• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

दिगो कृषि वहस : ऋषिकृषि रणनीति

आरसी टाइम्स by आरसी टाइम्स
५ असार २०८०, मंगलवार १७:००
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
दिगो कृषि वहस : ऋषिकृषि रणनीति
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter
कुलराज चालिसे , 
 रामायण सीतारामको लीलाकथा निश्चय पनि हो  ।  तर त्यो लीलाकथाको वातावरण बनाउने सूर्यवंशका कुलगुरु वसिष्ठ, राजाबाट ऋषि बन्नुभएका श्रीरामका दिक्षागुरु विश्वामित्र र त्रिकालदर्शी ऋषि वाल्मिकीको भूमिका विश्लेषण नगर्ने हो भने लीलाकथाको सन्देश बुभ्mन सकिदैन  ।  दिगो कृषि वहसको सन्दर्भमा गुरुहरुको चर्चा किन हुँदैछ भनेर प्रश्न उठन सक्छ  ।
तर गुरुकुलको शिक्षा पश्चात तीर्थयात्राबाट फर्कीएका श्रीरामको वैरागी स्वभावलाई ऋषि विश्वामित्रको सत्प्रयासले श्रीरामलाई प्रवृत्ति मार्गमा चल्न प्रेरीत गर्ने योगवासिष्ठको सन्देशले अतिवाहिक र आधिभौतिक शरीरको अन्तरसम्बन्ध बनाई राख्नको निमित्त शुद्धअन्न व्यवस्थापनको दिगो सुत्र संकेत गरेको हुँदा प्रसंगवस् याहाँ चर्चा गर्ने प्रयास गरीएको छ  ।  एउटै लेखबाटबाट यो तर्क सिद्ध गर्न सकिदैन  ।  तर सीतायन वहसको क्रममा हामीले आनन्दरामायण र अदभूतरामायणको पंक्तिहरु संगालेर धेरै चर्चा गरीसकेका छौ  ।  तिनलाई फेरी दोहोर्याउन आवस्यक छैनं  ।  विगतमा प्रकाशित ति वहसहरुलाई शुक्ष्म मनन गरेमा यो लेख पनि सीतायन वहस अन्तरगत नै भएको अर्थ लाग्छ  ।  तिनिहरुसंग समायोजन गरेर यो लेख पढदा यस्तो अन्तरसम्बन्ध बुभ्mन सकिन्छ  ।  पाठकहरुलाई आरसी टाईम्सको डिजिटल पोर्टलमा गएर तिनलाई पछ्याउन अनुरोध छ  ।
कृषिको कुरा गर्दा जेजती व्याख्या गरे पनि सूर्यको किरण र ताजा पानीलाई जैविक थुप्रोमा परिणत गर्ने नै हो  ।  त्यसरी उत्पादन भएको जैविक थुप्रोलाई उपभोग्य स्वरुपमा रुपान्तरण गर्ने, खोल हाल्ने र वितरण गर्ने कार्य त जैविक थुप्रोको बजारीकरण जुक्ति मात्र हो  ।  जैविक थुप्रोको उत्पादन भएन भने बजारीकरण जस्तो पूरक सेवाको कुनै अर्थ रहदैन  ।  मनसुनको प्रवृत्ति, उत्तरी गोलार्धमा दक्षिण पानी ढलो बनेको भूगोल, भूगोलको शिरमा मनसुनको पानी हिउँदको निमित्त संचय गरेर राख्ने क्षीरसागर नामको प्राकृतिक सुविधा हामी संग छ  ।  तिनै विशेषताहरुको कारणले दक्षिणको मैदानमा भन्दा सस्तो लागतमा वर्षैभरी अन्न उत्पादन गर्ने सम्भावना हामीसंग छ  ।  