• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पशुपन्क्षी अस्पताल विकास समिति मोडलमा चलाउन प्रस्ताव

आरसी टाइम्स by आरसी टाइम्स
१६ श्रावण २०७९, सोमबार २२:५७
in कृषि बजार, के भैइरहेछ, फिचर
0
पशुपन्क्षी अस्पताल विकास समिति मोडलमा चलाउन प्रस्ताव
0
SHARES
87
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी गण्डकी प्रदेशको पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयले गत आर्थिक वर्षमा गरिएका प्रगतहरुको समिक्षा गर्दै आगामी वर्षका लागि रणनीतिक पहलहरुमा परामर्श थालेको छ  । निर्देशनालयले विभागीय मन्त्री तथा सचिव र प्रदेश योजना आयोगका सदस्यको रोहबरमा निर्माणाधिन मोडेल पशु अस्पतालको सञ्चालनका लागि विकास समिति मोडलमा सञ्चालन गर्नु उपयुक्त हुने भन्दै सरोकारवालाहरुमा यसबारेमा निर्णय लिनका लागि प्रादेशिक पशुपन्क्षी तथा मत्स्य विकास निर्देशक मनबहादुर पुनले प्रस्ताव राखेका छन्  । हालै सम्पन्न समिक्षा समारोहमा निर्देशक पुनले कासकी र तनहुँका लागि प्रस्तावित पशुपन्क्षी मोडेल अस्पतालहरुको निर्माणको प्रगति अगाडी बढीरहेको र आगामी वर्षबाट संचालनमा ल्याउनु पर्ने भएकाले जनशक्ति व्यवस्थापनका लागि पनि मानव उपचारका अस्पताल जस्तै गरि सबैबेला , सबै उपचारका लागि नमुना अस्पताल सञ्चालनमा ल्याउन अस्पताल विकास समिति निर्माण गरि सञ्चालन गर्न सकिने प्रस्ताव राखेका हुन्  ।

जनशक्तिहरुलाई एक्सरे र रेडियोलोजीबारे तालिम दिएर तयार गरेपनि उनिहरुले अभ्यास गर्न नपाएको र प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गर्न नसकेका कारण कतिपय सेवा प्रभावित भउका कारण नमूना भनिएका अस्पतालमा पनि जनशक्तिीकै समस्याले लगानी खेरा जाने र सेवा प्रवाह प्रभावित हुने चुनौति देखिएकाले आगामी वर्षका लागि आजैबाट गृहकार्य थालनी गर्नु उपयुक्त हुने पुनको तर्क छ  । उक्त सबालका बारेमा गण्डकी प्रदेशक कृषि सचिव हरिबहादुर केसीले सम्बोधन गर्दै यो प्रस्तावमा सहमत हुन वा असहमत हुन तत्कालै कठिन हुने बताउदै यसबारेमा सरोकारवाला तह र निकायमा सघन सम्वादको खाँचो रहेको बताए  । नेपालमा यसबारेमा अन्यत्र यसखालको मोडलमा अभ्यास नभइसकेको र पशुसेवा अस्पताल लाइ नमुना बनाउने सबाल अभ्यास नै बाकी रहेकाले यसै गर्नु उचित हुने वा के गर्ने भन्ने कुरा नीतिगत र प्रशासनिक व्यवस्थापनका कुरा पनि भएकाले अन्य सरोकार वालाको रायको पनि खाँचो रहेको सचिव केसीले बताएका छन्  ।

यसैगरि प्रदेशमा पशुधनको अनुवांशिक श्रोत संरक्षणका लागि सरकारी पहलको खाँचो रहेको र स्रोत केन्द्र स्थापनमा प्रदेश सरकारको चासो हुनु पर्ने पनि निर्देशक पुनले जोड दिएका छन्  । प्रदेशको एतिहासिक पहिचानसँग
जोडिएका पारकोटे जात र लिमे जातका भैसी तथा लुलु जातको हिमाली गाइको अनुवांशिक श्रोतसंरक्षणका लागि पहलको खाँचो रहेको पुनले तर्क राखेका छन्  । प्रदेशमा स्वस्थ पशु उपज उत्पादन र बजारीकरण तथा रोग नियन्त्रण र रैथाने जातका पशुधन संरक्षणका सबाल सँगै नमुना पशु अस्पतालको व्यवस्थापनका कुरा चुनौतिकारुपमा रहेको बताइएको छ  ।

यसैगरि जिल्लाका पशुसेवा विज्ञ केन्द्रहरुले वर्षेनी उपलब्धीमा समिक्षा गर्दा बजेटको निकासा र भुक्तानीमा मात्र चासो दिने परिपाटी बदलेर नीतिगत व्यवस्थाका बारेमा पनि प्रयोग र अभ्यासका आधारमा पृष्ठपोषण गर्ने परिपाटी बसाल्न र लक्ष प्राप्तीमा देखिएका व्यवहारिक कठिनाइनाइका बारेमा टिप्पणी राख्न प्रादेशिक कृषि मन्त्री चन्द्रबहादुर बुढाले जोड दिएका छन्  ।
कतिपय जिल्लामा पूर्णरुपमा पशुखोप लगाइएको भएपनि मौसमी रुपमा पशुरोग देखिएका प्रति प्रशु चिकितशकहरुले चासो देखाउँदै किसानहरुले नयाँ पशु भित्र्याउने गरेका कारण उनिहरुबाट रोगको संक्रमण पनि भित्रिएको हुनसक्ने तथा खोपकै गुण्स्तरका बारेमा पनि परिक्षण गर्नु पर्ने खाँचो औल्याएका छन्  ।

Previous Post

कृषि आधुनीकिकरण परियोजनाको मध्यावधि समिक्षाको माग

Next Post

चैते धानमा कृषक पाठशालाः व्यवसायिक उत्पादनको प्रेरणा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
चैते धानमा कृषक पाठशालाः व्यवसायिक उत्पादनको प्रेरणा

चैते धानमा कृषक पाठशालाः व्यवसायिक उत्पादनको प्रेरणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In