• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

तरकारी सुपरजोनका साझेदारबीच घुम्ती कार्यशाला

आरसी टाइम्स by आरसी टाइम्स
८ श्रावण २०८०, सोमबार २०:५४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
तरकारी सुपरजोनका साझेदारबीच घुम्ती कार्यशाला
0
SHARES
134
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, श्रावाण ८
कास्कीमा सञ्चालित तरकारी सुपरजोन कार्यक्रमले यहाँका कृषि इलमीहरु उत्साहित भएका छन्  । तरकारी सुपरजोन कार्यान्वयन इकाइ कास्कीले गत आर्थिक वर्षमा अनुदानर साझेदारी गरेका उद्यमहरुमा स्थानीय विकास सरोकारवालाहरुको स्थलगत अनुगमनका लागि आयोजित घुम्तीकार्यशालामा सहकार्यबाट काम गर्न हौसला मिलेको बताएका छन्  ।
परियोजना कार्यान्वयन एकाइ कास्कीले परियोजनाको प्रगति सार्वजनिककिरण गर्ने र स्थलगत अनतरक्रिया गर्ने घुम्ती कार्याशाला आयोजनागर्दै परियोजना स्थलमा प्रत्यक्ष सरोकारवाला बीच यसै साता सम्बाद पनि चलाएको थियो  । परियोजनाका गत वर्षका साझेदारमध्ये कृषि उपज थोक बजारका साना किसान प्रतिनिधिहरुसँगको सम्बादमा साना किसानका लागि उपज विक्रिका लागि थप छाना सहितको विक्रिस्थल आवस्यक रहेको बताएका छन्  । किसानहरुका लागि प्रस्तावित विक्री स्थलमा उपज तौलने डिजिटल तराजु तथा बिक्री स्टलका लागि फलामे केस उपलब्ध गराएको जनाएको छ  । साना कृषकहरुलाई कृषक शेडमा प्राथमिकता दिनु पर्ने र बजारमा निस्कने फोहोर व्यवस्थापनमा ध्यान दिनु पर्ने किसानहरुले माग गरेका छन्  ।
कृषि उपज बजारमा किसनका लागि उपलब्ध स्टल भन्दा बढी किसान सूचीकृत भएको र ठुला किसानले मोटरमा ढुवानी गरेर धेरै बेच्ने गरि राती नै ठाउँ ओअट्ने गरेकाले साना किसानले छानाको बलेनी र बाहिर बसेर सामान बेच्न् परेको गुनासो गरेका छन्  ।
किसानहरुको स्टलमा आउने होडबाजी व्यवस्थापन गर्न विहान चार बजे मात्र बजारको गेट खोल्ने र गेटमा किसानहरुका लागि गोला प्रणालीबाट स्थान चयन गर्ने परिपाटिको सूरुआत गर्न लगाइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरयिाले जनाए ।
परियोजनाको कोल्डरुम साझेदारी गर्ने लेखनाथको बुढीबजारमा संचालनमा आएको सर्वगुण फुड एण्ड किचनले सामुहिक खाजाका माध्यमबाट दिगो तथा स्वस्थ खाना अभियानमा लागेको र दैनिक ५ हजार सेट स्थानीय खाजा खाना सेट उपल्ब्ध गराउने गरेका जनाएको छ  ।


पोखरा क्षेत्रमा कृषि उपज बजारिकरणमा चौध वर्षदेखि क्रियाशिल बजार कृषि सहकारीको अनुभवमा आधारित भएर रैथाने खाद्यप्रणालीको उपयोग गर्दै दिगो खानाको मोडल संचालनमा लागेकाो बताउँदै संचालक उषा पौडेल गीरीले कृषि उत्पादन पछिको क्षति घटाउन कोल्ड रुम सहयोग पाएको र रैथाने उत्पादनसँग करार खेतिमा आधारित भइ कृषि उत्पादनको बजार सुनिश्चित गर्ने प्रयास थालीएको तथा सय भन्दा बढी विद्यालयका विद्यालय खाजा अभियान सग स्थानीय उत्पादन परिकार जोड्दै गरेको बताएकी छन् ।
घुम्ती कार्यशालाका क्रममा सहभागीहरुले सर्वगुणले ७ मेट्रिक टन क्षमताको कोल्डरुम संचालनमा ल्याएपछिको दैनिक भण्डारण तथा उपज परिचालनको वार्षिक अभिलेख राख्न र एक वर्षमा लिन सकिएको लाभ, घटाउन सकिएको क्षती तथा स्थानीय कृषकहरुमा पहुँच विस्तार भएको कृषि उपज सुरक्षणको आँकडा केलाउने प्रणाली बसाल्न आग्रह गरेका छन्  ।
कैलालीका बृजबहादुर चौधरीले पोखरा १३को पाटनबेसी दुइकुलाको मुहानमा चौधरी कृषि फर्म संचालन गर्दै नियमित आधुनिक विधि बाट १० रोपनी जग्गा भाडामा लिई धान उत्पादन तथा मौसमी र मौसम पहिलेका तरकारी उत्पादन गरेर बजारिकरण गर्दै आएको बताएका छन्  । परियोजनाबाट किसानले ५० प्रतिशत लागत साझेदारी बेहोर्न गार्हो भएको, उत्पादकले बजारबाट आधा मुल्यमा चित्त बुझाउनु परेको र अधिया प्रणालीमा खेत कमाउने गरेको बताए  । स्थानीय छिमेकीहरुले धानखेतका लागि अधिया कमाउन दिएपनि बर्षेनी भाडाको मुल्य बढाउने गरेको गुनासो पनि गरेका छन्  ।