उत्पादित कृषि उत्पादन उच्च मूल्यमा बेच्न दक्षिणको बजार खुल्ला छ  ।  त्यसमाथी दक्षिणका जनता पर्यटक बनेर नेपाल पस्ने क्रम दिन प्रतिदिन बढदै छ  ।  मुक्तिनाथ र पशुपतीनाथको दर्शन गर्न आएका तीर्थालुलाई पाँच पाँच किलोको दरले गुणस्तरीय चरु, अक्षता वा समिदा थमाएर पठाउन सकियो भने पनि हाम्रो उत्पादनलाई निर्यात प्रकृया पूरा गरेर थोकमा बेच्न पर्दैन  ।  कृषि उत्पादन संग वसिष्ठ, विश्वामित्र र वाल्मिकी ऋषिहरुको प्रसंग त्यसैले जोडन खोजेको हो  ।  सीतायन वहसको मूल उद्देश्य हिमवतखण्डको भूगोल समग्रलाई ब्राण्डमा स्थापित गर्ने हो  ।  भूगोल ब्राण्डको व्यावशायीकलाभ लक्षित वर्गसम्म विस्तार गर्ने लक्ष त ब्राण्ड स्थापित भए पछि मात्र गर्ने हो  ।  बजार विस्तार नहुँदै उत्पादन तथा स्वरुप रुपान्तरणमा लगानी गर्दा मध्यमवर्ग पनि विपन्नवर्गमा परिणत हुन समय लाग्दैन  ।  वैंकहरु मोटाएर राज्यलाई कर तिर्दैमा राज्य सम्वृद्ध हुँदैन  ।  देश सम्वृद्ध हुन विपन्न वर्गका जनता मध्यम वर्गमा उक्लिनै पर्छ  ।  त्यसको निमित्त स्वदेशी उत्पादन विदेशी उपभोक्ताको घरघरमा पुग्नै पर्छ  ।  नत्र त वैंक तथा व्यापारीक घरानालाई जनता चुसेर सरकारलाई कर बुझाउने दलालको आरोप लाग्छ  ।  अहिले हाम्रो अर्थतन्त्र त्यस्तै दलालहरुले चलायमान बनाएका छन्  ।  विप्रेषणबाट आएको स्रोतलाई उपभोग्य सामाग्रीमा खर्च गराउन प्रेरित गर्ने अर्थतन्त्रलाई दलाल अर्थतन्त्रकै संज्ञा दिन सकिन्छ  ।  सुन्दा अप्रीय लागे पनि हामी दलाल भएका छौ  ।  त्यो पनि आप्mनालाई शोषण गरेर अर्कालाई पोस्ने दलाल  ।  शिक्षाप्रणालीबाट ऋषि वचन हटाउने वहादुरी देखाएका हामीले आप्mनो उत्पादनको पहिचान नगरी भिख मागेर खान उदार अर्थतन्त्रमा प्रवेश गर्याै  ।  त्यतिले नपुगेर गणतन्त्र, धर्मनीरपेक्षता, संघीयता र समावेसीतालाई महान उपलब्धी भनेर खेतवारीमा रमाएका जनतालाई भुरेटाकुरे राजा बनाएकाछौ  ।  त्यस्को मूलकारणमा २०२८ सालमा लागु गरेको शिक्षा प्रणालीमा परिवर्तन थियो  ।  त्यसले देशलाई त सकेकोे थियो नै, जस्ले त्यो प्रणाली परिवर्तन गरेका थिए तिनलाई पनि सक्यो  ।  तैपनि संघीयता र समावेसीतालाई उत्पादक बनाउने सम्भावना थियो  ।  स्थानीय सरकार बनाउने अभ्यास गरेको छ वर्ष हुँदापनि त्यस्को पनि सदुपयोग गर्न सकेका छैनौ  ।
