्पादन गर्न सकिने नर्सरीको स्थापना गरिएको जनाएको छ  ।
  परियोजनाले महिला उद्यमीलाई प्रोत्साहन गरी महिला रोजगारीको अवस्था सिर्जना गर्न तथा आर्थिक अवस्था सुधार गर्दै जीवनस्तर उकास्ने र स्वस्थ्य विरुवाको समेत उत्पादन गर्ने उद्देश्यका साथ उक्त इन्द्रेणी वगैँचा एण्ड नर्सरी फार्मकी महिला सञ्चालिका सुनिता क्षेत्रीलाई छनौट गरी नर्सरी सञ्चालन गरिरहेको छ  ।
परियोजनाले नसरीको संरचना निर्माणको लागि १ लाख ८८हजार ६३ रुपैँया र विरुवाको लागि २२६०० अनुदान र लाभग्राहीको तर्फबाट ३३ हजार १ सय ८८ रुपैँया सहित कुल २ लाख २१ हजार २ सय ५१ रुपैँया बारवरको लागतको ७२ वर्ग मिटरको एक वटा नर्सरी र ५० वर्ग मिटरको सेड नेटको स्थापना गरिएको छ  ।
आगमी आर्थिक वर्षमा उक्त विरुवावाट २२ हजार छ सय तन्तु प्रजनन प्रविधिका विरुवा उत्पादन हुँने छन भने उक्त विरुवाको संख्याले ९९ रोपनीमा नयाँ वगैँचा स्थापना गर्न सकिने  जनाइएको छ  ।
उक्त नर्सरीमा जेष्ठ महिनामा लगाएको नर्सरीमा रोपन गरिएको विरुवाको मंसिर सम्म आइपुग्दा प्रति सराबाट न्यूनतम १० वटा र अधिकतम २२ वटा सराहरु सम्म वृद्धि भइरहेका छन  ।  यसरी नर्सरीमा सराको संख्यामा जति वृद्धि भयो बिरुवाको संख्यामा पनि तेही अनुपातमा वृद्धि हुने हुँदा यो नर्सरीले अपेक्षित उपलब्धी हासिल गर्ने अनुमान गरिएको जनाइएको छ  ।
वेर्ना अवस्थामा काण्ड कुँहिने, गाना कुँहिने, डडुवा जस्ता रोगहरु र किराको प्रकोपहरु सम्भावित चुनौतिहरु रहेको र उक्त चुनौतिहरुको सामाना गरी नर्सरी व्यवस्थापन गर्न सकेमा थप प्रभावकारी हुँने र स्वस्थ विरुवा उत्पादन गरी नयाँ वगानको विस्तार गर्न सकिने फार्मकी सञ्चालिका सुनिता क्षेत्रीले बताएकी छन्  ।
Previous Post

सामुहिक आलुखेतिमा पाठखोलाका महिलाहरु

Next Post

गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे

गण्डकी हिमालयमा उन्नाइस याक आइपुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In