अधियाको मुल्यलाई नगदी ठेक्कामा बदलेर करार खेतिमा रुपान्तरण गर्न सकेमा खेतबाट बहु बाली र बहुवर्सिय बालीको योजना गरि बढी लाभन्वीत हुन सकिने सम्भावना रहेको तर्फ स्थानीय सरकारले ध्यान दिन चौधरीले आग्रह गरेका छन्  ।
कृषि आधुनिकिकरण परियोजनाको सहकार्यमा तरकारीजन्य बस्तु सुकाउने घर निर्माणमा सहकार्य गरेको पोखरा १६ दीपमा रहेको हरिलो एग्रो इन्डस्ट्रीले अचार, सुकुटी आदि बनाइ विभिन्न सुपरमार्केट र बिदेश सम्म निर्यात गरेको बताएको छ  । अचार , गुन्द्रुक र मासुको सुकुटी बनाएर बिक्री गर्दै आएको हरिलेले परियोजनाको सहयोगबाट सुधारिएको सुकाउने घर बनाउन पाउँदा उत्पादनमा गुणस्तर बढाउन सहयोग मिलेको बताएका छन्  । सोलार ड्रायर निर्माण पछि बिना विजुली तरकारी प्रशोधन गर्न सहज भएको , प्रशोधनका क्रममा खेर जाने तरकारी उपजहरुको मात्रामा कमी आएको र ड्रायर भित्र ६५ डिग्री सेल्सियस सम्म तापमान पुग्ने र नियन्त्रीत रुपमा तरकारी सुकाउने र सुकुटी बनाउन सजिलो भएको बताएका छन्  ।
हेम्जाको बेलचौतारा कृषक समूहले सेती नदीबाट सौर्य उर्जा प्रणाली जडानगरि लिफ्ट सिचाइ मार्फत सेतीको पानी १५० मिटर माथी तानी ट्यान्कीमा जम्मा गरि सिचाइ थालनी गरेको छ  । हिउँदे खेतिका लागि यो सिंचाइ प्रणालीले हौसला दिने अपेक्षा गरिएको र दिगोपनाको लागि सरकारको साथ चाहिने किसानहरुले बताएका छन्  । सौर्य उर्जामा आधारित सिंचाई प्रणालीबाट १८हजार लिटर क्षमताको पक्की पानी भण्डारण टंकी निर्माण गरिएको भएपनि पानी वितरण प्रणाली बनाउन बाँकी रहेको , पानी तान्ने मोटर संरक्षण तथा भविष्यमा गर्नु पर्ने मर्मत संभारको निमित्त समूहले अहिले देखि नै दिगो व्यवस्थापन कोष बनाउन आवश्यक देखिएको अनुगमन टोलीका सहभागीहरुले सुझाएका छन् ।


परियोजनाको सहकार्यमा माछापुच्छ्रे गाउँपालिकाको भिडाबारी बराह माध्यमिक बिद्यालयमा प्राबिधिक धारका विद्यार्थीहरुका लागि सिक्ने र कमाउने कार्यक्रम अन्तर्गत ४०० कुखुरा पालन गर्ने खोर निर्माण सहयोग तथा १ प्लास्टिक घर निर्माणगर्न सघाएको विद्यालय परिवारले जनाएका छन्  । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अगुवाइमा अवलोकनामा गएको समूहसंग प्रती लट ४ जना विद्यार्थी परिचालन गरिएको र विद्यार्थीहरुले सिकाइ विस्तार इलमी आत्मविश्वास बढाएको जनाएका छन्  ।
परियोजनाले गत वर्ष अनुदान गरेका योजना मध्ये माछापुच्छ्रे स्थित मर्र्दी एग्रो फर्म एण्ड रिसर्च सेन्टरले टनेलघर प्रविधिमा गोलभेडा खेति गर्दै आएको, कुनैबेला एक क्रेट गोलभेडा ३ सयमा बेच्न बाग्लुङ्गसम्म पुर्याउनु परेको र हाल वर्षाका कारण भारतीय गोलभेडा नआउने भएपछि फार्मको गेट बाटै प्रति क्रेट २ हजार दरमा गोलभेडा बेच्न पाइएको र दैनिक निकासी सम्भव भएकाले कोल्डरुममा थुपार्नु नपरेको बताए  ।
यसैगरि धितालमा निर्माण गरिएको माछापुच्छ्रे एग्रो सेन्टरले ६० रोपनी अलैची बगानमा सिंचाइ तथा सुक्खा अलैची निकाल्ने भट्टी निर्माण गर्न साझोदारी गरेको जनाएको छ  । अलैंची खेतीमा सुधारिएको भट्टी निर्माण गरेको र प्रती लट ५०० केजि अलैंची सुकाउन सकिने क्षमता विकास भएको उद्यमीहरुले जनाएका छन्  ।
घुम्ती कार्यशालामा जिल्ला समन्वय प्रमुख पौडेलसँगै कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे , जिल्ला समन्वय अधिकारी नवराज बराल समेतले अनुगमन गरेका छन्  । व्यवसायिक कृषिका क्षेत्रमा परियोजनाबाट अवलम्बन गरिएका नविनतम प्रविधी, नवप्रवर्तनहरुको जानकारी संगै क्रियाकलापहरुको असल सिकाइ साटासाट गर्ने, लाभान्वित कृषकहरुसंग पृष्ठपोषण लिनका लागि घुम्तीकार्यशालाको आयोजना गरिएको परियोजनाका पोखरा प्रमुख रोशन अधिकारीले जनाएका छन्  ।

Previous Post

जल संकट व्यवस्थापन गर्न विकास मोडलको समिक्षा जरुरी

Next Post

गैह्रकाष्ठ वन पैदावारको बजार रणनीति

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
गैह्रकाष्ठ वन पैदावारको बजार रणनीति

गैह्रकाष्ठ वन पैदावारको बजार रणनीति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In