• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

तिहारे फुल खेतिमा किसानहरु उत्साहित : बाहिरको फुल आयातमा प्रतिबन्ध लगाएपछि स्थानीयकोे बजार मुल्य उकालो

आरसी टाइम्स by आरसी टाइम्स
७ कार्तिक २०७९, सोमबार १७:१२
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
तिहारे फुल खेतिमा किसानहरु उत्साहित : बाहिरको फुल आयातमा प्रतिबन्ध लगाएपछि स्थानीयकोे बजार मुल्य उकालो
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स,
पोखरा कार्तिक ७

तीहारका अवसरमा अत्याधिक फुलको उपयोग हुने र यसका लागि सिमा पारीबाट पनि करोडौं मुल्यको पुष्प सजावट आयात हुने विगतको तथ्यलाई ध्यानमा राखेर सरकाले स्वदेशी फुलको व्यवसायिक सुरक्षा र सक्रियतालाई जोड दिन खोजेको छ । सक्क्ली फुल सुकेर जाने र नक्क्ली फुलले बजार ओगटने विडम्बनालाई नियन्त्रण गर्न सरकारले प्लास्टिकजन्य फुलगुच्छामा प्रतिबन्ध लगाएको छ । नेपाल सरकार बन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ९६० ले दिएको अधिकार प्रयोग गरि २०७९ साउन १२ गते राजपत्रमा प्रकाशित सूचना अनुसार नेपाल भर प्लास्टिकजन्य फुलगुच्छाको उत्पादन, आयात, बिक्रि बितरण वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरको हालै जानकारीमा ल्याएको छ । यो निर्देशनलाई पालना गराउन स्थानीय पालिकाहरुले आफ्ना मातहतका पसलहरको अनुगमन गर्दै नक्कली प्लास्टीक फुलहरु कारोबारमा प्रतिवन्ध लगाएको प्रचार गरेका छन् भने व्यापारीहरुले खुल्ला व्यापार नगर्ने प्रतिबद्धता जानएका छन् ।


स्थानिय उत्पादन प्रबर्दन तथा स्वच्छ वातावरण मैत्री पालिका निर्माण गर्नाका लागि स्थानीय पालिकाहरुले पुष्प खेतिका लागि किसानहरुलाई अनुदान तथा प्रविधिक सहयोग पनि गर्दै आएका छन् । तीहारकै मौका पारेर पुष्प व्यवसाय गर्दै आएका पोखराका व्यवसायीहरुको संस्था फ्लोरिकल्चर एसोसिएसन कास्कीले यहि कार्तिक ४ देखि ६ गते सम्म पोखरा रंगशाला गेट छेउमा पुष्प मेला प्रदर्शनी पनि आयोजना गर्यो । यसैगरि महानगरीय उपभोक्ताहरुको तिहारे मागलाई सम्बोधन गर्न किसानहरुले एकल तथा समुहगत रुपमा गरेको फुल खेतिको व्यापारका लागि कार्तिक ७ र ८ गते बिरौटा किसान बजारमा पनि पुष्प मेला गरिरहेका छन् ।

 

मेलामा पोखरा महानगरबाट पुष्प खेति साझेदारी गर्ने किसानदेखि व्यवसायिक किसानहरुले आफनो फुलको कारोबार पनि गरेका छन् । किसानहरले आज विहान ८ वजेबाट कारोबारमा ल्याएको फुल गुण्स्तरका हिसाबले औसतमा ५ रुपैया र उत्कृष्ट थुंगालाई ६ रुपैयासम्मको दरमा व्यापार गरेका छन् । पोखराको कालिका, माझठाना, पचभैया, वेगनास, पुम्दी र कृस्तीनाच्नेचौर क्षेत्रका किसानहरुको सहभागीता रहेको छ ।

मेलामा किसानहरुकै बीचमा माला बनाउने प्रतियोगीता पनि आयोजना गरिएको छ । सहभागीहरना आएका मध्ये आफ्नै फुल बाँकी रहेका किसानहरु मध्येका १३ जना किसानहरुको प्रतियोगितामा सहभागीता भएकोमा पोखरा २६ को श्रेष्ठ कृषि फर्मकी शरु जोशी प्रथम भएकी छन् भने पोखरा २१का बि गार्डेन कृषि फर्मका खिमराज भण्डारीले दाश्रो स्थान पाएका छन् र पोखरा ३१ का बेगनास मौरी फर्मका सूर्यप्रसाद लामिछाने  तृतीय स्थान प्राप्त गरेका छन् । पुरस्कृत हरुलाई ३ हजार, २ हजार र १ हजारले पुरस्कृत गरिएको छ ।

पोखरा महानगरपालिकाले स्थानिय स्तरमा तिहार लक्षित फुल खेती सहयोग कार्यक्रम अन्तरगत पालिका भित्र २० स्थानमा कर्मा ६६६ जातको सयपत्री फुलको उत्पादनमा सहजिकरण गरेको थियो । करिव २० रोपनीमा फुल खेति भएको महानगर श्रोतले जनाएको छ । यो उत्पादनले पोखरा महानगरको ८० प्रतिशत खपतलाई सम्बोधन गर्ने र २० प्रतिशत मात्र बाहिरको फुल आयात हुने किसानहरुले अनुमान गरेका छन् ।

हरेक वर्ष सिमा पारिबाट करोड मुल्यका फुल आयातको समाचार आउँदा पोखरा र आसपासमा यसको स्थानीय आपुर्तिको विकल्प निर्माण गर्ने हो भने रैथाने आर्जनको बाटो विस्तार हुने अपेक्षा गरिएको छ । महानगरले किसानलाई उन्नतजातको विउ उपलब्ध गराउने हो भो पोखराको आन्तरिक बजारका लागि फुलमा आत्मनिर्भर हुन सकिने किसानहरुले जनाएका छन् ।

Previous Post

किसानहरु अघि अघिः प्राविधिकहरु पछि पछि

Next Post

कर्षणयोगी राजर्षि जनकको कृषिबाट पाठ सिकौं

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कर्षणयोगी राजर्षि जनकको कृषिबाट पाठ सिकौं

कर्षणयोगी राजर्षि जनकको कृषिबाट पाठ सिकौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In