• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

नयाँ प्रविधिमा मकै खेति गर्न पाउँदा किसान उत्साहित

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २२:२०
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, फिचर
0
नयाँ प्रविधिमा मकै खेति गर्न पाउँदा किसान उत्साहित
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

शुशिला रेग्मी/आरसी टाइम्स
रामपुर, जेष्ठ ३०
परम्परागत रुपमा मकै खेती गर्दै आएका रामपुरका किसान नयाँ प्रविधिको प्रयोग गरी खेती गर्न पाउँदा दङ्ग छन्  । पूरानै ढंगले मकै लगाउँदै आएका यहाँका किसान मकै ब्लक कार्यक्रम परेपछि नयाँ प्रविधि सिक्दै खेती गरिरहेका छन्  ।
कालीगण्डकी उपत्यकाको रामपुर नगरपालिका ३ रजघरा स्थित दर्छा हरियाली साना किसान कृषि सहकारीले उत्पादन बढाउन र नयाँ प्रविधि किसानलाई सिकाउन ब्लकमा मकै खेती सुरु गरेको छ  । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पा अन्तर्गत कृषि ज्ञानकेन्द्र पाल्पाले हेर्ने गरी यहाँ मकै बालीमा ब्लक कार्यक्रम सुरु गरिएको हो ।
ब्लक कार्यक्रम सञ्चालन भएको क्षेत्रमा यसभन्दा अघि परम्परागत रुपमा मकै, धान, गहुँ बाली किसानले लगाउँदै आएका थिए  । पुरानो तरिकाले खेती गरेका यहाँका किसान ब्लक कार्यक्रममार्फत नयाँ प्रविधिको प्रयोग गरी उन्नत जातको वीउ, विभिन्न औजार तथा यन्त्र अनुदानमा प्रयोग गर्न पाउँदा उत्पादन बढ्ने कृषक तुल्सी खनाल बताउछन्  ।
“मकै खेती जाने बुझे देखि नै गर्दै आएको हो, खेती गर्दा लागत, मेहनत धेरै लाग्ने तर उत्पादन सोँचे अनुसार हुदैनथ्यो, अहिले मेसिनबाट मकै रोप्ने प्रविधि भित्रिएको छ, लाइनमा मकै रोप्ने होइनछ, हामी त अन्धाधुन्ध तरिकाले खेतबारीमा सिधै मकै छरिन्थ्यो, अनि उत्पादन भएन, फल लागेन भन्यो बस्यो” उनले बताए ।
सहकारीका ४१४ कृषक आबद्ध भई ब्लकमा मकै खेती गरिरहेका छन्  । ब्लक कार्यक्रम अन्तर्गत यहाँ दुई हजार ६०० रोपनी जग्गामा मकै खेती गरिएको छ  । मकै खेतीमा ब्लक कार्यक्रम सञ्चालन गर्न सबैभन्दा पहिला जग्गा उपयुक्त छ कि छैन त्यसको छनौट गर्नुपर्दछ  । कृषि प्राविधिकले उपयुक्त ठहरेको जग्गा छनौट गरी कम्तीमा दुई हजार रोपनी क्षेत्रफलमा खेती गरिनुपर्ने कार्यविधि छ  ।
निर्वाहमुखी खेती प्रणालीले लागत र मेहनत अनुसार उत्पादन लिन नसकिरहेको अवस्थामा अब उत्पादन बृद्धि गर्न नयाँ प्रविधिबाट खेती प्रणाली सिकाएर कृषकको आर्थिकस्तर उकास्न ब्लक कार्यक्रमले ठूलो सघाउ पुग्ने बताउछिन्, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख कामना अधिकारी ।
अधिकारीका अनुसार , “एक दुई वर्षसम्म मात्र नभई दीर्घकालिन रुपमा किसानलाई व्यावसायीक बनाउन, उत्पादन लागत घटाउँदै उत्पादकत्व बृद्धि गर्ने, मकै लगाउने पुरानो शैलीलाई विस्थापित गरी नयाँ प्रविधिबाट खेती गर्न सिकाउनका लागि ब्लक कार्यक्रमले ठूलो सघाउ पुग्नेछ” ।
