• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

तीनसय रोपनीमा सामुहिक आलुखेती

आरसी टाइम्स by आरसी टाइम्स
२५ पुष २०७९, सोमबार ००:५४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
तीनसय रोपनीमा सामुहिक आलुखेती
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, पौष २५
पर्वतमा आलु प्रबर्धन कार्यक्रमले आलु खेती क्षेत्रफल बृद्धि सँगै सामूहिक खेती पं्चलन फस्टाएको छ  । फलेवास नगर पालिका मार्फत तालिम तथा प्राविधिक सहयोग र ज्ञान केन्द्र पर्वतको सहयोगमा पर्वतको फलेवासमा सामूहिक आलु खेती सुरु गरीएको हो  । नमुना कृषि सहकारी संस्था चौविस कुरीयाका किसानहरुले सामूहिक आलु खेती गरीरहेका छन्  ।

किसानहरुले प्रति व्यक्ति खेती गर्दा विक्रि वितरणमा सहस्या हुने तथा रोग किराको निवारणमा पनि आँँफुहरु एक्लै पर्ने तथा उपचारमा समस्या हुने गरेका कारण सामूहिक खेतीमा लागेको बताएका छन  । सहकारीमा आबद्ध १२ जना किसानले तीस रोपनीमा आलु खेती गरीरहेको किसान नमुना कृषि सहकारी संस्थाका अर्जुन श्रेष्ठ, सन्तोस श्रेष्ठ र ववीता श्रेष्ठले बताएका छन्  ।
फलेवास नगर पालिका ६ मा रहेको सहकारीले आलुको श्रोत विउको समेत उत्पादन गर्न सामूहिक खेती शुरु गरेको हो  । विगतमा जेठो बुढो धानको मुल वीउ उत्पादन र विक्री गरेको सहकारीले हिउँदे खेती अन्तरगत आलु लगाएको जनाएको छ  । सहकारीका अध्यक्ष रमेश शर्मा चापागाईले उत्पादन भएको आलु स्थानीय बजारमा विक्री गरेर मात्रै अन्य बजारमा पु¥याउने बताए ।

कृषि ज्ञान केन्द्र पर्वतको आलु प्रबद्र्धन कार्यक्रम अन्तरगत सहकारी मार्फत सामूहिक आलु खेती गरीएको हो  । कार्यक्रम सञ्चालन गर्न कम्तीमा तीस रोपनीमा कृषि निर्देशीका अनुसार आलु खेती गर्नु पर्ने मापदण्ड अनुसार सम्झौता भई किसानहरुले खेती गरीरहेका हुन  । फलेवास नगर पालिकाले आलु किसानहरुलाई तालिम प्रदान गरेको छ  । नगर उप प्रमुख शोभा क्षेत्रीले नगर पालिकाका ४ वडामा आलु पकेट क्षेत्र निर्धारण गरेर सामूहिकआलु खेती भईरहेको बताईन ।

चालु वर्षमा पर्वतमा कार्यक्रम मार्फत करीव तीन सय रोपनी क्षेत्रफलमा आलु खेती भईरहेको जनाइएको छ  । ज्ञान केन्द्र पर्वतले जिल्लाका दश वटा सहकारी मार्फत आलु प्रबद्र्धन कार्यक्रम सञ्चाल भइरहेको जनाएको छ  । प्रति समुह सहकारीलाई एक लाख पचास हजार अनुदानमा आलु खेती विस्तार र उत्पादन बढाउन कार्यक्रम सञ्चालन गरीएको जनाइएको छ  । ज्ञान केन्द्र प्रमुख मनीता थापाले कार्यक्रमले किसानहरुमा आलु खेती प्रतिस्पर्धात्मक रुपमा सक्रियता भईरहेको बताईन  ।

पर्वतमा एम एस ४२ , जनक देव, पिबिएस , र स्थानीय रैथाने पालुङ जातको आलु खेती हुँदै आएको छ  । कार्यक्रमले जिल्लामा सामूहिकखेती तथा चक्लाबन्दी खेती विस्तार सँगै उत्पादनमा बढाउनमा सघाउ पुगेको दावी गरिएको छ  ।

Previous Post

माघे संक्रान्तिमा कृषि जैविक मेला हुँने

Next Post

सुन्तलाबाट अरव बढी आम्दानी भित्रिदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सुन्तलाबाट अरव बढी आम्दानी भित्रिदै

सुन्तलाबाट अरव बढी आम्दानी भित्रिदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In