हुन त समग्र नेपालको राज्यसंस्कृतिमा विकृति संक्रमित भएको छ  ।  यो संक्रमणको शुद्धिकरण सजिलै हुँदैन  ।  यस्को वीजारोपण राजामहाराजाहरुले गरेका थिए  ।  पृथ्वीनारायण शाहले बसाएको थिती उनैका वंशले भत्काएका थिए  ।  त्यस्को प्रतिफल देश गणतन्त्रमा प्रवेश गरेर सास्कृतिक पहिचान समेत धर्मराएको छ  ।  एकैपटकमा समग्र नेपालबाट यो रोगको निवारण हुन कठिन छ  ।  त्यसमाथी जातवर्णको संकुचित विभाजन उहिल्यै देखि जह्रा गाडेको छ  ।  अगाडी बढेको समय पछाडी फर्किदैन  ।  अठ्ठाईससाललाई फेरी खोजेर हुँदैन  ।  इतिहाँस परिवर्तन हुँदैन, त्यसबाट शिक्षा लिएर भविष्य परिवर्तन गर्ने विकल्प मात्र हामीसंग रहन्छ  ।  संघीयता र समावेसीतालाई सदुपयोग गरेर त्यस्तो परिवर्तन परिक्षण गर्न सकिन्छ  ।  हामी पून दोहोर्याउन चाहन्छौ, हाम्रो भूगोल र सस्कृतिलाई विश्व व्यापारको मूलधारमा पूनस्थापित गर्न सकिन्छ भनेर ठोकुवा लगाएका छैनौ  ।  हामीले परिवर्तनको रणनीतिलाई परिक्षण अभ्यास गर्ने भनेका छौ  ।  यस्को प्रारम्भ गण्डकी प्रस्रवणबाट गर्न सकिन्छ  ।  अठारै पुराणमा दिव्य व्याख्या गरीएका शालिग्रामशिलालाई ब्राण्ड राजदुत बनाएर त्यसको प्रारम्भ गर्न सकिन्छ  ।  शालिग्रामकै आधारमा श्रीकृष्णागण्डकी प्रस्रवणलाई चरु, अक्षता तथा समिदा उत्पादनको निमित्त ब्राण्ड स्थापित गर्ने सम्भावना रहन्छ  ।  विश्वका हिन्दुहरु त्यसको उपभोक्ता हुन सक्छन्  ।  त्यस्को निमित्त वसिष्ठ र विश्वामित्र ऋषिहरुको सिद्धान्त समाएर गुरुकुलको पूनस्थापना गरी ऋषिकृषि पद्धत्तिलाई परिक्षण गर्न सकिन्छ  ।
शास्त्रमा उल्लेखित विश्वनाथ र अन्नपूर्णदेवीको प्रतक्ष दर्शन गण्डकी प्रस्रवणको म्याग्दी स्थित अन्नपूर्ण गाउँ पालिकाबाट गर्न सकिन्छ  ।  पञ्चकैलाश मध्यको एक धवलकैलाशलाई धवलेश्वर श्रीमहादेवको रुपमा पूजिन्छ भने अन्नपूर्णलाई साक्षात आदिशक्ति महाकालीको रुपमा पूजिन्छ  ।  जगतरक्षाको निमित्त विश्वनाथ श्रीमहादेवले भगवती अन्नपूर्णसंग भिक्षा माग्नु भएको प्रसंग दिगो कृषिको निमित्त महत्त्वपूर्ण सन्देश मानिन्छ  ।  म्याग्दीको दाना स्थित शिवालयमा बहादुर शाहकाल देखि नै मुक्तिनाथ र दामोदरकुण्ड जाने तीर्थयात्रीलाई लक्ष गरेर अन्नक्षेत्र चलेको थियो  ।  भौगोलिक लक्षण हेर्दा यो क्षेत्र गृत्समद ऋषिको तपोक्षेत्र जस्तै देखिन्छ  ।  यसलाई वेदवतीदेवीको यज्ञकुण्डको रुपमा पनि व्याख्या गर्न सकिन्छ  ।  रामायणलीलाको जग तिनै महानआत्मासंग गासीएको छ  ।  काशीको विश्वनाथ र अन्नपूर्णको सन्देशसंग समायोजन गरेर म्याग्दीको अन्नपूर्ण माहात्म्य लेखेर प्रसार गर्ने हो भने भारतीय धर्मभिरुलाई आकर्षण गर्न धेरै प्रयास गर्नु पर्दैन  ।
भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिरमा श्रीरामको मूर्ति बनाउने वहानामा यसै क्षेत्रबाट दुईथान शिला पुगेका छन्  ।  राजर्षि भरतको तपोभूमिबाट गएको उक्त शिलाहरुले जडभरतको आत्मज्ञानको सन्देश पनि लिएर गएकाछन्  ।  अखण्ड भारतवर्षको गौरव गर्ने भारतीय सांसदहरुलाई राजर्षि भरतले उनको निवृत्त जीवनमा रोजेको क्षेत्रको स्मरण गर्न ति शिलाहरुले प्रेरित गर्नेछन्  ।  हाम्रो सौभाग्यले ति शिलाहरु मूर्तिमा परिणत हुनबाट बँचेकाछन्  ।  तिनले आप्mनो मौलिक स्वरुपमा देवशिलाको सन्देश सम्प्रेषण गर्न पाउने भएकाछन्  ।  भारतीय जनताले तिनलाई श्रीरामको विग्रह जत्तिकै सम्मान गर्नेछन्  ।  ति शिलाहरुले मौनभाषामा धवलकैलाश र कृष्णागण्डकी प्रस्रवणको सन्देश विस्तार गर्नेछन्  ।  अव हामीले ति शिलाहरु मार्फत जडभरतको सन्देश भारतवर्षमा विस्तार गर्ने रणनीति अवलम्वन गर्नु पर्छ  ।  राजर्षि भरत र जडभरतको आध्यात्मिक भिन्नता प्रदर्शन गर्न ति शिलाहरु सहायक हुन्छन्  ।  हाम्रो भूगोलको महत्त्व तिनैले स्थापित गर्नेछन्  ।
श्रीरामको लीलाकथाको सार बुभ्mन ऋषि वसिष्ठले मार्गनिर्देश गर्नुभएको उपदेशले मात्र पूर्ण हुदैन  ।  रामायण बुभ्mन ऋषि विश्वामित्रले श्रीरामलाई दिनुभएको दिक्षामन्त्रलाई पनि प्राथमिकताकासाथ मनन गर्नुपर्छ  ।  वसिष्ठले दिनुभएको निवृत्त मार्गमा विश्वामित्रको प्रवृत्त मार्गले रामायणलाई पूर्णता दिएको हुनाले ब्राह्मणकुलमा जन्म भएर पनि काल र अन्नदोषको कारणले दानव कहलीएको रावणको भार हरण गर्न श्रीराम सफल हुनु भएको थियो  ।
विश्वका हिन्दुहरुलाई भारतले राम मन्दिर दिन्छ, हामीले त्यसै परिसरबाट रामायणको गुढ रहष्य सम्प्रेषण गरेर धवलकैलाशलाई हिन्दुसंस्कृतिको उचाईमा स्थापित गर्नु पर्छ  ।  अव हामीले ति शिलाहरुको दैनिक जलाभिषेक कृष्णागण्डकीको पवित्रजलबाट गर्ने र देवशिलालाई दैनिक भोग यसै क्षेत्रको सीताबाट गर्ने परम्पराको थालनी गर्नु पर्छ  ।  यसले म्याग्दीको उत्पादनको माग भारतीय बजारमा बढन जाने छ  ।
Previous Post

मकै जोगाउन बाँदर धपाउने डिउटी तालिका सार्वजनीक

Next Post

महिला किसानहरुलाई उन्नत धानखेति प्रबिधि हस्तान्तरण 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
महिला किसानहरुलाई उन्नत धानखेति प्रबिधि हस्तान्तरण 

महिला किसानहरुलाई उन्नत धानखेति प्रबिधि हस्तान्तरण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In