• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

नयाँ भाष्यमा हिमवतखण्डको रामायण लेख्ने कार्यको आरम्भ गरौं

— कुलराज चालिसे 

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०८०, मंगलवार १८:०५
in ऋषिकृषि, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो, विचार
0
दशैंको विशिष्टता निर्माणमा कसको योगदान कति ?
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
कुलराज चालिसे ,
 वेदका मन्त्रहरू मध्ये अस्सी प्रतिशत कर्मकाण्डसंग सम्बन्ध राख्छन्  ।  वाँकी रहेका वीस प्रतिशत मन्त्र मध्य पनि सोह्र प्रतिशत साधनासंग सम्बन्धित छन्  ।  सत्य तथ्य त चार प्रतिशत मन्त्रमा सिमित छन् भनिन्छ  ।  तिनलाई खोजेर विज्ञानमूलक सत्य पहिचान गर्न कठिन हुन्छ  ।  सत्य खोज्दा गहिरो रनभुल्लमा परिन्छ  ।  त्यस्तै छन्, रामायणका लीलाकथाहरू र रामायणका पात्रहरूको जन्मकथाहरू  ।  कर्मकाण्डको शिखर शास्त्र अग्निपुराणले एक प्रसंगमा रामानुजाचार्य महाराजले गुरुमुखबाट अठ्ठार पटक रामायणको श्रवण गर्नु भएको उल्लेख छ  ।  गुरुले एकैभावबाट रामायण वाचन गर्नुभयो तर रामानुजाचार्य महाराजले हरेक पटक पृथक पृथक अर्थ पाउनु भयो  ।  रामायणलाई रामानुजाचार्य महाराजले भन्दा गहिरोसंग कस्ले बुभ्mन सकेको होला र ? वाल्मिकी ऋषिले रामायणको रचना नै त्यसरी गर्नु भएको छ, जस्ले जुन पात्रलाई केन्द्रमा राखेर अध्ययन गर्छ, अर्थ पनि त्यतै त्यतै ढल्केको पाउछ  ।  त्यसैकारणले स्थानीय भाषामा रामायणको उल्था गर्दा फरक फरक सूचना प्रवाह हुनगएको छ  ।  त्यसैको कारणले संसारमा हजार भन्दा बढी रामायण लेखिन पुगेको छ  ।  तिनलाई आआप्mनो परिवेशको अर्थमा लेखीएका छन्  ।  त्यसैले गर्दा अयोध्या नामको नगर पनि एक भन्दा धेरै छन्  ।  इण्डोनेसीयामा पनि अयोध्या छ  ।  उनिहरूको रामायण आप्mनै परिवेशको छ  ।  चितवनमा पनि अयोध्या छ  ।  पूरातात्वीक प्रमाण सहितको अयोध्या छ  ।  तर त्यो अयोध्या कुन मनवन्तरको त्रेतायुगिन अयोध्या हो वा अन्य कुनै रामले बसाएको अयोध्या हो भनेर प्रमाण्ीकरण गर्न त्यति सजिलो छैन  ।  विदेह जनकको नगर हालको जनकपुर हो वा बाराको सिम्रौनगढ हो भनेर ठोकुवा लगाउन पनि त्यत्तिकै कठिन छ  ।  त्रेतायुगको भौतिक प्रमाण र भूगोलको प्रकृति अहिले खोज्दा कहाँ पाईएला र ? रामपुर वा रामनगरको संख्या त गनेर साध्य छैन  ।  राम तथा कृष्ण नामधारी संख्याको कुरा त के गर्नु र ? अन्तिम श्वास लिदा भगवानको नाम जप गर्ने लोभमा धेरैले बच्चालाई राम र कृष्णको नाम दिएका छन्  ।  आँफैले आँफैलाई अवतार बताउनेको संख्या अहिले त कम छैन भने एक दुईतीन हजार वर्ष अगाडी नक्कली अवतारीको के कमी थियो होला र ?
