• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पशुधन व्यवस्थापन निगरानी गर्न पशु कल्याण मापदण्ड लागु

आरसी टाइम्स by आरसी टाइम्स
८ आश्विन २०८०, सोमबार १८:४४
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
पशुधन व्यवस्थापन निगरानी गर्न पशु कल्याण मापदण्ड लागु
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, असोज ८
हामीलाई पोषणयुक्त खानेकुरा जुटाउनमा योगदान गर्ने गाइभैसीलाई कृतज्ञता जनाउँदै कल्याणकारी व्यबहार देखाउने हो भने उनिहरको पनि सन्तुष्टीको मात्रा बढाउने र उत्पादन पनि स्वस्थकर हुने जानकारहरु बताउँछन्  । कृषि उत्पादनमा असल कृषि अभ्यासको माग भएजस्तै पशु उत्पादन जन्य क्रियाकलापमा पनि पशुमैत्रि असल व्यवहार गर्नु पर्ने खाँचो औल्याइरहेको विगत लाई सम्मान गर्दै सरोकारवालाहरुले गण्डकी प्रदेशमा पशु कल्याण मापदण्ड ल्याएका छन्  ।
सरकारी र गैर सरकारी प्रयासमा पशु कल्याण मापदण्ड स्वीकृत गराउँदै लागु गराइएको उनिहरुले जनाएका छन्  । प्रायजसो नीजी पारिवारिक पशुधनका रुपमा पालिएका चौपायाहरुले पारिवारिक ममता र अपनत्वको व्यवहार पाउने गरेकाले पशुधन पनि परिवारकै हिस्साका रुपमा सन्तोषजनक रुपमा बाच्न पाएको देखिएको तर नाफाका लागि व्यावसायिक प्रयोजनामा पालिएका पशुधनमा पशुमैत्री व्यवहारको कमी देखिएकाले गण्डकीमा व्यवसायिक फार्महरुमा पालिएका पशुधन खास गरि गाई÷भैसीमा पशुमैत्री व्यवहारको अपेक्षा राख्दै गिरानी मापदण्ड लागु गर्नु खाँचो रहेको गण्डकी कृषि मन्त्रालयका प्रतिनिधि गृष्म नेउपानेले जनाएका छन्  ।

गण्डकी प्रदेश सरकारको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले व्यावसायिक पशुपालन फर्महरूले अवलम्बन गर्नुपर्ने गाई भैँसी कल्याण सम्बन्धी मापदण्ड जारी गरेको र मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि ललीतपुरको स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिल बीच सहकार्य गर्न समझदारी पत्र आदान प्रदान गरिएको जनाइएको छ  ।
मन्त्रालय, स्नेहाज केयर र नेपाल फार्मर्स एडभाईजरी काउन्सिलको सहकार्यमा गाईभैँसी कल्याण सम्बन्धी मापदण्ड, २०७९ को कार्यान्वयनका लागि पशु कल्याणका पाँच स्वतन्त्रताहरुः भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास तथा तनाव हुन नदिने, भौतिक र शीत तथा तापजन्य अुविधा हुन नदिने, पिडा, चोडपटक र रोगब्याधिबाट सुरक्षित राख्ने, र सामान्य प्राकृतिक व्यवहार अभिव्यक्त गरी बाँच्न पाउने स्वतन्त्रतालाइसम्मान गर्दै पशुमैत्रि व्यवहारको सुनिश्चित गरिएको जनाइएको छ  ।
मापदण्डले दूध उत्पादनका लागि पालिएका पशु बाहेक भारवहन प्रयोजनका लागि पालिएका वहर, गोरु, राँगा, भार तान्ने बाहेक थारो र अनुत्पादक एवं छाडा तथा निवृत्त पशुको व्यवस्थापन सम्बन्धमा पनि मापदण्डमा व्यवस्था गरिएको जनाइएको छ  ।
नेपालको संघीय सरकारले पशु कल्याण विधेयक तयार गरीरहेको अवस्थामा गण्डकीबाट सुरुभएको मापदण्डले सकारात्मक दवाव दिने अपेक्षा गरिएको छ नेपाल फार्मर्स एडभाईजरी काउन्सिलका प्रवन्ध निर्देशक विमल कुमार निर्मलले जनाएका छन्  ।

Previous Post

सुपरजोन कृषि परियोजना गाउँकेन्द्रीत गर्न पालिकाहरुको दवाव

Next Post

कृषि परियोजना संचालकले गरे सामाजिक परीक्षण 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि परियोजना संचालकले गरे सामाजिक परीक्षण 

कृषि परियोजना संचालकले गरे सामाजिक परीक्षण 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In