उत्पादन बृद्धि, बजारीकरण, यान्त्रिकरणमा सघाउ पुग्ने र लागत खर्च घटाउन, उद्धेश्यले गरिएको ब्लक कार्यक्रममा सहभागी कृषकलाई अनुदानमा विभिन्न सामग्री उपलब्ध गराइएको छ  । ब्लक क्षेत्रमा लगाइएको मकैको उत्पादन राम्रो हुदै गएको र यस कार्यक्रमले उत्पादन कसरी बढाउन सकिने रहेछ भन्ने कुराको किसानले जानकारी पाएको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउछन्  ।
“ब्लक विकास कार्यक्रम सञ्चालन गर्न एकै ठाउँमा ठूलो क्षेत्रफल आवश्यक पर्ने भएकाले रामपुरलाई नै छनौट गरिएको हो, किसानले यस कार्यक्रमबाट खेती लगाउने नयाँ प्रविधिका अलवा विभिन्न प्रविधि अनुदानमा प्राप्त गरेका छन्, उत्पादन बढाउने गरी खेती गरेको पाइएको छ” उनले बताए ।
ब्लक विकास कार्यक्रम भनेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पा अन्तर्गत कृषि ज्ञानकेन्द्र पाल्पाले हेर्ने गरी कार्यक्रम सञ्चालन भइरहेको छ  । यस आर्थिक वर्षमा भने चार पालिकामा चारवटा नयाँ ब्लक विकासका कार्यक्रम छन्  । जसअन्तर्गत रामपुरमा मकै बाली, रिब्दिकोट गाउँपालिकामा आलु बाली, निस्दी गाउँपालिकामा अदुवा बाली र पूर्वखोला गाउँपालिकाको जल्पा र देवीनगरमा तरकारी बालीमा ब्लक कार्यक्रम चलाइएको छ  ।
गत आर्थिक वर्षमा जिल्लाका नौ पालिकामा पूरानो कार्यक्रम नै क्रमागत रुपमा चलिरहेको छ  । जस अन्तर्गत रैनादेवीछहरा र रिब्दिकोट गाउँपालिकामा तरकारी बाली, तिनाउँ र माथागढी गाउँपालिकामा धान, रामपुर नगरपालिकामा आलु, निस्दी गाउँपालिकामा सुन्तला जात फलफूल, बगनासकाली गाउँपालिकामा अदुवा, तानसेन नगरपालिकामा भेटरीनरी अस्पताल तथा पशुविज्ञ केन्द्र पाल्पामार्फत गाईपालनको ब्लक कार्यक्रम सञ्चालन गरिएको हो ।
ज्ञानकेन्द्रको रु २४ लाख ९८ हजार, सहकारी संस्थाको रु २२ लाख सात हजार गरी रु ४७ लाख पाँच हजारको लागतमा कार्यक्रम सञ्चालन गरिएको हो  । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय पाल्पाका प्रमुख दिपक भट्टराईले विभिन्न बाली प्रवद्र्धन गर्नुका साथै कृषकलाई नयाँ प्रविधिको प्रयोग गराउन सिकाउँदै व्यावसायीक रुपमा खेती गरी आत्मनिर्भर बनाउन ब्लक कार्यक्रम सञ्चालन गरिएको बताएका छन् ।
सहकारीले २०७८ फागुन १८ गते सम्झौता गरी कार्यक्रम अगाडी बढाएको छ  । अहिलेसम्म किसानलाई अभिमुखीकरण कार्यक्रम, मकै खेती प्रविधि सम्बन्धी तालिम, विभिन्न यान्त्रिकरण सामग्री, उन्नत वीउ वितरण गरिएको सहकारीका अध्यक्ष भेषबहादुर वंशीले बताए  । उनका अनुसार यन्त्र र उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ  ।
सहकारीले कृषि क्षेत्रलाई बढावा दिदै व्यावसायीकरण बनाउन संस्थामा आबद्ध सदस्यलाई च्याउ खेती, तरकारी खेती प्रोत्साहन जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो  । हाल सहकारीमा ९१४ सेयर सदस्य रहेका छन्  ।

Previous Post

जुनोटिक रोगहरु नियन्त्रण गर्नमा पशुचिकित्सकको भूमिका

Next Post

आँधीखोलाको प्राङ्गारिक कृषि अभियान विस्तारित हुँदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
आँधीखोलाको प्राङ्गारिक कृषि अभियान विस्तारित हुँदै

आँधीखोलाको प्राङ्गारिक कृषि अभियान विस्तारित हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In