रामायणको अर्थ बुभ्mन सवैभन्दा पहिला वसिष्ठरामायण केलाउनु पर्छ  ।  गुरुकुलको शिक्षा समाप्ति पश्चात यज्ञरक्षाको निमित्त ऋषि विश्वामित्रले श्रीराम र लक्ष्मणलाई माग्नुहुँदा ऋषि वसिष्ठले दिनुभएको आत्मज्ञानको शिक्षाले रामायणमा अनेक हाँगाविँगा पल्हाउन पुगेकाहुन्छन्  ।  आत्मज्ञानको व्यवहारीक उदाहरण त राजर्षि भरतको तीन जन्मका क्रमागत कृयाकलापले पनि स्पष्ट गरेका छन्  ।  राजर्षि भरतले निवृत्त जीवनयापनको निमित्त छनौट गर्नुभएको पुल्हाश्रमलाई हामीले रावणको जन्मस्थल मानेका छौ  ।  यही स्थान गृस्तमद तथा विश्वामित्र ऋषिहरूको तपोस्थल जस्तै प्रतित हुन्छ  ।  वेदवतीको कथा हेर्ने हो भने रावणलाई उनले यसैस्थानमा श्राप दिनुभएको जस्तो लाग्छ  ।  पुञ्जिकस्थलाको क्षेत्र पनि यही जस्तो लाग्छ  ।  राजर्षि सत्यव्रतले प्रलयकालमा प्रयोग गर्नुभएको जलयानको अवशेष म्याग्दीको रिखारमा देख्न पाइन्छ  ।  पाल्पाको रामपुरखण्डका भूगोलहरू अवलोकन गर्दा सोह्रहजार ऋषिकन्याहरूलाई श्रीरामले यसैक्षेत्रमा तारकमन्त्र प्रदान गर्नु भएको जस्तो लाग्छ  ।  आनन्द रामायण, राज्यकाण्ड (उत्तराद्र्धम्), सर्ग ११।१२ मा दुन्दुभीले हरण गरेको १६००० राज्यकन्यालाई गण्डकी प्रस्रवणबाट छुटाउनु भएको शब्दप्रमाण सम्बन्धमा धेरै वहस गर्नु पर्दैन  ।
त्रिलोकी भगवानको लीलाकथाहरूमा भौतिक प्रमाण जुटाउन खोज्दा यस्ता यस्ता भ्रम भइरहन्छन्  ।  वसिष्ठरामायणको स्थान स्थानमा डोरीलाई सर्प देख्ने दृष्टान्त जस्तै रामायणका स्थान र पात्रका भौतिक प्रमाण खोज्दा भ्रमको दलदलमा पर्नुलाई अनौठो मान्न सकिदैन  ।  विदेहपात्रमा देहधारी गुण खोज्दा भ्रम पैदाहुनु अस्वाभिक पनि हुदैन  ।  साहित्याचार्यहरूको हरेक कल्पनालाई सत्य मानेर आआप्mनो क्षेत्रमा श्रीरामको लीलाकथा भएको विश्वास हुनु उनिहरूको कल्पनाशक्तिको प्रमाण हो  ।  त्यसमाथी पुराना पाण्डुलिपिका शब्दहरूलाई प्रमाण मानेर विश्लेषण गर्ने हो भने त भ्रमको जगमा खडा भएको प्रतिवेदन जस्तै लाग्छ  ।  यस्ले वसिष्ठरामायणको संसार भ्रम हो, ब्रह्म सत्य हो भन्ने कथन उपर बारम्बार विचार गर्न बाध्य भइन्छ  ।  त्यसमाथी अध्यात्मरामायणमा कथन भए जस्तै स्वयं गरुडजी महाराज त भ्रमित हुनु भएको रामायणमा हामी झुक्किनु कुन ठूलो कुरा हुन्छ र ?
