• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

तरकारीमा विषादी अवशेष परिक्षण सूरु

आरसी टाइम्स by आरसी टाइम्स
२२ कार्तिक २०७९, मंगलवार ०६:१४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
तरकारीमा विषादी अवशेष परिक्षण सूरु
0
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स, पोखरा, कार्तिक २२
पोखरा महानगरमा संचालनमा रहेको कृषि उपज थोक बजारमा तरकारी तथा फलफुलहरुमा उत्पादन तथा बजारीकरण प्रकृयामा विषादी प्रयोग गरे नगरेको विषादीको अंश कति छ भन्ने बारेमा परिक्षण गरिने प्रणाली पुन सुरु भएको छ  । केन्द्रीय कृषि प्रयोगशाला ललितपुरले हालै पोखरामा तीन दिनसम्म आवश्यक जनशक्तिलाई तालिम तथा अभिमुखीकरण दिएर आजैबाट नियमित परिक्षण प्रारम्भ भएको जनाएको छ  ।
संघीय कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलको अगुवाइमा हालै पोखरामा भएको तालिममा ६ जना जनशक्तिलाई तालिम उपलब्ध गराई कार्यसम्पादनका लागि चुस्त रहेको जनाइएको छ  । पोखरामा संचालन हुने विषादी अवशेष परिक्षण प्रयोगशालामा तीनै तहका सरकारी निकायको सहभागीता र समन्वय हुने गरि व्यवस्था मिलाइएको संघीय कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले जनाएका छन्  ।


यस क्रममा पोखरा महानगर, गण्डकी प्रदेश सरकारका वालिसंरक्षण प्रयोगशाला, वागवानी श्रोत केन्द्र समेतको सहभागीता हुने व्यवस्था मिलाइएको जनाइएको छ । तालिमबाट प्रयोगशाला संचालनका लागि जनशक्ति बैक तयार गर्न पनि ६ जनालाई प्रशिक्षित गरिएको जनाइएको छ । तालिम प्राप्त जनशक्तिहरुमा पोखरा कृषि बजारका मदन भण्डारी, वालिसंरक्षण प्रयोगशालाकी आरती चौधरी, वागबानी श्रोत केन्द्रका अशिष चौधरी, मालुङ्गा स्याङ्गजाको क्वारेन्टाइन चेक पोष्टका नवराज भुषाल, महानगर कृषि महाशाखाकी ज्ञानु आचार्य तथा कालीमाटी कृषि बजार काठमाण्डौकी सिर्जना श्रेष्ठ रहेका छन्  ।

नियमित रुपमा पोखरा प्रयोगशालामा मदन भण्डारीले परिक्षण गर्ने, उनको अनुपस्थीतिमा जगेडा जनशक्तिका रुपमा वालीसंरक्षण प्रयोगशालाकी आरती चौधरीले सहयोग गर्ने र उनिहरु दुबैको उपस्थीति प्रतिकुल भएको परिस्थीतिमा जगेडा जनशक्तिका रुपमा महानगर तथा वागबनी श्रोत केन्द्रका आचार्य तथा चौधरीले प्रयोशाला परिक्षण कार्य नियमित गर्ने गरि तालिमे जनशक्ति व्यवस्थापन गरिएको केन्द्रीय कृषि प्रयोगशालाका वालिसंरक्षण अधिकृत विवेक सुनारले व्युरोलाई जनाएका छन्  ।

किसानले तरकारी तथा फलफुल उत्पादन प्रकृयामा विषादकिो प्रयोग गरेको भए उपभोक्ता बजारमा ल्याउँदा कम्तीमा पनि बिषादी अनुसार पर्खने अवधिलाई मध्यनजर गर्दै समय पुगेका शुद्ध उतपादनलाई मात्रै बजारमा ल्याउनु जरुरी देखिएको छ  ।
कृषि व्यापारीले पनि बिषादी प्रभावित क्षेत्रबाट तरकारी तथा फलफूल खरिद गर्दा एकदमै सावधानी अपनाउनु पर्ने छ , अन्यथा पोखरा प्रयोगशालाबाट परिक्षण गर्दा विषादी अवशेषको मात्रा प्रतिशत ४५ देखि माथि आएमा उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिदै तरकारी तथा फलफूल खानको लागि अयोग्य हुने भएकोले तुरुन्तै जफत तथा पुर्ने काम गरिने बताइएको छ  ।

 

Previous Post

कोदो बालीमा गवारो प्रकोप : कपनी नलाग्दा किसान चिन्तित

Next Post

कोरोनाको ‘लक–डाउन’ नै कृषकलाई ‘गुड–लक’

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कोरोनाको ‘लक–डाउन’ नै कृषकलाई ‘गुड–लक’

कोरोनाको ‘लक–डाउन’ नै कृषकलाई ‘गुड–लक’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In