• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

परदेशबाट फर्किएर व्यवसायिक तरकारी खेतिमा रमाएका विन्दु

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०७९, सोमबार २३:१४
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
परदेशबाट फर्किएर व्यवसायिक तरकारी खेतिमा रमाएका विन्दु
0
SHARES
112
VIEWS
Share on FacebookShare on Twitter

गोपाल जीटी /आरसी टाइम्स
वालिङ्ग श्रावण १६
कालीगण्डकी उपत्यकाको रामपुर नगर ३ किर्तिपुरका विन्दु खत्री उमेरले ४१ पुगेका छन्  । पाँच दाजुभाई मध्ये उनी साहिँला हुन्  । १८ वर्ष भारतमा मजदुरी गरेर फर्केका विन्दु विगत एक वर्षदेखि तरकारी खेतिमा व्यस्त छन्  । लामो समय भारतमा मजदुरी गर्दा भन्दा तरकारी खेतिमा एक वर्षको उत्पादनबाट उनि सन्तुष्ट छन्  । धान मकै लगाएर वर्षमा ५० हजार जतिको अन्न उत्पादन हुने खेतमा तरकारी फलाएर ५ लाखभन्दा धेरै कमाई हुनेभएपछि विन्दु खुसी छन्  ।

विन्दु भन्छन्—“अरु अन्नबाली लगाउँदा उत्पादन लिन तीन चार महिना कुर्नुपथ्र्याे, अहिले तरकारीखेतिबाट दैनिक आम्दानी हुन्छ  ।् पहिलादेखि यो पेशामा लागेको भए धेरै प्रगति गरिँदोरहेछ  । अब पनि कृषि पेशाबाट आर्थिक सुरक्षण गर्नसक्छु भन्ने एकवर्षको अनुभवले विश्वास दिलाएको छ  ।”  भारतमा लामो समय विताएकामा उनलाई पछुताउ बनाएको छ  । हरियो तरकारीको आयातबाट धेरै पैसा बाहिरिएको छ  । आँफू खाएर अरुलाई समेत विक्रि गरेर आर्जन गर्न सकिने तरकारी नै हो  । भए आँफ्नैमा गरौं, छैन भने जग्गा भाडा लिएर गरेपनि राम्रो फाइदा लिन सकिन्छ  । त्यसैलै कोहि युवा पैसा कमाउन विदेश धाउन पर्दैन विन्दुले थपे  ।
कुनै तालीम लिएको छैन, जति गरें युट्यूव लगायतका सामाजिक सञ्जालको सहायतामा गरें  । जे भएको छ, राम्रै भएको छ, यदि अवसर पाए तालीम लिने खत्रीको विचार छ,  ।

खत्रिले घिरौंला, काँक्रा, बोडी, करेला, भिण्डी लगायतका तरकारी लगाएका छन्  । अहिलेको सिजनमा मात्रै ७० क्वीण्टल काँक्रा विक्रि गरिसकेका खत्रीले झण्डै दुई लाख पारेका छन्  । त्यहि अनुपातमा अरु तरकारी पनि विक्रि गरेकाछन् उनले  ।
अहिले पनि काँक्राका झाल ढकमक्क भई फल्ने तयारीमा पूmल खेलिरहेका छन्  ।
अब फेरि दशैंका लागि ६ सय भन्दा बढि काँक्राका बिरुवा लगाउन खत्रीले तयारी गरिसकेका छन्  । यसबाट दैनिक २ क्वीण्टल उत्पादन गर्ने उनको लक्ष्य छ  ।आँफूले गरेको काममा रमाउन सक्नुपर्छ, अवस्य सफलता प्राप्त गर्न सकिन्छ  । जुन विन्दुको काम गराई र व्यवहारले देखाएको छ  । रसिक स्वभावका खत्री अरुलाई हँसाएर बोल्ने बानी छ  । काम गर्दा होस या बोल्दा, विषय प्रशंग मिलाएर गीत गाउन पनि पछि पर्दैनन् उनि  ।

आँफ्नो श्रम बाहेक नगद ६० हजार लगानीबाट सुरु गरेका खत्रीले १० रोपनी जग्गामा तरकारी लगाएका छन्  । यतिबेला उनको खेतमा लटलम्म बोडी फलिरहेका छन्  । उनले कृषि प्राविधिकको सहयता लिएका छैनन् र कसैले कुनै सल्लाह दिएका पनि छैनन्  । सोंचसँगै खोज गर्ने हो भने प्राविधिकको निगरानी बिना पनि व्यावसाय गर्न सकिने खत्रीले सावित गरेका छन्  ।
यसका साथै खत्रीले बङ्गुर पनि पालेका छन्  । यो पनि यूट्युवकै आधारमा सुरु गरेका हुन्  । उनले ४ वटा माउबाट बच्चा उत्पादन गर्दै आएका छन्  । यसबाट पनि राम्रो फाइदा लिन सकिने खत्रीले अनुभव लिइसकेका छन्  ।

खत्री भन्छन्—तरकारी विक्रि गर्न किर्तिपुरदेखि सात किलोमिटर टाढा बेझाँड बजार पुग्नुपर्छ  । अन्य स्थानमा जस्तै तरकारी विक्रि केन्द्र बनाएर बजारीकरणको व्यवस्था भैदिए आँफूजस्ता धेरै किसानलाई राहत पुग्नेथियो  ।
नगरपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने भनेपनि आँफूजस्ता धेरै किसानहरुमा नगरपालिकाको नजर नपुगेको विन्दुको गुनासो छ  ।

Previous Post

चैते धानमा कृषक पाठशालाः व्यवसायिक उत्पादनको प्रेरणा

Next Post

चौरीगाईहरुमा हुँदै आएको यातना बन्द गर

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

चौरीगाईहरुमा हुँदै आएको यातना बन्द गर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In