आजभोली भारतको फैजावाद स्थित प्राचिन अयोध्याको राममन्दिरको जगमाथी मुगलकालमा निर्माण भएको बाबरीमस्जिद भत्कायर कलात्मक राममन्दिरको निर्माण हुँदैछ  ।  मन्दिरको जग खन्दा त्याहाँ विश्व हिन्दु परिषदले प्राचिन पुरातात्विक प्रमाण प्राप्त भएको दावी गरीरहेको छ  ।  उनिहरूले यो दावी लगभग पाँचसय वर्ष देखि गर्दै आएका छन्  ।  नेपालका केही प्राज्ञहरूले चितवनको माडी स्थित अयोध्यामा पनि पुरातात्विक प्रमाण रहेको दावी गरेका छन्  ।  त्यसैको पारीपट्टी पश्चिम चम्पारणमा रामनगर छ  ।  उनिहरू पनि त्यस्तै दावी गर्छन्  ।  उनिहरूको दावीमा हालको जनकपुर नै प्राचिन जनकपुर हो र त्यसैसंग दुरी नापेर प्राचिन अयोध्याको अनुमान लगाइन्छ  ।  उता उत्तर प्रदेश स्थित अयोध्याको नजिकै पनि जनकपुर रहेको दावी गर्छन्  ।  पाचसातसय वर्षका भग्नावशेषको आधारमा अयोध्या र जनकपुरको किटानी गर्न सकिदैन  ।  रामायण त्रेतायुगको हो  ।  त्यसपछि द्वापरको महाभारत सकेर कलीयुगले पनि लगभग पाँचछहजारवर्ष पार गरीसकेको छ  ।  हामी भने हजारवर्ष पनि नभएका भौतिक प्रमाण र केही साहित्यकारहरूले तात्कालिन महाराजाहरूको प्रितिको निमित्त पूनरलेखन गरेका रामायणका शब्द प्रमाणको आधारमा श्रीरामको अयोध्या खोज्दैछौ  ।  भूमण्डलीकृत हुनुभएका श्रीरामलाई सानोसानो घेरामा सिमित गर्न खोज्दैछौ  ।  महल छाडेर वन रोज्ने श्रीसीतारामलाई भव्य महलमा सजाउन खोज्दैछौ  ।  जनजनको मनमनमा बसेका सीतारामलाई जनताको मनबाट अलग गरेर मन्दिरमा सिमित गर्न खोज्दै छौ  ।  अद्वैत बनेको राम मन्त्रलाई द्वैतवादमा स्थापित गर्न खोज्दैछौ  ।
भारत सरकारले हालै निर्माण गरेको संसदभवनमा अखण्डभारतको नाममा प्राचिन भारतवर्षको नक्सा टाँसेको छ  ।  त्यो नक्सा मापदण्डमा छैन  ।  त्याहा उल्लेखित प्राचिननगरहरू पनि सहिस्थानमा भए नभएको वारेमा अनेक विवाद छ  ।  त्यो भारतीय संसदले अनुमोदन गरेको राजनैतिक नक्सा पनि होइन  ।  भारत सरकारले त्यसलाई इतिहाँस झल्काउने सास्कृतिक नक्सा भनेको हुदा भ्रमणकालमा नेपालका प्रधानमन्त्रीले विवाद उठाउन आवस्यक ठान्नुभएन  ।  भारत र नेपालका सरकार तथा संसदले चर्चामा नल्याउदा पनि संचारमाध्यमहरूले त्यो विवाद जनस्तरमा पुर्याए  ।  भारतका राजनैतिकदलहरू सन् २०२४ मा हुने आमनिर्वाचनमा त्यसको लाभ लिन प्रयासरत छन् भने नेपालमा सत्ता परिवर्तनको निमित्त त्यसलाई आधार बनाउन प्रयासरत छन्  ।  चर्कवर्तीराजा अशोकले भारतको निर्माण गर्नु अगाडी पनि ससाना राज्यहरू थिए  ।  तात्कालिन मिथिलाको भूभाग अहिले नेपाल र भारतमा विभाजित छन्  ।  त्यसैगरी कोशल राज्य पनि दुवै देशमा छन्  ।  तात्कालिन कपिलवस्तुको भूगोल पनि दुवै देशमा विस्तारित भएको थियो  ।  राज्य एकीकरण र खण्डीकरण धेरै पटक भए  ।  सेनकालमा नेपालको सिमा भागिरथी मैदानसम्म विस्तारित थियो  ।  त्यसैको आधारमा चाणक्यले नेपालको राडीपाखीलाई संग्रहयोग्य उत्पादनको फेहरिस्तमा राख्नु भयो  ।  अंग्रेजको पालामा पनि हामी पूर्वमा टिष्टा, पश्चिममा काँगडा पुगेका थियौ  ।  पछि सुगौलीसन्धीले नयाँ राजनैतिक सिमाना कायम गर्याे  ।  अहिले हामी त्यसैमा छौ  ।
नेपाल, भारत र चिनको वर्तमान राजनैतिक नक्सामा विस्तारित भागिरथीको उत्तरी पानीढलो सम्पूर्ण हिमवतखण्ड हो  ।  हामीले कुनैपनि यज्ञकर्म गर्दा संकल्प गर्ने मन्त्रमा काल, भूगोल र आप्mनो वंशवृक्षको उच्चारण गर्छाै  ।  त्यसमा जम्मूद्विप, भारतवर्ष, हिमवतखण्ड अन्तरगत नेपालदेशको उच्चारण गर्छाै  ।  भारतवर्षको नक्सा विवादित भयो भनेर संकल्पपाठ गर्ने कि नगर्ने ? नेपालका सिद्धार्थ गौतमले बोधगयामा ज्ञान पाउनुभयो र कुशीनगरमा देहत्याग गर्नु भएको स्वीकार्ने कि नस्वीकार्ने ? नेपालकी छोरी भनेर सीतामातालाई भारतीयले पूज्ने कि नपूज्ने ? अयोध्याका राजा भरतले म्याग्दीको पुल्हाश्रमक्षेत्रमा वानप्रस्थजीवन विताउनु भएको मान्ने कि नमान्ने ? स्वामीनारायण नीलवर्णीले मुक्तिनाथमा तपस्या गर्नु भएको मान्ने कि नमान्ने ? गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणमा मार्गनिर्देश गर्नुभएको मान्ने कि नमान्ने ? हामीले भारतको र भारतीयले नेपालको तीर्थयात्रा गर्ने कि नगर्ने ? यस्तै यस्तै विवाद निम्त्याउने तर्क प्राज्ञ जगतले किन उठाउने ? हिमवतखण्डमा हिमालयक्षेत्रलाई शास्त्रले उच्च सम्मान दिएको छ  ।  त्यसमा पनि शालिग्रामी श्रीकृष्णागण्डकी प्रस्रवणलाई शिखरमा राखेको छ  ।  भारतवर्षको सास्कृतिक नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त छ  ।  याहाँको हरेक कुनालाई पवित्र तीर्थस्थल बनाएर भारतीय पर्यटकलाई निमन्त्रणा दिने आधार हामीसंग छ  ।  यसैको आधारमा याहाका हरेक लतावृक्षलाई प्रसादको मान्यता दिएर व्यावशायीक लाभ लिनुको सट्टा राजनैतिक संकुचनमा भारतवर्षको सत्यता लुकाउने विज्ञताले नेपाललाई आर्थिक फाइदा पुग्दैन  ।  हिमवतखण्डमा राजर्षि भरत र जडभरतले प्रदर्शन गर्नुभएको ब्रह्मवादलाई केन्द्रमा राखेर नयाँभाष्यमा रामायण लेख्ने कार्यको आरम्भ नेपालले गर्नुपर्छ  ।  नमिठो लाग्छ भनेर वास्तविकता भुल्न मिल्दैन  ।  हाम्रो सैन्यक्षमता त्यत्ति सवल छैन  ।  भारतसंग प्रतिस्पर्धा गर्न कुटनीति नै गर्नु पर्छ  ।  भारतीय संसदमा अंकित नक्सालाई प्रश्न बनाएर युद्ध गर्ने क्षमता छैन भने देशको स्वाभिमान र सार्वभौमसत्तालाई अक्षुण राख्दै नेपालको आर्थिक हितमा प्रयोग गर्ने सुनौलो मौका चुकाउनु हुँदैन  ।
Previous Post

‘फोहरबाट मोहर र पातबाट पैसा’

Next Post

घिरिङ्गको पुट्टारमा कृषि उपज संकलन केन्द्र सूरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
घिरिङ्गको पुट्टारमा कृषि उपज संकलन केन्द्र सूरु

घिरिङ्गको पुट्टारमा कृषि उपज संकलन केन्द्र सूरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In